दाङको बेलझुण्डीबाट ८ जना कोरोना जितेर फर्किए घर

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य प्रदेश नम्बर ५ बाट रिपोर्टिङ गर्छन् ।

दाङको बेलझुण्डीस्थित कोरोना विषेश अस्पतालबाट कोभिड– १९ लाई जितेर शुक्रवार ८ जना घर फर्किएका छन् ।

निको हुनेमध्ये बाँकेका ३, कपिलवस्तुका ४ र दाङका १ जना छन् ।


Advertisement

४२ जना उपचाररत रहेको अस्पतालमा अहिले ३४ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय, दाङकी प्रमुख सुनिता पौडेलले जानकारी दिइन् ।


Advertisement

उनीहरू १४ दिन अगाडि अस्पतालमा भर्ना भएका थिए । निको भएर घर फर्किनेहरू उत्साहित देखिएको पौडेलले बताइन् ।

शुक्रवार अस्पतालले उनीहरूलाई फूलका गुच्छा दिएर बिदाइ गरिएको थियो । 

कोरोनालाई जितेर फर्किएकाहरूले भाइरससँग डराउन नहुने सन्देश दिएका छन् । 

‘यो कुनै ठूलो रोग होइन, जित्न सकिन्छ, आत्मबल ठूलो बनाउनुपर्छ,’ घर फर्किंदै गरेका एक जनाले भने, ‘सावधानी अपनाए यो रोगलाई हराउन सकिँदो रहेछ ।’

निको भएर घर फर्किनेहरू १८ वर्षदेखि ४३ वर्ष उमेर समूहका रहेको कोरोना विशेष अस्पताल बेल्झुण्डीका सदस्य सचिव डाक्टर सर्वेश शर्माले जानकारी दिए ।

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्