जग्गाको विषयमा २ पक्षबीच झडप, १५ जना घाइते

प्रतिकात्मक तस्वीर

सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ हाटीगाउँमा जग्गाको विषयलाई लिएर बुधवार २ पक्षबीच भएको झडपमा १५ जना घाइते भएका छन् । 

झडपले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।


Advertisement

नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट स्थिति नियन्त्रण हुन नसकेपछि नेपाली सेना घटनास्थल पुगेको छ ।
 
स्थानीय एवं जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवले गणेशी मण्डलको जग्गाको पिलर उखेलेपछि ५ दिनअघि भएको झगडाले बुधवार उग्ररुप लिँदा १५ जना घाइते भएका हुन् । घाइते हुनेमा  इद्रिस मन्सुरी, मो उस्मान, ताहिर मन्सुरी, मो मुख्तार, मनीर मन्सुरी, महबुद मन्सुरी, वीरेन्द्रप्रसाद यादव, सीताराम दास, सजन साह लगायत छन् । 

दुवै पक्षले एकअर्कामाथि लाठी, ढुंगा र घरेलु हतियारले आक्रमण गरेको बताइएको छ । घाइते सबैलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ ।


Advertisement

कमेन्ट गर्नुहोस्