×

NMB BANK
NIC ASIA

बालुवाटारमा दिनभर : प्रचण्डको दौडधुप, रनभुल्लमा स्थायी कमिटी सदस्यहरू !

असार १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद सहजै समाधान हुने देखिएको छैन ।

Muktinath Bank

संकट समाधानकै निम्ति भनेर चालू स्थायी कमिटी बैठकको छैठौं दिन बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा दिनभरजसो दौडधुप चलिरह्यो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवारको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली भने उपस्थित भएनन् । बरू बैठककै बीचमा मन्त्रिपरिषद् बैठक डाकेर संसद्को छैठौं अधिवेशन अन्त्य गर्न ओलीले राष्ट्रपतिकहाँ सिफारिश गरे ।


Advertisment
Nabil box
Kumari

बिहान करीब साढे ११ बजेदेखि शुरू भएको स्थायी कमिटी बैठककै बीचमा मन्त्रिपरिषद् बैठक डाकिएको थियो । प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सहमतिविना मन्त्रिपरिषद् बैठक डाकिएको र बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिश गरिएको विषयले स्थायी कमिटी सदस्यहरूलाई सशंकित बनाएको बताए ।

Vianet communication
Laxmi Bank

बैठकअघि प्रधानमन्त्रीसमेत रहेका ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए । ओली शीतलनिवास पुगेपछि संसद् अधिवेशन अन्त्य गर्ने या यसअघि जस्तो दल विभाजनसम्बन्धी अध्यादेश आउने लख काटिएको थियो । उनी बालुवाटार फर्केलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गर्‍यो ।

चालू संसद् अधिवेशन अन्त्य गरेपछि अध्यादेशमार्फत् देश चलाउन सकिने र त्यसबाट आफ्नो राजनीतिक शक्ति माथि नै रहने बालुवाटारको आकलन थियो ।

त्यो आकलन ओलीइतर नेताहरूका लागि शंकाको विषय बन्यो ।

बालुवाटारकै अर्को हलमा मन्त्रिपरिषद् बैठक बसेपछि केहीबेरसम्म चलेको स्थायी कमिटी बैठक प्रभावित भयो । अझ संसद् अधिवेशन अन्त्य गर्ने निर्णय बाहिरिएपछि स्थायी कमिटी बैठकका लागि भनेर गएका नेताहरू एक-आपसमा मुखामुख गर्न थाले ।

'बैठक अहिले ब्रेक भएको छ, प्रधानमन्त्री ओलीको उपस्थितिका लागि हामीले आधा घण्टाका लागि ब्रेक गरेका हौं,' स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले लोकान्तरलाई जानकारी दिएका थिए ।

तर बैठकमा ओली आएनन् । यता अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेलले जारी गतिरोध कसरी अन्त्य गर्न सकिन्छ भनेर छलफल थाले ।

शीर्ष ५ नेताबीच छलफल भएपछि अध्यक्ष प्रचण्ड ओलीले आराम गरिरहेको ठाउँमा पुगे । उनले सहमतिविपरीत संसद् अधिवेशन अन्त्य गर्नुका कारणहरू सोधे ।

स्रोतले दिएको जानकारीअनुसार प्रचण्डले ओलीलाई यसअघि जस्तै पार्टी फुटाउन सहज हुने अध्यादेश ल्याउन त खोजिएको होइन भन्ने बारेमा स्पस्ट पार्न आग्रह गरे ।

'जवाफमा प्रधानमन्त्रीजीले संसद् अधिवेशन शुरू गर्ने र अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने अधिकार सरकारको भएको र त्यति ठूलो हिसाबले नलिन आग्रह गर्नुभएको थियो,' प्रचण्डनिकट स्रोतले भन्यो ।

फेरि पनि विश्वास नलागे राष्ट्रपतिलाई नै भेटेर स्पष्ट हुन ओलीले आग्रह गरे ।

त्यसपछि प्रचण्ड शीतलनिवासतिर लागे । उनले झन्डै ४५ मिनेट राष्ट्रपति विद्यादेवी भण्डारीसँग कुरा गरेर बालुवाटार नै फर्के ।

शीतलनिवासमा ओलीनिकट मानिने केही नेताहरू पहिल्यै राष्ट्रपतिसँग छलफलमा रहेछन् । प्रचण्ड भित्र छिरेपछि उनीहरू निस्किए ।

राष्ट्रपतिसँग भेटेका एक नेताले भने, 'प्रचण्ड आफैं आउनुभएको भन्ने हामीले बुझेका छौं ।'

पार्टी एकताको स्पिरिटअनुसार दुई अध्यक्षबीच नै सहमतिका आधारमा पार्टी सञ्चालन गर्नुपर्ने र त्यसबाट दायाँबायाँ गर्न नपाइने विषयमा राष्ट्रपति स्पष्ट रहेको ती नेताले बताए ।

प्रचण्ड बालुवाटार फर्केपछि रोकिएको स्थायी कमिटी बैठक पुनः सञ्चालन भयो ।

बैठकको शुरूमै अध्यक्ष बोले । उनले प्रधानमन्त्री ओलीले आफूसँग कुनै सल्लाह नै नगरी संसद्को अधिवेशन अन्त्य गरेकाले त्यसमा असन्तुष्टि जनाए ।

'अध्यक्ष प्रचण्डले सहमतिविपरीत कुनै अध्यादेश ल्याउन नहुने भनी राष्ट्रपतिलाई आफूले सुझाव दिएको कुरा राख्नुभयो,' एक स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने ।

प्रचण्डको कुरा उदृत गर्दै उनले थपे, 'मैले त्यस्तो आग्रह गरिरहँदा सम्माननीय राष्ट्रपतिले पार्टीको सहमतिविना अध्यादेशहरू नआउने स्पष्ट पार्न खोज्नुभएको थियो । केही दिन अध्यादेश आउँदैन भनेर उहाँले आश्वासन दिनुभयो ।'

बैठकमा प्रचण्डले कुरा राखेपछि शनिवार बस्ने गरी नेकपाको स्थायी कमिटी बैठक सकियो । बैठक सकिएपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र संकट गहिरिएको र संकट समाधानका निम्ति अध्यक्षद्वयलगायत नेकपाका अन्य शीर्ष नेताहरूलाई एक दिनको समय दिइएको बताए ।

बैठककै बीचमा बाहिरिएका नन्दकुमार प्रसाईंले पार्टीभित्रको किचलो देख्दा आफूलाई दु:ख दिएको प्रतिक्रिया दिए । त्यस्तै ओलीपक्षीय मानिने केशव बडालले सबै दोष ओलीमाथि नै लगाएर आफू पानीमाथिको ओभानो हुन नमिल्ने भनी अन्य नेताहरूलाई आग्रह गरेको बताए ।

बिहीवारको स्थायी कमिटी बैठकअघि अध्यक्ष प्रचण्डले आफ्नो निवास खुमलटारमा ओलीपक्षीय नेताहरूलाई बोलाएर कसरी अघि बढ्न सकिएला भनेर परामर्श गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x