ओलीसँग वार्ताका लागि प्रचण्ड बालुवाटारमा

फाइल फोटो

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको समयमा सहमतिको प्रयासस्वरूप नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । 

जारी स्थायी कमिटी बैठक केही दिनका लागि स्थगित गरेर सहमति खोज्न भन्दै आइतवार पनि ओली र प्रचण्डबीच छलफल भएको थियो ।


Advertisement

सोमवार थप छलफल गर्ने भन्दै आइतवार बैठकबाट उठेका दुई नेताबीच शनिवार कुनै सहमति जुट्न सकेन । 

हिजोको बैठकमा दुवै नेताले सहयोगी राखेर कुरा गरेका थिए । 


Advertisement

महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेल तथा वर्षमान पुन र जनार्दन शर्मालाई सहमतिका लागि छलफल गर्न आग्रह गरिएको थियो । 

ओली र प्रचण्डबीच सहमति खोज्न भन्दै आजका लागि बोलाइएको स्थायी कमिटी बैठक २४ गते बुधवारसम्मको लागि स्थगित भएको छ ।

असार १० गते शुरू भएको स्थायी कमिटी बैठकमा गत मंगलवार प्रचण्डलगायत शीर्ष नेताहरूले ओलीको राजीनामा माग गरेपछि नेकपा विवाद नयाँ चरणमा प्रवेश गरेको हो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्