कोभिड-१९ विरुद्ध खटिएका स्वास्थ्यकर्मीलाई जोखिममा पार्ने र आक्रमण गर्ने काम भयो- एम्नेस्टी इन्टरनेसनल

'काेभिड-१९ बाट ३ हजारभन्दा बढी स्वास्थ्यकर्मीकाे ज्यान गयाे'

एम्नेस्टी इन्टरनेसनलले कोभिड-१९ विरुद्ध खटिएका स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाकर्मीको मृत्युमा सरकारलाई जवाफदेही बनाइनुपर्ने बताएको छ। 

संसारभरीका स्वास्थ्यकर्मीको अनुभवलाई दस्तावेजीकरणसहित सोमबार एक नयाँ प्रतिवेदन सार्वजनिक गर्दै एम्नेस्टी इन्टरनेसनलले यस्तो निस्कर्ष निकालेको हो।


Advertisement

एम्नेस्टीद्वारा उपलब्ध तथ्यांकको विश्लेषणले संसारभरी ३ हजारभन्दा बढी स्वास्थ्यकर्मीले कोभिड-१९ बाट ज्यान गुमाउनुपरेको खुलेको छ। यो तथ्यांक अझ बढी हुनसक्ने आकलन गरिएको छ।

कोभिड-१९ प्रतिकार्यको सन्दर्भमा सुरक्षा जोखिमका कुरा उठाउने स्वास्थ्यकर्मीलाई हिरासतमा लिएर धम्की र निष्कासनसम्मका प्रतिशोध साँधिउको एम्नेस्टी इन्टरेनसलने आफ्नो प्रतिवदेनमा उल्लेख गरेको छ।


Advertisement

‘कोभिड(१९ महामारी विश्वभरी अझै थप फैलिरहेको अवस्थामा हामी सरकारहरूलाई स्वास्थ्य र अत्यावश्यक सेवाकर्मीहरूको जीवनलाई गम्भीरताका साथ लिन आह्वान गर्दछौँ। कोभिड-१९ महामारीको खराब उत्कर्ष अझै नबेहोरेका देशहरूले अन्य देशहरूको गल्ती दोहोर्याउन हुँदैन, जसले स्वास्थ्यकर्मीहरूको अधिकार संरक्षण गर्न नसकेकाे कारण विनाशकारी परिणामहरू भोग्नुपर्यो,' एम्नेस्टी इन्टरनेसनलको आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारसम्बन्धी अनुसन्धानकर्ता र सल्लाहकार सनिता अम्बास्टले भनेकी छन्। 

आफ्नो जीवनलाई नै जोखिममा पार्न सक्ने अवस्थाहरूका बारेमा आवाज उठाउने स्वास्थ्यकर्मीलाई केही देशका सरकारले त सजाय नै गरेको देखिनु एकदमै चिन्ताजनक रहेको एम्नेष्टिको निस्कर्ष छ। ‘अग्रपंक्तिमा रहेका स्वास्थयकर्मीहरूले नै कुनै सरकारी नीतिले काम गरेको छ वा छैन भनी सबैभन्दा पहिला थाह पाउँदछन् र उनीहरूलाई चुप लगाउने अधिकारीहरूले जनस्वास्थ्यलाई प्राथमिकतामा राखेका छन् भनेर गम्भीरताका साथ दाबी गर्न सक्दैनन्,’ प्रतिवेदनमा भनिएको छ।

 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्