×

NMB BANK
NIC ASIA

मापदण्ड विपरित क्रसर सञ्चालन, बन्द गर्न अटेर गर्दै ठेकेदार

साउन ११, २०७७

NTC
Premier Steels

जिल्लाको पुर्वी क्षेत्रमा पर्ने लेकबेशी नगरपालिकामा रहेका नदी तथा खोलाहरुमा अत्याधिक मात्रामा दोहन भएको बताउँदै तत्काल निकासी रोक्न जिल्ला अनुगमन तथा समन्वय समितिले निर्देशन दिएको छ । 

Muktinath Bank

लेकबेशी नगरपालिकाको वडा नं. १, ८, ९ र १० मा अवैध रुपमा क्रसर उद्योगसमेत सञ्चालन गरेको पाइएको बताउँदै समितिले तत्काल ति उद्योगहरु दर्ता भएका हुन वा होइनन, अवैध हुन वा होइनन भन्ने बारेमा पत्ता लगाई आवश्यक कारवाही गर्न नगरपालिकालाई निर्देशन दिएको जिल्ला समन्वय समिति स्रोतले बताएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ठेकेदारले अहिलेसम्म कति परिणाममा माल लिए भन्ने कुराको विवरण न त नगरपालिका सँग नै छ भने न त ठेकेदारले विवरण नै बुझाएका छन् । 


Advertisment
Nabil box
Kumari

लेकबेशी नगरपालिकामा रहेको चिंगाड खोला र भेरी नदीको ठेक्का न्यू देउती कन्स्ट्रक्सनले एक करोड पाँच लाखमा पाएको थियो । उसले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अनुसार जम्मा ५७ हजार घनमिटर माल लिन पाउने थियो तर उसले खोलामा ८० हजार घनमिटर माल थुपारेको पाइएको छ भने उसले असार तीस गते भन्दा पहिले कति लगेको भन्ने विवरण नै छैन ।

Vianet communication

अर्को पवन कन्स्ट्रक्सन नामक कम्पनीले खहरेला, गमखोला र राते खोलाबाट ढुंगा गिट्टी झिक्ने ठेक्का नगरपालिकाबाट लिएको थियो । उसले भ्याटसहित ५२ लाखमा ठेका पाएको थियो । उक्त कम्पनीले ४४ हजार घनमिटर मात्रै उठाउन पाउने भनिएपनि दुइ लाख घन मिटर भन्दा बढि थुपारेको छ । 

‘स्याण्ड रिफाइनरी नामक अवैध क्रसर समेत पवन कन्स्ट्रक्सनको नजिकै सञ्चालित छ । यो अवैध क्रसर उद्योग नै हो । तर उद्योग भएतापनि कम्पनीसँग मिलेर दुइ लाख घनमिटर भन्दा बढी माल थुपारिएको हामीले पायौं । क्रसर उद्योगको मापदण्ड पुरा नगरेपनि यो उद्योगले खोलाबाट तीस मिटर मात्रै पर उद्योग स्थापना गरि खोलाको दोहन गरिरहेको नगरपालिकाले देख्न सकेन,’ अनुगमन समिति स्रोतले भन्यो, ‘यो खोलाका ढुंगा गिट्टीबाट उद्योगले सात थरी सामाग्री निकालिरहेको हामीले प्रत्यक्ष देखेर आएका हौं ।’

यसका अलावा त्यहाँ लेकवेशी बालुवा प्रशोधन उद्योगका नाममा तीन वटा थप प्रशोधन उद्योग सञ्चालनमा आएका छन् । ‘ती उद्योगले कर तिरेका छन कि छैनन, कानून सम्मत दर्ता भएका हुन कि हैनन् भनेर समितिले बुझ्दा घरेलुमा दर्ता भएको पाइयो तर नगरपालिकामा विवरण राखेको पाइएन,’ स्रोत भन्छ, ‘दर्ता भई राजश्व तिरेका र नवीकरण भएका हुन वा होइनन नगरपालिकाले जवाफ नै दिन सकेन ।’

सोही नगरपालिकाको वडा नं. ८ मा अस्थायी क्रसर स्थापना भएको छ । उक्त क्रसरले आरनटुडा, मटेला हुँदै जाजरकोट जाने सडकबाहेक अन्यत्र सामान विक्री वितरण नगरेको दाबी गरेको छ ।

तर ठेकेदारहरूले भने दैनिक जसो सामाग्रीहरु वीरेन्द्रैनगर ल्याइरहेका छन् । ‘असार १६ गते यथास्थितिमा राख्न भनेर समितिले पत्र दिएपनि ठेकेदार र व्यवसायीले अटेर गरे । सामाग्री दैनिक रुपमा वीरेन्द्रनगर ल्याई रहे,’ स्रोत भन्छ, ‘नगरपालिका ठेकेदार सामु निरीह बनेको पाइयो । के कारण हो थाहा भएन । अवैध उत्खनन भइरहँदा आँखा के कारणले नगरले बन्द गरेको थियो भेउ पाइएन ।’

कसरी भयो रोक्का गर्ने निर्णय ?
जिल्ला समन्वय अधिकारी दुर्गा प्रसाद चालिसेका अनुसार असार १३ गते जिल्ला समन्वय प्रमुख छविलाल सिग्देलको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख एवम बन डिभिजन कार्यालय लगायतको आठ सदस्यीय अनुगमन तथा समन्वय समितिले ती स्थानको अनुगमन गरेको थियो । 

‘समितिले त्यहाँ परिमाण भन्दा बढि सामाग्री निकालिएको ठहर गर्दै मेरो संयोजकत्वमा तीन सदस्यीय छानविन समिति १६ गते गठन गर्‍यो । हामीलाई समितिले एकिन विवरण संकलन गर्न, के भएको हो प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो ।  हामीले त्यहाँ फेरी असार २६ मा गएर स्थलगत अध्ययन गरेका थियौं,’ समन्वय अधिकारी चालिसेले भने, ‘असार तीस गतेको समितिको बैठकमा हामीले हाम्रो प्रतिवेदन दियौं । असार १६ गते नै यथास्थितिमा राख्न भनेर पत्र पठाइए पनि त्यो अटेर गरेको गुनासो हामी कहाँ आएको थियो ।’

उनका अनुसार नगरपालिकालाई असार तीस गतेको निर्णय ३१ गते एक निर्देशन पठाइएको छ । ‘प्रतिवेदन अनुसार भन्दा बढि जम्मा गरि राखिएको मालसामान नगरपालिकाले जफत गर्ने निर्देशन दिएको छ । क्रसर उद्योग, बालुवा प्रशोधन उद्योगको दर्ता प्रक्रिया नभएको खण्डमा बन्द गर्न, नमाने प्रशासनको सहयोग लिन वा खारेजका लागि पत्र लेख्न नगरपालिकालाई दोश्रो निर्देशन दिएको छ र नगरपालिकालाई सहयोग आवश्यक परेको खण्डमा लेखि पठाएको बेला सहयोग गर्न समिति तयार भएको तीन बुँदे निर्देशन दिएका छौं ।’

यता, लेकबेशी नगरपालिकाका नगर प्रमुख गगनसिंह सुनारले अवैध उत्खनन भएको पाइएमा कारवाही गर्ने बताए । ‘मैले कर्मचारीहरु खटाइसकेको छु । अवैध काम भएको खण्डमा हामी हेरेर बस्दैनौँ,’ उनले भने, ‘अबको उक साता भित्रै लिलाम बढाबढ गर्ने, जरिवाना गर्ने काम गर्छौं,’ उनले भने, ‘नियम विपरित कुनै पनि काम हुन दिदैनौँ । त्यसबारेमा मलाई धेरै जानकारी आइसकेको छैन । आउने  वित्तिकै के गर्नुपर्छ म तयार छु ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x