कात्तिक २१, २०८०
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
जिल्ला समन्वय समिति सुर्खेतकी सदस्य रमा आचार्य चौकुने गाउँपालिकाबाट प्रतिनिधित्व गर्छिन् । विगतमा प्रदेश सरकारले ल्याएको जनप्रतिनिधिको सेवासुविधा व्यवस्था गर्न बनेको ऐनले समिति सदस्यलाई मासिक १५ हजार रुपैयाँ तलब र ३ हजार यातायात खर्च दिएको थियो ।
तर सर्वाेच्च अदालतले त्यतिबेलाको ऐनका कतिपय प्रावधान खारेज गरेपछि प्रदेश सरकारले ऐन संशोधन गर्यो । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले पेश गरेर प्रदेश सभाबाट पारित भएको संशोधित ऐनबमोजिम अब समिति सदस्यले मासिक १२ हजार ५०० जति मात्रै पाउने भएका छन् ।
‘चौकुनेबाट वीरेन्द्रनगर बैठकमा आउँदा पनि कम्तिमा ४ घण्टा गाडीमा यात्रा गर्नुपर्छ । खाइपाई आएको सुविधामा कटौती हुँदा धेरैको चित्त दुखेको छ,’ आचार्यले भनिन्, ‘अब हामीले त्यो सेवासुविधा नलिने र बैठकमा पनि सहभागी नहुने भनेका छौं । साउन ५ गतेको बैठक हामीले बहिष्कार गरेका छौं ।’
जिल्ला समन्वय समिति दैलेखका सदस्य ललित माझी आठबीस नगरपालिकाबाट प्रतिनिधित्व गर्छन् । उनलाई पनि जिल्ला समन्वय समितिलाई प्रदेश सरकारले अपमान गरेको जस्तो लाग्छ । ‘पहिले हामीले सेवासुविधा मागेका थिएनौं । दिइयो । अहिले पुरानो सेवासुविधा घटाएर दिनु भनेको यो अपमान नै हो,’ उनले भने, ‘पहिले हामीलाई उपप्रमुखभन्दा माथि मर्यादाक्रम तोकिएको थियो । अहिले घटुवा गरिएको छ । यो जिल्ला समन्वय समितिका सदस्यहरूको मनोबल गिराउने काम भएको जस्तो लाग्छ ।’
जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख एवं समन्वय महासंघका केन्द्रीय सदस्य छविलाल सिग्देलले अन्य प्रदेशमा समन्वय समिति सदस्यको सेवासुविधा २१ हजारभन्दा माथि भएको बताए । ‘हामीले सरकारलाई भनेका थियौं, दिने भए कम्तिमा पुरानै हिसाबमा व्यवस्था गर्नुहोस् तर अहिले घटाएर दिँदा उहाँहरूलाई अपमान गरेको, जनप्रतिनिधिबीचमा विभेद गरेको महसूस भएको रहेछ,’ उनले भने ।
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...