बैंकको सेफ काट्न गएका मानिसले झुक्किएर काटे आफ्नै घाँटी

भारतका बैंक लुट्नका लागि इलेक्ट्रिक कटर लिएर सेफ काट्न गएका एक मानिस भूलवश आफ्नै घाँटी काट्न पुगेपछि रगतको आहालमा मृत भेटिएका छन् । 

नाम नखुलाइएका ती व्यक्तिले बडोदरामा उज्जीवन लघुवित्त बैंकमा प्रवेश गरेर सेफ काट्ने कोशिश गरेका थिए । 


Advertisement

उनले आइतवार बिहान पौने १ बजे बैंकमा पसेर सेफ्टी भल्ट काट्न खोजेको थिए । 

उनले भल्ट काटेर त्यहाँ भएको नगद लिनुअघि नै झुक्किएर कटर अन गरेको र आफ्नो घाँटी काटेको प्रहरीको भनाइ छ । 


Advertisement

ऊ अँध्यारोमा लडेको अनि मशिन अन हुने गरी वायर तानेको प्रहरीको विश्वास छ । 

चेन्नईमा रहेको उक्त बैंकको सुरक्षा टोलीले ती व्यक्तिलाई सीसीटीभीमा देखेको र ब्रान्च म्यानेजर प्रशान्त शर्मालाई खबर गरेको बताइएको छ । 

शर्मा बैंक पुग्दा चोर्न आएको व्यक्ति रगतको आहालमा डुबेको अवस्थामा भेटिए । 

त्यसपछि उनले प्रहरीलाई खबर गरे । 

अधिकारीहरूले मृतकको परिवारलाई पहिचानका लागि बोलाएपछि नाम सार्वजनिक गर्ने बताएका छन् । 

भवितव्य मृत्युको भनी यसलाई अभिलेखीकरण गरिएको छ । प्रहरीले चोरीको प्रयास कसूरका रूपमा पनि यस घटनालाई अपराध दर्ता गरेको छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्