मंसिर १८, २०८०
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
प्रदेश सभा र प्रदेश सरकार स्थापनाको ३ वर्ष पुग्दैछ । यो अवधिमा ५ नम्बर प्रदेश सरकार र प्रदेश सभाले मन्त्री, सांसद र कर्मचारीको प्रयोजनका लागि भनेर कराडौं मूल्यका गाडी खरिद गरे ।
खरिद गरिएका गाडी बजार मूल्यभन्दा बढीमा किनेको पाइएपछि प्रदेश सरकारलाई भ्रष्टाचारको आरोप समेत लाग्यो । प्रदेश सभाले २ वर्ष अगाडि ११ वटा गाडी खरिद गरेको थियो ।
तिनै महंगा र नयाँ गाडी मर्मत सम्भारका लागि प्रदेश सभाको रकम मनलाग्दी खर्च हुँदै आएको छ । गत २ वर्षको तुलनामा आर्थिक वर्ष २०७६/०७७ मा दुई र चारपांग्रे सवारीसाधन मर्मतसम्भारका लागि धेरै रकम खर्चिएको देखिएको छ ।
प्रदेश सभाले १ वर्षमा १८ वटा कार/जीप, ७ वटा मोटरसाइकल, ५ वटा स्कुटर र २ वटा साइकल मर्मत गरेको छ ।
आव २०७६/०७७ मा गाडी मर्मतका लागि झण्डै आधा करोड रुपैयाँ खर्चिएको छ । प्रदेश सभा सचिवालयका अनुसार १ वर्षमा चारपांग्रे गाडी र मोटरसाइकल/स्कुटर मर्मतमा ४५ लाख १६ हजार ९९३ रुपैयाँ खर्च भएको छ । एउटै गाडी मर्मतमा करीब ८ लाख रुपैयाँसम्म खर्च भएको प्रदेश सभाले उपलब्ध गराएको तथ्यांकले देखाउँछ ।
आर्थिक वर्ष २०७४/०७५ मा २ लाख ९९ हजार र आव २०७५/०७६ मा १५ लाख ८६ हजार मात्र खर्चिएको थियो । प्रदेश सभा सचिवालयका लेखा अधिकृत आलोक अग्रहरिले प्रयोगकर्ताले मर्मत गरेपछि आफूहरूले भुक्तानी दिने व्यवस्था रहेको बताए । खरिद गरेको २ वर्ष नपुग्दै मर्मतमा मनलाग्दी खर्च गरिएको देखिन्छ । ३ वटा आर्थिक वर्षमा गरी प्रदेश सभामा गाडी मर्मतका लागि ६३ लाख १९ हजार रुपैयाँ खर्च भएको छ ।
कसको गाडी मर्मतमा कति खर्च ?
मर्मत गरिएका गाडीमध्ये सबैभन्दा धेरै प्रदेश सभामा नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रयोग गर्ने लु१झ ४५६ नम्बरको टाटा स्टोर्म गाडी लागि झण्डै ८ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ । ढकाल चढ्ने गाडी २०७५ मंसिरमा खरिद भएको हो । उनको गाडी मर्मतमा ७ लाख ८२ हजार १२८ रुपैयाँ खर्च भएको छ ।
सांसद ढकालले आफ्नै घरमा पार्किङ गरिराखेको अवस्थामा अज्ञात समूहले गाडीमा बम विस्फोट गराएको थियो । गाडी लक्षित गरी प्रहार गरिएको बमले ठूलो क्षति पुगेको उनले बताए । ‘बम प्रहारले गाडी भित्रका सबै सिट जलेका थिए । ढोका, छत र सिट फेर्दा धेरै खर्च निस्कियो । गाडीका ४ वटै पाङ्ग्रा पनि परिवर्तन गरेर नयाँ राखिएकाले खर्च बढी देखिएको हो,’ उनले भने ।
कृषि, वन तथा वातावरण समितिका सभापति विजयबहादुर यादव चढ्ने गाडी मर्मतका लागि ३ लाख रुपैयाँभन्दा बढी रकम खर्च भएको छ । उनी लु१झ ४४२ नम्बरको टाटा सफारी स्टोर्म जीप चढ्छन् । गाडी मर्मत गर्न १ वर्षमै ३ लाख ८ हजार ९३६ रुपैयाँ खर्च भएको छ ।
यादवले टाटा गाडीको सर्भिसिङ खर्चिलो हुँदा मर्मत खर्च धेरै आएको बताए । उनको घर बाँके हो । उनले भने, ‘म बुटवल–नेपालगञ्ज, नेपालगञ्ज–बुटवल गर्नुपर्ने भएकाले हालसम्म ७० हजार किलोमिटर गुडेकाले बिग्रेकै कारण मर्मत गर्दा ३ लाख बढी रकम मर्मतमा खर्च उठेको हो ।’
सभामुख पूर्णबहादुर घर्तीले प्रयोग गर्ने बा१झ ९७२९ नम्बरको गाडी मर्मतका लागि गत आर्थिक वर्षमा ४ लाख ६८ हजार रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष ०७५/०७६ मा यो गाडी मर्मतका लागि २ लाख ३७ हजार ५०८ रुपैयाँ खर्च भएको थियो ।
घर्तीले नै प्रयोग गर्दै आएको अर्को बा१झ १९४८ नम्बरको टाटा स्टोर्म गाडीका लागि पनि गत आर्थिक वर्षमा २ लाख ४५ हजार ११९ रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष २०७५/०७६ मा यही गाडी मर्मतका लागि २ लाख १३ हजार ४८७ रुपैयाँ खर्च भएको थियो । प्रदेश सभाका कर्मचारीले प्रयोग गर्ने बा१झ ७१९७ नम्बरको गाडी मर्मतका लागि गत आर्थिक वर्षमा ६ लाख ४९ हजार ९३३ रुपैयाँ खर्च भएको छ ।
हेर्नुहोस्, पूरा विवरण :
यति धेरै खर्च कसरी भयो ?
प्रदेश सभाका कर्मचारी नै सवारी मर्मतमा यतिधेरै रकम खर्च भएपछि अचम्ममा परेका छन् । प्रदेश सभाका एक कर्मचारीले भने, ‘खर्च चाहिँ अस्वाभाविक नै हो । हामी पनि यो बारेमा छानबिन गर्दैछौं । कर्मचारी चढ्ने गाडीमा मर्मतमा कति खर्च आयो भन्ने हामीलाई नै जानकारी हुुँदैन ।’ खर्चबारे आफूहरूले अध्ययन गरिरहेको सचिवालयका प्रवक्ता श्याम श्रेष्ठले बताए ।
मर्मत खर्च कसरी हुन्छ भुक्तानी ?
प्रदेश सभाका समितिका सभापति रहेका दलका नेताहरूले प्रयोग गर्ने गाडी बिग्रियो भने शुरूमा मर्मत गर्ने ग्यारेजमा देखाइन्छ । मर्मतका लागि थोरै खर्च लाग्छ भने प्रदेश सभा सचिवालयले मर्मतका लागि अनुमति दिन्छ । लाखौं लाग्ने भए ३ फरक–फरक कोटेसन माग गरिन्छ । कोटेसन माग भए बमोजिम तुलनात्मक रुपमा कम खर्चमा मर्मत गर्ने ग्यारेजलाई मर्मतको आदेश दिइन्छ ।
गाडी बनेपछि चालकले गाडी निरीक्षण र परीक्षण गरी गाडीको अवस्थाबारे प्रदेश सभा सचिवालयमा प्रतिवेदन दिन्छन् । प्रतिवेदन आएपछि प्रदेश सभाको प्रशासन शाखाले भुक्तानीको लागि लेखा शाखालाई अनुमति दिएपछि लेखाले मर्मतको भुक्तानी दिने लेखा अधिकृत अग्रहरिले बताए ।
६० सवारीसाधन मर्मत
प्रदेश सभा सचिवालयले ३ वर्षमा ६० वटा सवारीसाधन मर्मत सम्भार गरेको छ । आर्थिक वर्ष २०७४/०७५ मा ५ वटा मात्र सवारी मर्मत सम्भार गरिएको थियो । ५ वटा गाडी मर्मत गर्दा २ लाख ९९ हजार खर्च भएको छ । आव २०७५/०७६ मा २३ वटा गाडी मर्मत गर्दा १५ लाख ८६ हजार र आव २०७६/०७७ मा ४५ लाख १६ हजार खर्चिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी दिनेश अधिकारीले जानकारी दिए ।
(यो रिपोर्ट फ्रीडम फोरमसँगको सहकार्यमा तयार पारिएको हो ।)
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...
संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...