×

NMB BANK
NIC ASIA

बुटवलमा कोरोना संक्रमणको जालो– पीडामाथि पीडामा मृतकको परिवार !

भदौ १, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

रूपन्देहीको बुटवल उपमहानगरपालिकामा एउटा यस्तो घटनासँग जोडिएर कोरोना संक्रमण देखिएको छ कि त्यसको लहरोले पहरो झैं भइरहेको छ ।

Muktinath Bank

परिवारका सदस्यको निधनको पीडामा डुबेको परिवारलाई नै कोरोनाको बज्रपात आइपरेपछि समवेदना दिने मानिसहरू समेत आउन डराइरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संक्रमण परिवारमा मात्र सीमित रहेन, नातेदार, कुलकुटुम्ब, छरछिमेकी हुँदै सरकारी कार्यालयसम्मै पुग्दा घर, टोल तथा समुदाय मात्रै होइन, यस क्षेत्रमै भय र त्रास निम्तिएको छ ।


Advertisment
Nabil box
Kumari

काजकिरिया सकिएपनि परिवार र आफन्तमा संक्रमण थपिँदै जाँदा घरभित्रै ढोका थुनेर बस्नुपर्ने अवस्था छ ।  

Vianet communication
Laxmi Bank

यस्तो छ घटना

बुटवल उपमहानगरपालिका– ११ रुपन्देहीकी ४९ वर्षिया महिलाको गएको साउन १८ गते चितवनको क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भयो । अकस्मात भएको मृत्यु कोभिड– १९ (कोरोनाभाइरस) का कारण त होइन ? भनेर चिकित्सकसँग परिवारका सदस्यले प्रश्न गरे ।

तर डाक्टरले कोरोना होइन किमोथेरापीका क्रममा हृदयाघात भएर निधन भएको भनेर जवाफ दिए । त्यसपछि परिवारले शवलाई बुटवल ल्याएर धार्मिक विधिअनुसार दाहसंस्कार गरे । 

मृत्यु भएको तीन दिनपछि उपमहानगरपालिकाले समुदायस्तरमा कोरोना जाँच  गर्दा मृतकका देवरले स्वाब दिए । रिपोर्ट पोजेटिभ आयो । 

त्यसपछि उनको सम्पर्कमा आएका मृतकका श्रीमान्, किरिया बसेका छोरा र अन्य छोराछोरी सहित १५ जनाको परीक्षण गरियो, १२ जनामा कोरोना संक्रमण देखियो ।

परिवारका एक संक्रमित सदस्य भन्छन्, ‘कहाँबाट फैलियो अचम्ममा परेका छौं । यो घटनाले सबैलाई आश्चर्यचकित बनाएको छ । दाहसंस्कार बेला काठमाडौंबाट आएर, दाहसंस्कारमा सहभागी भएकालाई पनि संक्रमण देखियो । त्यति मात्र होइन किरिया गराउने पण्डितमा समेत संक्रमण देखियो । चिकित्सकले कोरोनो हो कि भनेर हामीले आशंका गर्दा होइन जाँच गर्न पर्दैन भने तर, मृतकलाई अस्पतालमै कोरोना संक्रमण भएर अहिले परिवारको सम्पर्कमा आउने सबैमा जालोको रूपमा संक्रमण फैलियो कि भन्ने अशंका गर्ने ठाउँ देखियो ।’ 

संक्रमण फैलिने क्रम त्यतिमा मात्र सीमित रहेन । मृतकका परिवारलाई भेट्न आएका बुटवलस्थित ग्लोबल आइएमई बैंक एक कर्मचारी, तिनाउ मिसन डेभलपमेन्ट बैंकका कर्मचारी र बुटवल उपमहानगरपालिकाका अधिकृतमा समेत संक्रमण देखिएको छ ।

अस्पताल भर्ना गर्ने क्रममा र मृत्युपछि दुवैपटक स्वाब संकलन नगरिएकाले यो विषय अब आशंकामा मात्र सीमित भएको छ । यही नै हो भनेर प्रमाणित हुने आधार अब बाँकी रहेन ।

शंका गर्ने ठाउँहरू

दाहसंस्कारमा सहभागी भएका एक जना संक्रमित भन्छन्, ‘मृतकलाई संक्रमणको पुष्टि नभई मृतकबाट सर्‍यो भन्ने आधार त छैन, तर, आशंका बढी छ । के थाहा मलामी गएका कसैमा पनि संक्रमण थियो कि ? अहिले कोरोना समुदायमा पुगिसकेको छ ।’

घाटबाटै कोरोना संक्रमण सर्‍यो कि भन्ने आशंका पनि छ ।

दैनिक दुईतीन जनाको दाहसंस्कार गर्ने बुटवलको बगरघाटमा मृतकको दाहसंस्कार गर्दा घाटबाटै पो सर्‍यो कि भनेर पनि कतिपयले आशंका गरिरहेका छन् ।

शंका गर्ने ठाउँ पर्याप्त छन्, तर अधिकांशले भने मृतकबाटै कोरोना संक्रमण सरेको लख काटिरहेका छन् । त्यसो त भरतपुरस्थित क्यान्सर अस्पतालमा स्वास्थ्यकर्मीहरूमै कोरोना संक्रमण पुष्टि भइसकेकाले आशंकामा बल पुगिरहेको छ ।

परिवारका अर्का एक सदस्य भन्छन्, ‘हामीलाई पीडामाथि पीडा थपियो । यस्तो रहस्यमय घटना भयो, बिरामीबाट संक्रमण अन्यमा आयो कि, बिरामी कुरुवाबाट भयो कि, दाहसंस्कार गर्ने घाटबाट हो कि, हामी आश्चर्यमा छौं ।’ 

उक्त परिवारको सम्पर्कमा आएका १९ जनामा कोरोना देखिएको छ । 

परिवारको प्रत्यक्ष सम्पर्कमा रहेका १० जनाको रिपोर्ट अझै आउन बाँकी छ । ८ दिन हुँदा समेत उनीहरूको रिपोर्ट आएको छैन । 

बुटवलस्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापा दीर्घरोगीलाई अस्पतालले पीसीआर जाँचविना नै भर्ना गर्दा त्यहीँबाट संक्रमण आएको पनि हुन सक्ने आशंका गर्छन् ।

‘अहिले कोरोना अस्पतालबाहेक अन्य अस्पतालमा भर्ना गनुपर्ने बिरामीको पीसीआर जाँच अनिवार्य छैन, त्यसैले एउटा बिरामीमा संक्रमण भए सबैसम्म पुग्छ ।’ 

‘नगरपालिकाको कन्ट्याक्ट ट्रेसिङले पनि साेही परिवारबाट अन्यमा पुगेको बताउँछ’ 

बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत कुन्दन सिंह सावधानी नअपनाउँदा संक्रमण धेरै ठाउँमा फैलिएको बताउँछन् । उक्त परिवारमा पुगेकाहरूबाट अन्यमा फैलिएको कन्ट्याक्ट ट्रेसिङमा देखिएको उनले बताए ।

उनले भने, ‘दाहसंस्कार गर्न २५ जनाभन्दा बढी जम्मा नगर्न सरकारको प्रोटोकल भए पनि परिवारले त्यो गरेनन्, जसले गर्दा परिवारबाट वडा, टोल हुँदै नातेदारसम्म संक्रमण पुग्यो ।’ 

दाहसंस्कारका लागि घाटमा पुगेका १२५ जनामध्ये अहिलेसम्म आधाले पनि कोरोना जाँच गरेका छैनन् । ती व्यक्तिहरूमा पनि कोरोना संक्रमण भएको हुनसक्ने आशंका छ ।

बुटवलमा मात्रै सोमबारसम्म ८५ जना संक्रमित पुगिसकेका छन् । बुटवल उपमहानगरपालिकाले पछिल्लो समयमा भने बजारको भीड नियन्त्रण गर्न सकेको छैन । सचेतनाका कार्यक्रम र टोलटोलमा स्वयंसेवक समेत परिचालन गरिएपनि नियन्त्रणका काम प्रभावकारी हुन सकेको छैन । 

मेयर शिवराज सुवेदीले कोरोना नियन्त्रणमा सबै क्षेत्रको र स्वयं व्यक्तिको पनि भूमिका रहने बताउँछन् । ‘उपमहानगरले स्थानीय सरकारको दायित्व पूरा गरिरहेको छ तर कसैलाई डण्डा नै लगाउने कुरा भएन संयन्त्रमार्फत, मिडियामार्फत सचेतनाका काम गरिरहेकै छौं’ मेयर सुवेदीले भने ।

प्रदेशको मुकाम भएको र तीनै तहका कार्यालयहरू बुटवलमै रहेकाले पनि त्यस खालको भीड देखिएको उनको भनाइ छ । प्रादेशिक हस्पिटल, निजी तथा सामुदायिक अस्पतालमा आउनेहरूका कारण पनि बुटवलमा भीड बढी हुने गरेको मेयर सुवेदीले बताए । रुपन्देहीमा मात्रै संक्रमित ४ सयभन्दा माथि छन् । प्रदेशका तराईका ६ जिल्लामा संक्रमण समुदायमै फैलिइसकेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x