×

NIC ASIA

निजी अस्पतालका स्वास्थ्यकर्मीको पीडा : संकटका बेला अस्पतालको शोषण, सरकारको सौतेनी व्यवहार !

भदौ १५, २०७७

Prabhu Bank
NTC
Premier Steels

नेपालमा नाम चलेको ओम अस्पताल एन्ड रिसर्च सेन्टर प्रालिले साउनको अन्तिम साता एउटा सूचना निकाल्यो ।

Muktinath Bank

उक्त सूचनामा कोरोना महामारीको कारण देखाउँदै कर्मचारीलाई २ विकल्प दिइएको थियो– 'स्वेच्छिक राजीनामा वा पछि बढ्न पनि सक्ने गरी ६ महिनाका लागि बेतलबी बिदा ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खर्च धान्न नसकेको कारण देखाउँदै कर्मचारीलाई बिदा गर्ने अस्पतालको जुक्ति थियो, त्यो ।


Advertisment
Nabil box
Kumari

महामारीका बेलामा स्वास्थ्यकर्मीहरू आफ्नो ज्यान जोखिममा राखेर फ्रन्टलाइनमा खटिएका छन्, तर तिनै स्वास्थ्यकर्मीमाथि निजी अस्पतालहरूले महामारीका बेलामा शोषण गर्न थालेका छन् ।

Vianet communication

अस्पतालका म्यानेजिङ डाइरेक्टर बाबुकाजी कार्कीले अस्पतालको आर्थिक पाटोको व्यवस्थापन गर्न विभागका कर्मचारीहरूलाई सूचना जारी गरिएको बताए । हामीलाई स्वास्थ्यकर्मीहरू अझै खाँचो छ, उनीहरूलाई यस्तो निकालिएको नभई विभिन्न विभागका केही कर्मचारीहरूलाई यस्तो सूचना निकालिएको हो । उनले भने । 

हेर्नुहोस्, ओम अस्पतालले निकालेको सूचना :

***

एक निजी अस्पतालमा कार्यरत चिकित्सकले सामाजिक सञ्जालमार्फत आफ्नो पीडा पोखे ।

‘म प्राइभेट अस्पतालमा काम गर्छु । कुनै बिरामी फर्काएको छैन अहिलेसम्म, तर सेवा सुविधाका नाममा अस्पतालले एउटा मास्क पनि दिँदैन ।

निमोनिया र अन्य फोक्सो संक्रमणका बिरामीको उपचार गरिरहेका छौं तर फेस सिल्ड, पीपीई आफैं किनेर, यहाँ सरकार खै ? प्राइभेटका डाक्टर पराइ हुन् ?’ सामाजिक सञ्जाल ट्वीटरमा डा. सुमित पौडेलले लेखेको स्टाटस हो यो ।

उनको यो स्टाटसले वर्तमान अवस्थामा अस्पतालको व्यसस्थापन पक्षले स्वास्थ्यकर्मीहरूमाथि गरेको बेवास्ता दर्शाउँछ । 

उनीमात्र हैनन्, विभिन्न निजी तथा सामुदायिक अस्पतालमा काम गर्ने स्वास्थ्यर्कीहरूको पीडा उस्तै छ । 

कीर्तिपुर अस्पतालकी एक नर्स आफूहरू अस्पताल सञ्चालकको चरम शोषणमा परेको बताउँछिन् । लोकान्तरसँगको टेलिफोन कुराकानीमा उनले चैतदेखि नै अस्पतालले पारिश्रमिक काटेको गुनासो गरिन् । अहिले अस्पतालले बेतलबी बिदा बस्नका लागि सूचना निकालेको र दबाब दिएको भन्दै उनले मानसिक तनावको शिकार बन्नुपरेको बताइन् । 

उनले भनिन्, ‘हामीमाथि अस्पतालले शोषण गरेको छ, चैतदेखि तलब कटाउँदै आएको अस्पतालले अहिले कार्तिक महिनासम्म बेतलबी बिदा बस्न दबाब दिइरहेको छ ।’

लोकान्तरसँग उनले थपिन्, ‘चैतमा ५० प्रतिशत स्यालरी दिएको थियो, वैशाखमा २५ प्रतिशत दिएन । अहिले भदौ, असोज, कात्तिकमा बेतलबी बिदा बस्नका लागि अस्पतालले दबाब दिइरहेको छ ।’

उनले अस्पतालमा काम गर्दा पीपीई समेत नपाउने बताउँदै मानसिक रूपमा निकै पीडा भएको सुनाइन् । 

‘महामारीका बीच हामी काममा खटिएका छौं, अस्पतालले हाम्रो मर्म बुझेन,’ उनले भनिन् । 

यो समस्या एक दुईवटा अस्पतालमा सीमित छैन । काठमाडौंको थापाथलीमा रहेको चर्चित नर्भिक अस्पतालका स्वास्थ्यकर्मीको पीडा पनि उस्तै छ । यता, ह्याम्स अस्पतालमा पनि फ्रन्टलाइनमा बसेर काम गर्दा पनि अस्पतालले तलब कटौती गरेको, बेतलबी बिदाका लागि दबाब दिएको स्वास्थ्यकर्मीहरूको गुनासो छ । 

यसबीचमा नेपाल मेडिकल कलेजले करार सेवामा कार्यरत ७४ जना कर्मचारीलाई सेवाबाट निकाल्यो । उनीहरूले आन्दोलन गरेपछि पुनर्बहाली गर्ने सहमति जनायो । मनमोहन सामुदायिक अस्पतालले पनि करार सेवामा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई निकालेको छ । 

नेपाल स्वाथ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष चन्द्र थापा अस्पताल व्यवस्थापनले स्वास्थ्यकर्मीमाथि निर्मम ढंगले शोषण गरेको बताउँछन् । 

लकडाउनको शुरूआती महिनामै तलब काटेर अस्पतालले आफ्ना कर्मचारीमाथि चरम शोषण गरेको उनको भनाइ छ । 

महामारी जस्तो विषम परिस्थितिमा अस्पतालले आफ्ना स्वास्थ्यकर्मी तथा कर्मचारीको स्वास्थ्यमा ध्यान दिनुपर्नेमा उनीहरूमाथि क्रुर व्यवहार गरिएको अध्यक्ष थापाको भनाइ छ । 

‘केही अस्पतालहरू धनाढ्य व्यक्तिहरूले चलाएका छन्, ती अस्पतालमा पनि चैतदेखि नै पारिश्रमिक कटौती गर्ने काम भयो, कर्मचारी हटाइयो,’ उनले भने, ‘उनीहरूले मानवीय धर्मसमेत बाँकी राखेनन् ।’

बेतलबी बिदाको कुरा श्रम ऐन २०७४ मा प्रावधान छ । तर अहिले त्यसको दुरुपयोग अस्पताल सञ्चालकहरूले गरेको अध्यक्ष थापाको आरोप छ । 

उनले भने, ‘हिजो चर्को सेवा शुल्कमा सेवा दिने ठूला अस्पतालले पनि कर्मचारी कटाउने, तलब नदिने, तलब कटौती गर्ने लगायत गरिरहेका छन्, निजी क्षेत्रमा यो ठूलो रूप छ ।’

अस्पताल व्यवस्थापकले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई अहिले पनि बेतलबी बिदा बस्न दबाब दिइरहेको र पारिश्रमिक पनि कटौती गरिरहेको उनको गुनासो छ । 

उनी भन्छन्, ‘कर्मचारी तथा स्वास्थ्यकर्मीको रोजीरोटी खोसिएको छ, यसमा सरकार पनि मुकदर्शक बनेको छ ।’

संगठनले स्वास्थ्यमन्त्री, श्रममन्त्री लगायत अस्पताल सञ्चालकहरू समेतलाई यसबारे ध्यानाकर्षण गराएको भएपनि सुनुवाई नभएको उनले सुनाए । 

उनले प्रश्न गरे, ‘महामारीका बेला अस्पतालको धर्म के ? स्वास्थ्यकर्मीलाई मानसिक तनाव दिनु हो ?’

यता नर्सिङ एसोसिएसन नेपालकी अध्यक्ष मनकुमारी राई समस्यामा परेका नर्सहरूले संगठन नसम्झिँदा समस्या भोग्नुपरेको बताउँछिन् । 

लोकान्तरसँग उनले भनिन्, ‘आपतका समयमा हामी समन्वय तथा सहजीकरण गर्छौं, नर्सहरूले हामीलाई सम्झनुपर्छ ।’

उनले अस्पतालको डरका कारण पनि कतिपय नर्सले संगठनलाई सम्पर्क नगर्ने गरेको बताउँदै अत्याचार भए आफूहरूले अस्पताल सञ्चालकसँग समन्वय गरेर समस्या हल गर्ने बताइन् ।

उनले भनिन्, ‘हामीलाई केबल मौखिक रिपोर्ट आउँछन्, ‘रे’को भरमा काम गर्दा समस्या हुन्छ ।’

सञ्चालक भन्छन्: जानकारी आएकै छैन !

निजी अस्पतालहरूको छाता संगठन अफिनका वरिष्ठ उपाध्यक्ष कुमार थापा  अस्पतालहरूले आफूखुशी पारिश्रमिक नदिने वा बेतलबी बिदामा राख्न नपाउने बताउँछन् । 

यद्यपि समझदारीमा भने सबै कुरा जायज हुने उनको भनाइ छ । उनी भन्छन्, ‘हामीलाई यस्ता घटनाबारे जानकारी आएको छैन, समझदारीमा त सबैकुरा जायज हो नि ।’

उनले अस्पतालले अहिले बैंकहरूले दिइरहेको सहुलियतपूर्ण कर्जाको उपयोग गर्दै स्वास्थ्यकर्मी व्यवस्थापन गर्नुपर्ने बताए । 

सरकार भन्छ, ‘परामर्श गर्छौं, भएन भने कारवाही पनि गर्छौं’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने यसबारे मन्त्रालयले अस्पताल सञ्चालकहरूसँग छलफल गर्ने बताउँछ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले महामारीको समयमा स्वास्थ्यकर्मीलाई निरुत्साहित पार्ने कुनै काम हुन नहुने बताए ।

‘अस्पतालले स्वास्थ्यकर्मीमाथि निर्मम रूपमा प्रहार गर्न पाउँदैन, आवश्यकताअनुसार सेवा सुविधा दिलाउने व्यवस्था गर्नुपर्छ’, उनले लोकान्तरसँग भने । 

यसबारे अस्पताल सञ्चालकहरूसँग केही दिनमै छलफल गर्ने र उनीहरूले अटेरी गरे कारबाही समेत गर्ने अधिकारीले बताए । 

उनले व्यवसायीहरूको पनि आफ्नो समस्या हुन सक्ने बताउँदै यसबारे मन्त्रालयले छलफल गर्ने जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x