मंसिर १४, २०८०
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
भदौ १९, २०७७
कृषि ज्ञान केन्द्र धनुषाका कृषि प्रसार अधिकृत राजेन्द्रप्रसाद यादवका अनुसार यस वर्ष धनुषामा ५९ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको छ । १ हेक्टरमा ३० कट्ठा हुन्छ ।
२० धुरको १ कट्ठा हुन्छ भने २० कट्ठाको १ बिघा जग्गा हुन्छ । धानखेतीमा १ हेक्टरमा १९२ किलोग्राम युरिया मल आवश्यक हुन्छ । त्यसअनुसार धनुषामा धान खेतीका लागि मात्रै ११ हजार ३२८ मेट्रिक टन युरिया मल आवश्यक रहेको यादव बताउँछन् ।
धान रोपाईंको बेलामा डीएपी, युरिया, पोटास तथा क्याल्सियम सहित मलको आवश्यक्ता भए पनि रोपाईं भएको १ महिनाभित्र युरिया मलको आवश्यक्ता हुन्छ । यादवका अनुसार धानको बिरुवाको हरितकण बढाउन तथा बिरुवालाई बलियो बनाउन, बिरुवालाई हुर्काउन युरिया मलको आवश्यकता हुन्छ । अहिले उक्त मल आपूर्ति नभए बिरुवा पहेँलो भएर कमजोर हुने तथा बाली मर्ने खतरा भएका कारण पनि उक्त मल आवश्यक रहेको उनले बताए ।
तर, धनुषामा हालसम्म आधिकारिक रूपमा साल्ट ट्रेडिङ कोर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरले ३ हजार ६ सय ६० बोरा युरिया मात्र वितरण गरेको छ । १ बोरामा ५० किलोग्राम हुन्छ, त्यसअनुसार धनुषामा हालसम्म १८.३ मेट्रिक टन युरिया मल मात्र वितरण भएको छ ।
धनुषामा माग भएको ११ हजार ३२८ मेट्रिक टनमा १८.३ मेट्रिक टन मात्र हालसम्म आपूर्ति भएका कारण ११ हजार ३०९.७ मेट्रिक टन युरिया मलको अभाव भएकाले किसानहरू समस्यामा परेका छन् ।
कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ गरी दुईवटा संस्थान आधिकारिक रूपमा रासायनिक मलको आधिकारिक बिक्रेता हुन् । कृषि समाग्री कम्पनीले कुल मलको ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत मल विक्री वितरण गर्ने गर्छन् । साल्ट ट्रेडिङको शाखा कार्यालय जनकपुरका निमित्त कार्यालय प्रमुख बासुदेव उपाध्यायका अनुसार यो सिजनमा हालसम्म ४८६ मेट्रिक टन युरिया मल आउने क्रममा छ, त्यसमध्ये कुल ७ हजार २७९ बोरा मल आएको छ । गत आइतबार र सोमबार गरेर धनुषामा ३ हजार ६६० बोरा मल डिलरलाई विक्री गरिएको छ ।
त्यसैगरी २ हजार ७१९ बोरा मल महोत्तरीका डिलरहरूलाई विक्री गरिएको छ भने ९०० बोरा मल मौज्दातमा भए पनि त्यो मल पनि विक्री हुने क्रममा नै रहेको उनले बताए । धनुषामा ९० जना र महोत्तरीमा ८१ जना डिलरलाई मल विक्री गरिएको तथा प्रत्येक डिलरलाई ५०/५० बोरा मल दिएको उनले बताए ।
मल विक्री गर्ने ७० प्रतिशत कोटा पाएको कृषि सामग्री कम्पनीले भने हाल सम्म धनुषा, महोत्तरीमा एक किलोग्राम पनि युरिया मल विक्री गरेको छैन । युरिया मल अहिले नभएको भन्दै सूचना टाँसेर आफ्नो भूमिका सीमित गरेको छ । बिहीवार उक्त कार्यालयमा लोकान्तर प्रतिनिधि पुग्दा कार्यालय खुलेपनि कुनै पनि कर्मचारी थिएनन् ।
किसान तथा डिलरहरू त्यहाँ मल किन्न भनेर गएको भएपनि कार्यालयमा कुनै पनि कर्मचारी नै थिएनन् । भदौ ८ गते टाँसिएको उक्त सूचनामा डीएपी मल दामासाहीले क्रमशः विक्री वितरण गर्ने तथा युरिया मल नरहेको जानकारी दिइएको छ । त्यसैगरी भदौ १ गते संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा जारी अपील पनि टाँसिएको छ ।
धानबाली लगाउने सिजनमा मल अभाव हुन सक्ने कुराको समयमै आकलन गरी ७० हजार मेट्रिक टन युरिया र ५० हजार मेट्रिक टन डीएपी सहित कुल १ लाख २० हजार मेट्रिक टन मल खरिद गर्न अतिरिक्त बजेटको समेत व्यवस्था गरिएको उल्लेख छ । २०७६ साल पौष र माघ महिनामा साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीमार्फत आह्वान गरिएको टेण्डरमा लकडाउनका कारण आपूर्ति हुन नसकेको उल्लेख छ । धान रोपाइँको बखत आवश्यक पर्ने डीएपी मल आवश्यकता अनुरूप आपूर्ति भए पनि युरिया मल पर्याप्त उपलब्ध गराउन नसकिएको उल्लेख छ ।
साल्ट ट्रेडिङले ७५२ रूपैयाँ प्रतिबोरा युरिया मल डिलरलाई विक्री गरेको भए पनि डिलरले किसानलाई गाउँमै गएर विक्री गर्नुपर्नेमा डिलरहरूले कालोबजारी गर्ने गरेको किसानको गुनासो छ । लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर १ सिनुरजोडाका किसान कामेश्वर यादव पनि गाउँको डिलरले मल नदिए पछि मल किन्नका लागि कृषि सामग्री कम्पनीमा पुगेका थिए ।
उनको गाउँमा भुजंगी बाबा सहकारी संस्थानका अध्यक्ष लक्ष्मेश्वर साहले लगेको सबै मल कालोबजारी गरेर वास्तविक किसानलाई नबेचेको आरोप लगाए । ‘यो सिजनमा ४८० बोरा डीएपी र ५० बोरा युरिया मल साल्ट ट्रेडिङबाट किनेर २५ सय रूपैयाँमा डीएपी र १२ सय रूपैयाँ प्रतिबोरा युरिया मल विक्री गरेर कालोबजारी गर्ने गरेका छन,’ उनले भने, ‘उनको संस्थामा दिनमा सयौं किसान लाइन लागेर मल किन्नका लागि जाने गरेका छन्, तर किसानलाई उनले मल दिने गरेका छैनन् ।’
रातिको समयमा केही मल नामका लागि आफन्त तथा वडाध्यक्षका मानिसलाई नै महंगो दरमा बेच्ने गरेको बाँकी अन्यत्र तस्कर तथा कालोबजारीलाई बेच्ने गरेको उनले आरोप लगाए । गाउँपालिकाको कृषि शाखामा गएर कुन–कुन किसानलाई कति–कति मल कुन–कुन दरमा विक्री गरेको भनेर हिसाब माग्दा समेत नदिएको हुनाले उनलाई कारवाही गर्नुपर्ने उनी बताउँछन् । आरोप लागेका व्यक्तिलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
साल्ट ट्रेडिङले ७५२ रूपैयाँ प्रति बोरा युरिया र २ हजार २०१ रूपैयाँ प्रति बोरा डीएपी मल डिलरहरूलाई विक्री गरेका छन । ‘ढुवानी चार्ज तथा सञ्चालन खर्चसमेत जोडेर प्रतिबोरा १ सय रूपैयाँ थप लिनु पर्ने हो , तर ५ सय रूपैयाँसम्म प्रति बोरा बढी मूल्य लिएको रहेछ भने त्यो कालोबजारी नै हो,’ साल्ट ट्रेडिङका प्रमुख उपाध्यायले भने, ‘हामी मल सिधा किसानलाई नबेचेर डिलरलाई नै बेच्छौं, त्यसको अनुगमन गर्ने काम प्रहरी प्रशासन, स्थानीय तह र प्रदेश सरकार मातहत रहेको कृषि ज्ञान केन्द्रको हो ।’ विक्री गरिएका डिलरहरूको सूची, नाम, मोबाइल नम्बरसहित कृषि ज्ञान केन्द्रलाई उपलब्ध गराइसकेको उनले बताए ।
यता कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत यादव भने विगत ५ दिनदेखि जनकपुरधाम उपमहानगरदेखि जिल्लाका विभिन्न स्थानीय तहमा गएर मल विक्री वितरण गरिएको छ वा छैन भन्ने अनुगमन गरेको बताउँछन् । जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर २० देवपुरा रूपैठास्थित आशिर्वाद कृषि सहकारी संस्थामा अनुगमन गर्न जाँदा युरिया मल आफ्नो पसलमा राखेको भएपनि सहकारी संस्थाको नाम, बोर्ड, मलको मूल्य सूची केही पनि राखिएको थिएन । उक्त सहकारीका सञ्चालक हर्षनारायण झालाई युरियाको विक्री मूल्य ९०० रूपैयाँ प्रति बोरा र डीएपीको मूल्य २ हजार ३५० रूपैयाँ प्रति बोरा टाँस्न लगाएको उनले बताए ।
‘रूपैठामै कालेश्वरनाथ कृषि सहकारी संस्थाका सञ्चालक रामबाबु साहले मल विक्री गरिसकेको रहेछ,’ उनले भने, ‘९०० रूपैयाँ प्रति बोरामा विक्री गरेको भनेर सञ्चालकले हामीलाई बताए ।’
यसैगरी करीब ४५ वटा डिलर को सहकारीमा अनुगमन गर्न जाँदा प्रायःजसोले पहिले नै मल विक्री गरिसकेको उनले बताए । ‘स्थानीयहरूलाई सोध्दा कतिपयले मल विक्री गरेको बताउने गरेको तथा कतिपयले आफूलाई थाहा नभएको भनेर प्रतिक्रिया दिने गर्थे,’ यादवले भने, ‘तर, कुन–कुन किसानलाई कति कति मात्रामा विक्री गरेको भन्ने विस्तृत विवरण भने कसैले पनि दिएनन् ।’
नेपाल सरकारले अनुदानमा किनेको रासायनिक मल ती बिक्रेताहरूले गाउँका किसानहरूलाई ठगेर मल नै नआएको भनेर ठग्ने गरेका हुन्छन् । ‘गाउँदेखि शहरसम्मका सहकारीहरूले राज्यको अनुदानबाट किनिएको मल किसानलाई नबेचेर बाटोमा नै शहरका अन्य पसलहरूमा महंगो मूल्यमा बेचेका हुन्छन्,’ जनकपुरधाम उपमहानगर– १३ पिडारी गाउँका किसान विजयकुमार साहले भने, ‘सस्तो मूल्यमा किनिएको नेपाली मल बाहिर बेच्ने र भारतबाट तस्करी गराएर ल्याएको गुणस्तरहीन मल किसानलाई झन महंगोमा बेच्ने गरेका हुन्छन् ।’
टाठाबाठा तथा पहुँच भएकाले मात्रै मल पाउने गरेको उनले बताए ।
धनुषाको मिथिला बिहारी नगरपालिकाको ठेरा गाउँमा माँ भवाणी कृषि सहकारी संस्थाका सञ्चालक भरोसी दासले नेपाली मलका साथसाथै भारतीय मल पनि किसानलाई बेचेको स्वीकार गरे ।
‘साल्ट ट्रेडिङबाट किनेको ५० बोरा युरिया मल ९ सय रूपैयाँ प्रति बोराको दरले किसानलाई बेचेको छु,’ दासले भने, ‘ब्लेकिया(तस्कर) बाट किनेको ३ बोरा युरिया मल पनि प्रति किसानलाई १० किलो, १५ किलोको परिमाणमा बेचेको छु ।’
भारतबाट किनिएको युरिया २ हजार देखि २१ सय रूपैयाँ प्रति बोराका दरले विक्री गरेको तथा एक बोरामा ४५ किलो मल मात्र हुने गरेको समेत उनले बताए । जबकि नेपालको मल प्रति बोरा ५० किलो हुन्छ ।
एकातर्फ नेपालमा युरिया उपलब्ध नै नभएका कारण नेपाली किसानहरू भारतबाट एसएसबी, नेपालको सशस्त्र प्रहरी, नेपाल प्रहरी सहितको कुटाइ, हेपाइ समेत खाएर मल किन्न बाध्य छन् ।
एक जना किसानले नाम नलेख्ने शर्तमा भने, ‘रातिको समयमा ट्र्याक्टर, ट्रक समेतमा बोराका बोरा मल पारीबाट प्रहरीको मिलेमतोमा नै व्यापारीदेखि तस्करहरूले सजिलै ल्याइरहेका हुन्छन्, तर किसानले १० किलोदेखि २० किलोसम्म मल किनेर ल्याउँदा मल समात्ने, फ्यालिदिने, कुटपिट गर्ने काम गरेका हुन्छन् ।’
उता सशस्त्र प्रहरी बल धनुषाका प्रहरी उपरीक्षक नरेन्द्र सेन भने अहिले सीमा नाका नै सिलबन्द भएका कारण कुनै पनि किसानलाई भारतबाट मल ल्याउन नदिएको बताउँछन् ।
‘हामीले कुनै व्यापारी वा तस्करलाई पनि मल ल्याउन दिएको आरोप सत्य होइन,’ सेनले भने, ‘किसानलाई समेत मल ल्याउन नदिएको भएर उक्त आरोप लगाएको हुन सक्छ ।’
एसपी सेनले दाबी गरे पनि विक्रेताहरूले धेरै चर्को मूल्यमा भारतीय मल समेत विक्री गर्ने गरेको किसानहरू बताउँछन् ।
यो समस्या धनुषामा मात्र नभएर प्रदेश २ का सबै जिल्लामा छ ।
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...