×

NMB BANK
NIC ASIA

लकडाउनका बेला अलपत्र यात्रु उद्धार गर्ने इन्स्पेक्टर वाइबा सर्वोत्कृष्ट प्रहरी घोषित

असोज ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

इलाका प्रहरी कार्यालय खुर्कोटकी प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) शान्ता वाइबा सिन्धुली जिल्लाकै सर्वोत्कृष्ट प्रहरी कर्मचारी घोषित भएकी छन् ।

Muktinath Bank

वाइबाको कमाण्डमा खटिएको प्रहरी टोलीले विप्लवका कार्यकर्ताहरूलाई सफलतापूर्वक नियन्त्रणमा लिएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीले वाइबालाई भदौ जिल्लाको सर्वोत्कृष्ट प्रहरी कर्मचारीका रूपमा छनोट गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वाइबाको कमाण्डमा खटिएको प्रहरी टोलीले गत भदौ १४ गते सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर १३ ओडारेबाट विप्लवका ७ जना नेता/कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो ।


Advertisment
Nabil box
Kumari

उनीहरूको साथबाट ४ थान सुतली बम र ८ वटा जीआई पाइप समेत बरामद भएको थियो ।

Vianet communication
Laxmi Bank

अझै महत्त्वपूर्ण त उनले चैत ११ बाट साउन ७ सम्म झण्डै ४ महिना चलेको लकडाउनका क्रममा निकै उदाहरणीय भूमिका खेलेकी थिइन् ।

लामो लकडाउनका कारण राजधानीमा हातमुख जोर्न धौ-धौ परेपछि घर फर्किने क्रममा बाटोमा अलपत्र परेकाहरूलाई वाइबाले उद्धार गरी गन्तव्यतर्फ पठाएकी थिइन् ।

इन्स्पेक्टर वाइबाले लकडाउनका समयमा गरेको उदाहरणीय कामबारे लोकान्तरले विशेष खोज रिपोर्ट प्रकाशित गरेको थियो ।

हेर्नुहोस्, लोकान्तरमा प्रकाशित सामग्री :

इन्सपेक्टर वाइबाको लोभलाग्दो सक्रियता– यसरी भयो ७ हजार मजदुरको उद्धार !

इन्स्पेक्टर वाइबालाई विशेष कार्यक्रमका बीच सम्मान गरिने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x