प्रधानमन्त्रीले गत चैतदेखिको पारिश्रमिक लिएका छैनन् : सूर्य थापा

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना गत चैतदेखि नै पारिश्रमिक नलिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । 

कोरोना महामारी नियन्त्रणमा नआउन्जेल पारिश्रमिक नलिने घोषणा प्रधानमन्त्रीले यसअघि नै गरेको उनले स्पष्ट पारेका छन् । 


Advertisement

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै प्रेस  सल्लाहकार थापाले भनेका छन्,'प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ चैत महिनादेखि मासिक पारिश्रमिक लिनु भएकाे छैन र काेराेना महामारी नियन्त्रणमा नआउन्जेल नलिने घाेषणा पहिल्यै गर्नुभएको सबैमा अवगत नै छ ।'

यससँगै उनले मन्त्रिपरिषद्का सदस्यहरूले दशैं भत्ता बापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको समेत उल्लेख गरेका छन् ।


Advertisement

लोकान्तर डटकमले यसअघि  जनता भोकभोकै सडकमा, कोरोनाकालमा सांसद र उनका पीएले बुझे दशैंभत्ता ! शीर्षकमा खोजमुलक समाचार प्रकाशित गरेको थियो । 

त्यसपछि विभिन्न दलका नेताहरूबाट दशै भत्ता फिर्ता गर्ने घोषणा गरेका थिए ।

यस्तो छ प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको ट्वीट

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्