‘नेकपाकै कार्यकर्ताको हत्याको जाहेरी समेत नबुझ्ने सरकारबाट कानूनी राज्यको कस्तो अपेक्षा राखौं ?’

 पर्सा घटनामा जाहेरी नलिइएको घटनाप्रति काँग्रेसले प्रश्न गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेकपाकै कार्यकर्ताको हत्याको जाहेरी समेत नबुझ्ने सरकारबाट कानूनी राज्यको कस्तो अपेक्षा राखौं ? पर्साको घटनामा प्रधानमन्त्री एवं नेकपाकै अध्यक्षको ध्यानाकर्षण गराउँदछौं।’

सत्तारूढ दल नेकपाको स्थानीय दुई समूहबीच पर्सा जिल्लामा असोज ६ गते बिहीबार भएको झडपमा नेकपा जिल्ला सदस्य मुकेश चौरसियाको मृत्यु भएको थियो । 
‘दोषीमाथि कार्वाहीको जाहेरी बुझ्न प्रहरीले अस्वीकार गरेको र मृतकको शव अझै अस्पतालमा रहेकोे सार्वजनिक समाचार विवरणहरुप्रति नेपाली कांग्रेसको ध्यान गम्भीरतापूर्वक आकृष्ट भएको छ’, शर्माको विज्ञप्तिमा भनिएको छ, ‘घटना विवरण अत्यन्तै दुःखद छ । अतः पर्साको घटनाको वास्तविकता तत्काल सार्वजनिक गर्न, विन्दावासिनी गाउँपालिकाका नेकपा सचिव एवं नेकपा जिल्ला सदस्य मुकेश चौरसियाको हत्याको घटनाको गहिरो छानबिन गर्न र दोषीलाई तत्काल पक्राउ गरि कानूनी कार्वाही गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ ।’


Advertisement

पर्साको घटनामा आइपुग्दा सत्ता उन्मादमा रहेकोे दलभित्रको द्वन्द्वले आफ्नै कार्यकर्ताको हत्या गरेर चरम असहिष्णु, उग्र र आपराधिक चरित्रको विकास हुँदै गरेको संकेत गरेको काँग्रेसले दावी गरेको छ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्