अब हप्ताको दुई दिनमात्र कोरोनासम्बन्धी प्रेस बिफ्रिङ हुने

स्वास्थ्य मन्त्रालयले कोभिड–१९ सम्बन्धी नियमति प्रेस बिफ्रिङको तालिका परिवर्तन गरेको छ । अबदेखि हप्ताको दुई दिन आइतबार र बुधबार मात्र साबिकको समयमा कोभिड–१९ सम्बन्धी नियमति प्रेस विफ्रिङ हुने र अन्य दिन भने ४ः३० बजे मन्त्रालयको वेभसाइटमा कोभिड–१९ सम्बन्धी तथ्याङ्क अपलोड गरिने प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । 

उनका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर थप एक हजार ९५४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । आज मुलुकभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा आठ हजार २४८ जनाको पिसिआर परीक्षण गरिएको छ ।
 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्