×

NMB BANK
NIC ASIA

चलचित्र छायांकनको दौडधुपमा यी ६ स्टार, हल नखुल्दै केमा छन् व्यस्त ?

कात्तिक १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लकडाउनका कारण चलचित्र क्षेत्र पनि बिरामी पर्‍यो । चलचित्र क्षेत्रसँग जोडिएका सबै गतिविधि ८ महिना बन्द हुँदा करोडौं घाटा भएको छ । चलचित्र उद्योगमा क्रियाशिल हजारौंले रोजीरोटी गुमाएका छन् । 

Muktinath Bank

अब भने लकडाउन खुल्यो, यसले धेरैको आशा जगाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चलचित्र क्षेत्र बिस्तारै खुलेको छ । तर, फिल्म हल कहिले खुल्छन् अड्कल लगाउन मुस्किल छ । तथापि, चलचित्रको छायांकन र यससँग जोडिएका विभिन्न गतिविधि भने शुरू भइसकेका छन् ।


Advertisment
Nabil box
Kumari

हल खुलिसकेपछि कुन चलचित्र शुरूमा प्रदर्शन गरिन्छ ? त्यो पक्का छैन । तर, अब हलमा दर्शक जर्बजस्त तानिनुपर्छ । र, त्यसका लागि इनिसियल रुपमा दर्शक तान्न सक्ने स्टारको शुरूमै खाँचो पर्छ । यदि तुरुन्तै चलचित्र हल खुल्यो भने स्टारडम बोकेका पछिल्लो समयका हिरोहरूका खासै चलचित्र छैनन् । तर, ढिलोचाँडो भने प्रदर्शन हुनेवाला छन् ।

Vianet communication
Laxmi Bank

पछिल्लो समयका लोकप्रिय अभिनेता अनमोल केसी यतिबेला ‘ए मेरो हजुर ४’ को छायांकनमा व्यस्त छन् । लकडाउनका कारण रोकिएको यो चलचित्रको छायांकन दशैंको घटस्थापनाका दिनदेखि शुरू भएको हो । 

झरना थापाको निर्देशनमा तयार भइरहेको यो चलचित्रपछि अनमोल होमप्रोडक्सनको ब्यानरबाट निर्माण हुने चलचित्र ‘पारस’मा व्यस्त हुनेछन् । यो चलचित्रलाई माधव वाग्लेले निर्देशन गर्दैछन् ।

त्यसपछि अनमोल होम प्रोडक्सनकै अर्को चलचित्र ‘एन्टी हिरो’मा पनि व्यस्त हुनेछन् । यो चलचित्रको इन्टरनेशनल राइट्स भने बिक्री भइसकेको छ ।

अर्का लोकप्रिय अभिनेता प्रदिप खड्काको चलचित्र लिस्ट पनि राम्रै छ । उनी २०७७/२०७८ मा निकै व्यस्त हुने देखिन्छन् । प्रदिप भन्छन्, ‘केही चलचित्र लाइनमा छन्, केही साइन गरिसकेको छु । साइन गरिसकेका चलचित्रको छायांकन सकेपछि मात्रै अन्य चलचित्रको सम्झौता गर्ने योजना गराएको छु,’ प्रदिप आफैंका लागि र उनको करिअरको सबैभन्दा उत्कृष्ट चलचित्र ‘प्रेमगीत ३’ प्रदर्शन कहिले हुन्छ पक्का छैन । 

अघिल्लो चैत २८ मा प्रदर्शन हुने भनिएको यो चलचित्र कोभिड १९ कै कारण रोकिएको थियो । बुझिएअनुसार आगामी नयाँ बर्ष अथवा दशैंको समयमा यो चलचित्र प्रदर्शन गर्ने यसका निर्माता तथा निर्देशक सन्तोष सेनको योजना छ । 
प्रदिप अब ‘हुतुतु’, त्यसपछि दिनेश राउतको निर्देशनमा बन्ने अर्को चलचित्रमा काम गर्नेछन् । त्यस्तै उनी हेमराज बिसीको चलचित्रमा पनि काम गर्ने चर्चा छ ।

म्यूजिक भिडियोमा निकै व्यस्त पल शाह चलचित्रका लागि पनि भरपर्दा अभिनेता हुन् । पल अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको तयारीमा छ । त्यस्तै उनको अर्को चलचित्र ‘हृदयभरी’ पनि प्रदर्शन हुने तयारीमा छ ।

पल अब छिट्टै फ्लोरमा जान लागेको ‘हुतुतु’मा पनि काम गर्नेछन् । लकडाउनकै कारण छायांकन रोकिएको ‘२ नम्बरी’मा पनि पलले यसैवर्ष काम गर्नुपर्नेछ । पल भन्छन्, ‘रोकिएका चलचित्रको छायांकन शुरू गर्ने र केही नाम नखुलाइएका प्रोजेक्टको स्क्रिप्ट पनि पढ्नुपर्ने छ ।’

अभिनेता पुष्प खड्का छिट्टै एक्सन जनराको चलचित्रमा काम गर्नेछन् । एकपछि अर्को हिट चलचित्र दिएर दर्शकको रोजाइमा परेका पुष्पले लकडाउन अघि ‘चालबाज’को छायांकन सकेका छन् । 

उनले छिट्टै छायांकनमा जान लागेको ‘कृष्ण लीला’ मा पनि काम गर्दैछन् । यद्यपी ‘कृष्ण लीला’को काम सकिएपछि मात्रै पुष्पले एक्सन जनराका चलचित्रमा काम गर्नेछन् । यो चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गर्दैछन् । 

चलचित्रको सम्पूर्ण दृश्य विदेशमा छायांकन गरिने छ । ग्याङस्टार कथामा आधारित चलचित्रमा काम गर्न पाउँदा पुष्प निकै खुशी छन् । 

पुष्प भन्छन्, ‘यो चलचित्रका लागि ५–६ महिना एक्सनको ट्रेनिङ समेत लिनेछु । त्यसपछि मात्रै छायांकनमा शुरू हुनेछ । एक्सन चलचित्र काम गर्ने ठूलो रहर थियो । अब पूरा भएको छ ।’

सर्वाधिक लोकप्रिय चलचित्र मानिन्छ, ‘प्रसाद’ । यसका अभिनेता विपिन कार्की चलचित्र उद्योगका सबैभन्दा भरपर्दा अभिनेता हुन् । ‘मसँग १६ वटा जति चलचित्रको स्क्रिप्ट हात परिसकेको छ,’ उनी भन्छन्, ‘अब विस्तारै काम गर्दै जाने योजना बनाएको छु । तर, कुनैपनि चलचित्र साइन गरिसकेको छैन ।’ 

विपिनले साइन गरिसकेको चलचित्र भने ‘प्रसाद २’ मात्रै हो । यो चलचित्रपछि उनले नारायण वाग्लेको पल्पसा क्याफे किताबमा आधारित नाटक पनि गर्नेछन् । 

यो नाटकमा स्वस्तिमा खड्कासँग काम गर्दैछन् । ‘म बाँचेर मात्रै हुँदैन, अब चलचित्र क्षेत्र पनि बाच्नुपर्छ’, विपिन भन्छन्, ‘त्यसका लागि अब मलाई अफर आएका चलचित्र छानेर काम गर्नुपर्छ । म काम गर्दा धेरै टेक्निसियल, प्राविधिक, नयाँ कलाकारहरू र धेरै बाँच्ने आधार बन्न सक्छ ।’

नाजिर हुसेनको लोकप्रियता पनि लोभलाग्दो छ । आफुलाई स्टारभन्दा पनि कलाकार भन्न रुचाउने नाजिरका लागि पनि चलचित्रको लाइन छ । तर, उनले अब धेरै सोचेर मात्रै चलचित्र साइन गर्ने निर्णय गरेका छन् ।
हालै उनले चलचित्र ‘चिलगाडी’ साइन गरिसकेका छन् । त्यस्तै सन्तोष सेनको ‘हुतुतु’मा पनि उनी व्यस्त हुनेवाला छन् ।

नाजिरले चलचित्रको कामपछि आफ्नै लेखन र निर्देशनमा एउटा नाटक पनि घोषणा गर्ने योजना गराएका छन् । यद्यपी, नाटकको समयमा भने कुनै चलचित्रको छायांकन र यसका अन्य गतिविधीमा व्यस्त नहुने नाजिरले सुनाए । 

नाजिर भन्छन्, ‘धमाधम काम गर्ने योजना छ । ‘केही चलचित्रको साइन गरिसकेको छु, ती चलचित्रको काम हुँदै जान्छ । त्यसबाहेक अर्को एउटा प्रोजेक्टको पनि कुरा भइरहेको छ । सायद केही हप्ताभित्रै यो चलचित्रबारे सबै कुरा सार्वजनिक हुन सक्छ ।’ 

स्टोरी राम्रोसँग पढेर, निर्देशक बुझेर र स्टोरी र दर्शकको चाहना बुझेर अबको चलचित्र यात्रामा दौडिने नाजिरको योजना छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x