×

NMB BANK
NIC ASIA

सुदूरपश्चिममा कोरोना संकट : नागरिक अनुशासित भएनन्, तीनै तहका सरकारले लत्तो छाडे !

कात्तिक १७, २०७७

NTC
Premier Steels

सुदूरपश्चिममा कोरोना संक्रमण भयावह बन्दै गएको छ । यो समाचार तयार पार्दासम्म प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ६ सय ३८ पुगेको छ ।

Muktinath Bank

संक्रमितमध्ये ७ हजार ५ सय ९५ जनाले कोरोना जितेका छन् भने ३३ जनाको मृत्यु भएको छ । प्रदेशभित्रै भने २२ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यता सेती प्रादेशिक अस्पताल अन्तर्गतको अस्थायी कोरोना अस्पतालमै उपचारका क्रममा ९ जनाले ज्यान गुमाएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।


Advertisment
Nabil box
Kumari

उनका अनुसार हालसम्म अस्थायी कोरोना अस्पतालमा जटिल अवस्थाका २ सय ८९ जनाले उपचार गराएका छन् ।

Vianet communication

तीमध्ये ३८ जना अहिले पनि उपचारकै क्रममा छन् । 

खुलेआम बजार डुल्छन् संक्रमित

धनगढी भाडामा बसिरहेका टीकापुरका एक जनामा केही दिनअघि संक्रमण पुष्टि भयो । स्वाब टेस्ट गर्न दिएका उनी रिपोर्ट आउनुअघिसम्म हिँडडुल र घुमफिरमै थिए । 

रिपोर्ट आएपछि पनि बजार आउन भने छाडेनन् । डेरा गरी बसिरहेका उनी रिपोर्ट पोजेटिभ आएपछि निकै समस्यामा परे । सरकारी आइसोलेसनमा चाप बढी भएका कारण उनी त्यहाँ जान पाएनन् । कहाँ बस्ने, के गर्ने अन्योलका बीच उनी घरबेटीलाई पनि जानकारी नगराई आफ्नै डेरामा बसे । 

घरमा बस्ने सबैले प्रयोग गर्ने एउटै धारा, एउटै बाथरूम बाध्यताका सामु उनले त्यसको बेवास्ता गरे । त्यसको केही दिनपछि घरबेटीले सो कुराको जानकारी पाए । कोठामै बसेका बेला पनि ती संक्रमित व्यक्ति दाल, चामल लगायतका अत्यावश्यक सामग्री लिन आफैँ बजार पुग्थे । घरबेटीले थाहा पाएपछि उनलाई साँझसम्म कोठाबाट निस्केर जान उर्दी जारी गरे । 

त्यसपछि झनै समस्यामा परेका उनी धनगढीकै एक होटेलमा केही दिन बसे । त्यहाँ पनि उनले आफू संक्रमित हुँ भन्ने जानकारी गराएनन् । त्यसको केही दिनमै उनको दोस्रो रिपोर्ट नेगेटिभ आयो र उनी अहिले धनगढीमै छन् । 

यो त एक प्रतिनिधि घटना मात्रै हो । धनगढीमा बाध्यताले आइसोलेसनमा नबसेका र हिँडडुल गरिरहेकाहरू अरू पनि भेटिन्छन् । १४ दिनको अवधिभित्र संक्रमित घरबाहिर निस्किएको पाइएमा कारवाही गर्ने सरकारले जनाएपनि हालसम्म कसैमाथि कारवाही भएका भने देखिएको छैन । 

भारतबाट आउनेहरू पनि सिधै घरमा 

गत साउन महिनासम्म भारतबाट आउनेहरूलाई नाकाबाटै सोझै स्थानीय तहले तयार पारेका क्वारेन्टीनमा राखिन्थ्यो । तर हाल भने भारतबाट आउने सबै सिधै आ–आफ्नो घर गइरहेका छन् । साउनअघि नाकामै परीक्षणको प्रयास पनि भएको थियो तर अहिले भने न उनीहरूको परीक्षण भइरहेको छ, न त क्वारेन्टीनमा नै राखिन्छ । 

‘घरमा साना बालबालिका र बुढा बुवाआमा छन्, भारतबाट आइरहेका अछामका सन्तोष कुँवरले भने,’ परीक्षणविनै घर जान डर लागिरहेको छ । पहिला–पहिला त क्वारेन्टीन थियो । हामीलाई पनि क्वारेन्टिनमा राखेर परीक्षण गराइदिएको भए ढुक्क भएर घर जान हुन्थ्यो ।’

‘साउन महिनासम्म त भारतबाट आउने नागरिकहरूलाई पनि  लिन स्थानीय तहबाटै गाडी नाकासम्म आउँथे तर अहिले त्यस्तो छैन । भारतबाट आउनेहरू खुलेआम धनगढी बजार छिरिरहेका छन्, यसले गर्दा संक्रमण झन् भयावह बन्छ’, त्रिनगर नाकामा खटिएका स्वास्थ्यकर्मी दिनेश ठकुल्लाले भने ।

प्रयोगशाला बढे, बढेन परीक्षण

धनगढीमा पहिलोपटक एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि चैतमा सेती प्रादेशिक अस्पताल अन्तर्गत एक प्रयोगशाला स्थापना गरी अन्यको पनि परीक्षण थालियो । त्यसपछि प्रदेशमा कोरोना परीक्षण हुन थाल्यो । एउटै मेसिनबाट परिक्षण गर्दा संकलित स्वाबहरूको चाप बढी भएपछि परीक्षणका लागि नमूना काठमाडौं पठाउने क्रम भने यथावत् नै रह्यो । 

कोरोना संक्रमण बढ्दै गएपछि निजी क्षेत्रको पहलमा त्यसपछि डडेल्धुरा पनि प्रयोगशाला स्थापना गरी परीक्षण थालियो ।  

त्यति मात्रै हैन सुदूरपश्चिम प्रदेश सरकारद्वारा फेरि एकैपटक थप तीन प्रयोगशाला स्थापना भए । धनगढीमा एउटै प्रयोगशालाले नधान्ने भन्दै थप एक धनगढीमा र डोटी तथा बैतडीमा पनि एक/एक प्रयोगशाला स्थापना गरेर परीक्षण थालियो । त्यसलगत्तै अछाममा पनि प्रयोगशाला स्थापना गरी परीक्षण थालियो । 

‘हाल सुदूरपश्चिममा दैनिक ६ हजार नमूना परीक्षणको क्षमता छ,’ प्रदेश स्वास्थ्य निर्देशक डा.गुणराज अवस्थीले भने, ‘तर परीक्षण भने दैनिक एक हजारको संख्यामा पनि छैन । आवश्यक जनशक्ति अभावमा क्षमता अनुसारको परीक्षण हुन सकिरहेको छैन ।’

‘प्रदेशमा हाल ६ ठाउँमा प्रयोगशाला छन् । जनशक्ति अभावले धनगढीमा पछि जडान गरिएको मेसिन प्रयोगविहीन छ,’ उनले भने, ‘पहाडी जिल्लामा दैनिक दुई/तिन घण्टा विद्युत् अवरुद्ध हुन्छ, यसले पनि परीक्षण गर्न समस्या भइरहेको छ । जनशक्ति थप नभएसम्म परीक्षणको दायरा बढ्न सक्दैन ।’

कहाँ चुक्यो सरकार ? 

‘कोरोना संक्रमण बढ्दै गइरहेको भन्दै प्रदेशका ८८ वटै स्थानीय तहमा क्वारेन्टीन स्थापना गरियो । भारतबाट आउनेहरूलाई अनिवार्य क्वारेन्टीनमा राखियो र परीक्षणपछि मात्रै घर पठाइन्थ्यो । तर साउन यता ८८ वटै स्थानीय तहमा तयार गरिएका क्वारेन्टीन हटाउनु सरकारको पहिलो कमजोरी थियो’ शिक्षाविद् हेमराज पन्तले भने, ‘भारतबाट आउनेहरू कम भइसकेका थिए, तत्काल क्वारेन्टीन हटाउनु हुन्थेन ।’

‘त्यसपछि सरकारले होम क्वारेन्टीनको नीति अघि सार्‍यो तर सबैले त्यसको पालना गर्न सकेनन्, कोरोना संक्रमणका सम्भावित व्यक्तिहरू खुलेआम गाउँ डुले, त्यसपछि समुदायमा पनि संक्रमण फैलियो’, उनले भने, ‘नीति अघि सारेपछि कार्यान्वयन पनि गराउनुपर्थ्यो ।’

‘कोरोना व्यवस्थापनमा सरकारले अर्बाैं खर्च गर्‍यो तर त्यो अनुसारको प्रतिफल दिन सकेन, कोरोनाको नाममा धेरै ठाउँमा अनियमितता भए । प्रयोगशाला बढाइए, तर परीक्षण बढेन । आवश्यक जनशक्ति व्यवस्थापन गरी तत्काल परीक्षणको दायरा बढाएर आवश्यक नीति अवलम्बन गरी अघि बढ्नु पर्छ’, उनले भने।

लापरवाही झन् बढ्यो, अब के गर्ने ?

भारतबाट आउनेहरू परीक्षणविनै घर गइरहेका छन् भने अर्कातिर संक्रमण पुष्टि भएकाहरू पनि खुलेआम गाउँ–शहर घुमिरहेका छन् । नागरिकस्तरबाट पनि लापरवाही निकै बढेको छ । सरकारी कार्यालयमा मात्रै हैन बजारका पसल पसलमा पनि भीड बढेको छ । 

‘धनगढीमा ठेलमठेल देखिने सर्वसाधारणहरूले न सामाजिक दुरी कायम गरेका देखिन्छन्, न त मास्कको प्रयोग नै प्रयोग गरेका हुन्छन् । दशैंका नाममा त झनै लापरवाही बढ्यो,’ स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले भने, ‘दशैंको नजिता दुई साताभित्र आउँछ, लापरवाही निकै बढेको छ, अहिले नै आंकलन गर्न सकिने अवस्था छैन ।’

‘संक्रमण सुदूरपश्चिममा पूर्णरूपमा नियन्त्रणमा पनि छैन र नियन्त्रणबाहिर गइसकेको पनि छैन, पर्ख र हेरको अवस्थामा छौं’, उनले भने, ‘अब आवश्यक जनशक्ति व्यवस्थापन गरेर परीक्षणको दायरा बढाउनुको विकल्प छैन ।’

‘हामीले एक लाख ४ हजार ६ सय ७८ जनाको परीक्षण गरिसकेका छाैं’,  स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले भने, ‘हामी सक्दो प्रयासमै छौं । आवश्यक जनशक्ति व्यवस्थापनका लागि पनि पहल गरिरहेका छौं ।’ 

‘लापरवाही निकै बढेको छ, अवस्था यस्तै रहे धनगढीमा पनि काठमाडौंको जस्तै स्थिति आउँछ । हामी फेरि समुदायस्तरमा पनि परीक्षणको तयारी छौं’, उनले भने ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x