कात्तिक २०, २०८०
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
मंसिर ९, २०७७
लोकप्रिय हास्यकलाकार मनोज गजुरेलले निकै कठीन संघर्षपश्चात कोरोनाभाइरस (कोभिड–१९)विरुद्ध जीत हात पारेका छन् ।
कोरोना संक्रमणका कारण आईसीयूमा पुगेका गजुरेल निको भएर फर्किएका छन् । क्यारिकेचरको दुनियाँका चर्चित ‘बादशाह’ गजुरेललाई कोरोना संक्रमण भएको, अवस्था जटिल रहेको सुनेर उनका लाखौं शुभचिन्तक निकै दुःखी भएका थिए ।
उनै प्रिय कलाकार मनोज गजुरेलले कोरोनाबाट मुक्त भइसकेपछि लोकान्तरकर्मी रामजी ज्ञवालीसँग आफ्नो त्यो त्रासदीपूर्ण अनुभव बाँडेका छन् ।
गजुरेलको कोरोना अनुभव पढ्नुहोस्, उनकै शब्दमा :
कहिले कुन देश, कहिले देशको कुन शहर, कहिले शुभचिन्तकहरूसँगको भेटघाट, कहिले आफ्ना आफन्तसँगको जमघट । हाँस्ने/हसाउने क्रम चलिरहेको थियो । एक्कासि कोरोना देखियो । कोरोनासँग राम्रैसँग लडियो । जीवन केही रहेनछ भन्ने अनुभव गर्दै कोरोनाबाट निको भइयो ।
हामी संयुक्त परिवारमा बस्छौं । हाल माइलो दाजु धिरेन्द्रको परिवारसँग म र मेरा दुई छोरा सँगै बस्दै आएका छौं । मेरो माइलो दाइ एयरपोर्टमा काम गर्नुहुन्छ । उहाँ पछिल्लो समय नियमित रूपमा काममा गइरहनुभएको थियो ।
एकदिन घरमा आउनासाथ जिउ दुख्यो भन्नुभयो । घरायसी तरिकाले ठीक पार्ने प्रयास गरियो । तर, फेरि अर्को दिन असैह्य गाह्रो भो भनेपछि मैले आफैँ बोकेर अस्पताल लगेँ । दाइलाई बिस्तारै ठिक भयो, दाइलाई कोरोना पोजेटिभ देखिएको ९ दिनपछि मलाई टाउको दुख्न थाल्यो । टाउकोको दुवैतर्फ दुख्यो । असहज फील भयो । एउटा सिटामोल खाएँ । त्यो दिन ठीक भयो ।
अर्को दिन फेरि ज्वरो आयो । दुईवटा सिटामोल खाएँ । त्यो दिन पनि ठीक भयो, राम्रैसँग सुतेँ । तर, अर्को दिन शरीरको जोर्नीमा सुईले घोचेजसरी पीडा भयो । यो सहन नसक्ने किसिमको थियो । तर, मैले नियमित रूपमा एक्सरसाइज र मेडिटेसन गरेँ । त्यो पनि ठीक भयो । मनमा डर लागिरहेको थियो, कोरोना पोजेटिभ देखियो । घरमै आराम गरिरहेँ । तर, ५औं दिन ढाड अति धेरै दुख्यो । सहन नसकेपछि मसँग एउटा मसाज मेसिन छ, त्यसले कुन भागमा कति आवश्यक हुन्छ त्यसैअनुसार मसाज गर्छ । मैले ढाडमा राम्रैसँग मसाज गरेँ । त्यो पनि ठीक भयो । गाह्रो हुन्छ, ठीक हुन्छ । ठीक होला छिट्टै भन्ने आशा थियो ।
तर, भोलि बिहानबाट मलाई श्वास फेर्न गाह्रो भयो । मैले सकेसम्म अस्पताल नजाने सोचिरहेको थिएँ, सोही कारण सकेसम्म घरैबाट यो निको होला भन्ने आशा थियो । श्वास फेर्न गाह्रो भएको दुईदिनमा घरमा एम्बुलेन्स बोलाइयो, अस्पताल लागियो । मलाई सिधै सशस्त्र प्रहरीको अस्पताल बलम्बु लगियो । शुरूमा सामान्य वार्डमा लगियो । त्यो रात सामान्य वार्डमा सामान्य तरिकाले नै राखियो । तर, शरीर दुख्ने क्रम जारी थियो । श्वास फेर्न गाह्रो भइरहेको थियो । सुत्न असाध्यै गाह्रो भएपछि भोली बिहान एक्सरे गरियो ।
रिपोर्ट आयो, फोक्सो र छातिको बीचनेर हावा भरिएको छ । डाक्टरले तुरुन्तै आईसीयूमा लैजान निर्देशन दिएँ, नर्सहरूले आईसीयूमा लगे । जीवनमा कहिल्यै आईसीयूमा नगएकाले मलाई त्योबेला असाध्यै डर लाग्यो । आईसीयूमा लग्नेबित्तिकै औषधि चढाउन शुरू गरियो । कडा खालको औषधि भएकाले बेहोश जस्तै हुन थालेँ । त्यसपछि डाक्टरले सुई लगाएर काखीमुनिबाट प्वाल पारेर हावा निकाले ।
५ दिनसम्म अर्धचेत रूपमा आईसीयूमा जीवन कटाएँ । अब जीवन रहेनजस्तो लाग्न थाल्यो । शरीरमा पहिलोपटक हतियार पस्यो, जीवनमै पहिलोपटक । जीवनमा पहिलोपटक निद्रा हरायो । रातदिन घ्वार–घ्वार गरिरहेको छ । कतिबेला कुन बिरामी रुँदै आउँछ, कतिबेला कुन बिरामीलाई निको पार्न सकिएन भनेर अस्पतालबाट डिस्चार्ज गर्छ ।
कतिबेला मेरो नजिकैबाट मान्छे मर्यो भन्ने खबर आउँछ । यस्तो देखेपछि मैले मेरो जीवनसँग अब म पनि रहिनँ भनेर आत्मसमर्पण गरेँ । मान्छे मरिरहेको देख्दा अब मेरो पालो हो जस्तो भयो । तर, डाक्टरले म डराएको देखेर सान्त्वना दिइरहेका थिए । तर, मैले त्यो डरलाग्दो वातावरण देखेर म ठीक छु ? भनेर सोधिरहन्थें ।
उनीहरूले राम्रो हुँदै गएको छ, विश्वास गर्नुस् भन्दै गए । तर, कतिबेला डाक्टरले मलाई सान्त्वना दिनका लागि मात्र यसो भनेका हुन् भन्ने कुरा सोच्थें । विस्तारै गाह्रो हुँदै गएपछि अब जीवन रहेन भन्ने मनमा निर्णय लिएँ । छोराहरू मेमोरी र मिरोजको असाध्यै याद आयो । पटक–पटक दुई बाबुहरूसँग बोलिरहेँ । बुवाआमा, दाइभाउजूलगायत लाखौं शुभचिन्तकको याद आयो ।
फोन साथमा थियो, बोल्न नसकेकाले कसैको उठाउन सक्ने अवस्था थिएन । तर, उहाँहरूको फोनको इनकमिङ कल देखेर मेरा शुभचिन्तकहरूको माया कस्तो प्रगाढ रहेछ भन्ने पहिलोपटक अनुभव गर्न पाएँ ।
जीवनमा मैले धेरै कुरा गुमाएँ तर शुभचिन्तक राम्रैसँग कमाएको रहेछु भन्ने फील भयो । कोरोना असाध्यै गाह्रो समस्या रहेछ । कोरोना लागेको मान्छेलाई नजिकबाट हेर्न समेत डराउनेहरू हुन्छन्, तर, डाक्टर र नर्सले जतिबेला पनि उपचारमा खटिएको त्यो अवस्था देखेर स्यालुट हान्न मन लाग्यो ।
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...