भारतीय विदेश सचिवले राष्ट्रपति पनि भेटे

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षबर्द्धन श्रृंगलाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका छन् ।
बिहीबार भएको भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ उचाइमा पु¥याउन भारतीय पक्षसँग आग्रह गरिन् ।

राष्ट्रपतिका सूचना तथा सञ्चार विज्ञ टीका प्रसाद ढकालले द्विपक्षीय आपसी हित र परस्पर सम्बन्धलाई थप गतिशील र उचाइमा लान राष्ट्रपतिले आग्रह गरेको बताए ।
विदेश सचिवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटिसकेका छन् ।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्