×

NMB BANK
NIC ASIA

सुदूरपश्चिममा सवारी दुर्घटना : पछिल्लो २१ दिनमा २२ जनाको मृत्यु !

मंसिर २३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

मंसिर २१ गते राति दार्चुलामा ट्रक दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको छ । एक महिनाभित्रै प्रदेशका ३ जिल्लामा घटेका ४ ठूला दुर्घटनामा २२ जनाले ज्यान गुमाइसकेका छन् ।

Muktinath Bank

त्यसको अघिल्लो दिन अर्थात् मंसिर २० गते राति डोटीको दीपायलबाट बोगटान फुड्सिलका लागि छुटेको म १ च ५५० नम्बरको जीप दुर्घटना हुँदा एकै परिवारका ३ सहित ४ जनाको मृत्यु भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंसिर ९ गते बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जीप दशरथचन्द नगरपालिका १० बुड्डामा दुर्घटना हुँदा भारतबाट पेन्सन बुझेर आउँदै गरेकाहरूको मृत्यु भएको थियो ।


Advertisment
Nabil box
Kumari

त्यसअघि कात्तिक २७ गते राति बैतडीको पाटन नगरपालिका वडा नम्बर–८ खोड्पेमा भएको बस दुर्घटनामा ९ जनाले ज्यान गुमाए ।

Vianet communication
Laxmi Bank

मंसिर १ देखि २१ गतेसम्म पछिल्लो २१ दिनमा २८ सवारी दुर्घटनामा २२ जनाको मृत्यु र ५९ जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी निरीक्षक कार्यालयका गणेश उप्रेतीले बताए ।

कार्यालयका अनुसार २०७४ साल साउनयता प्रदेशभरि ९६४ सवारी दुर्घटनामा परी ५६८ जनाको मृत्यु भएको छ भने एक हजार ४७४ जना घाइते भएका छन् ।

निरन्तर बढ्दै दुर्घटना 

दशैं–तिहारबीचमै सुदूरपश्चिमका ६ जिल्लामा भएका सवारी दुर्घटनामा २८ जनाको मृत्यु भएको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । 

ट्राफिक प्रहरी र नेपाल प्रहरीले संयुक्त गस्ती, मापसे जाँच र सरप्राइज चेकिङ थाले पनि दुर्घटनामा कमी आउन सकेको छैन ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो ४ महिनामा ५३ जनाको मृत्यु भएको छ । कात्तिक महिनामा मात्रै २७ जनाले दुर्घटनामा ज्यान गुमाएका छन् ।

आर्थिक वर्ष ०७६/७७ मा १४३ जना, अघिल्लो आर्थिक वर्ष ०७५/७६ मा २२३ जना र ०७४/७५ मा १६६ जनाले ज्यान गुमाएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वामदेव गौतमले रातिमा दुर्घटना बढेकाले सवारी साधन सञ्चालनमै रोक लगाउने कि भन्ने विषयमा छलफल भइरहेको बताए ।

सवारी दुर्घटनामा चालकको बढी लापरवाही देखिएको उनी बताउँछन् । 

‘मध्यरातमा गाडी चलाउनु लापरवाही हो,’ उनले भने ‘चालक बढी तनावमा हुँदा पनि दुर्घटना भएको देखिएको छ ।’

यसकारण बढ्दैछ दुर्घटना

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक वामदेव गौतमका अनुसार नयाँ काटिएका ग्रामीण सडकहरूका कारण दुर्घटना बढेका छन्। तर उनले त्यसलाई मात्रै प्रमुख कारण मान्न नसकिने उल्लेख गर्दै मानवीय त्रुटिहरूले पनि दुर्घटना बढाएको बताए। 

‘ग्रामीण सडकमा राति सवारी चलाउन नहुने हो तर त्यसको पूर्ण पालना हुन सकेको छैन,’ उनले भने ‘अहिले काटेका इञ्जिनियरिङ विनाका सडकहरू दुर्घटनाका कारण बनेका छन् भने राजमार्गहरूमा लामो समयसम्म एकै जनाले सवारी चलाउनुपर्ने, चालक तनावमा हुने तथा यान्त्रिक गडबडी समेत दुर्घटनाको कारण बन्ने गरेका छन् ।’

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहका अनुसार ग्रामीण सडक दुर्घटनाका प्रमुख कारक हुन् । 

‘सडकहरू जथाभावी डोजर प्रयोग गरेर प्रोपर इञ्जिनियरिङविना धमाधम काटिएका छन्,’ उनले भने ‘यसरी आफूखुशी काटिएका सडकका कारण प्रदेशमा दुर्घटनाको जोखिम बढेको छ । साथै पहिलेको तुलनामा अहिले सवारीको चाप बढेकाले समेत दुर्घटना बढेका हुन्।’

उनका अनुसार त्यसबाहेक चालक तथा सवारी धनीको लापरवाही र मनोमानीले दुर्घटना बढाएको छ । ‘सुदूरपश्चिममा ग्रामीण भूगोल ठूलो छ । हामीसँग नियमन गर्ने जनशक्ति कम छ । तथापि चालक र सवारीधनीले अटेरी गरेर बढी सवारी चलाउने गरेका छन् । आफूखुशी भित्री सडकमा यात्रु राख्ने गरेका छन्, त्यसले पनि दुर्घटनाको जोखिम र दुर्घटनाहरू बढेका हुन्,’ उनले भने ।

‘यसरी समग्रमा हेर्दा पहिलो कारण सवारी चालकको लापरवाही हो,’ वरिष्ठ प्रहरी उपरीक्षक सिंह भन्छन्, ‘सडकको अवस्था र कसरी सवारी चलाउने भनेर सबैभन्दा बढी जानकार त चालक हुन्छन्, तर ट्राफिक नियम उल्लङ्घन गर्ने, जथाभावी ढोका खोलेर हिँड्ने, जथाभावी ओभरटेक गर्ने, ग्रामीण सडकमा समेत तीव्र गतिमा सवारी हाँक्ने तथा रातिको समयमा सवारी चलाउनाले गर्दा दुर्घटना हुन्छन् ।’

दुईपांग्रे सवारीको हकमा भने चालकको सबैभन्दा बढी लापरवाही पाइएको प्रहरीको भनाइ छ ।

‘गतिमा ध्यान नदिने हुँदा मोटरसाइकल दुर्घटनाको प्रमुख कारक चालकको लापरवाहीले सवारीको गति बन्न पुगेको छ । कहिलेकाहीँ त रोकेका सवारीमा ठोक्किएर समेत भयानक दुर्घटना हुन्छन्,’ उनले भने ।
यातायात व्यवसायी भने सडकको दुर्दशाका कारण बढी दुर्घटना भइरहेको बताउँछन् । 

‘साँघुरो सडकमा सवारी साधनको चाप बढेपछि दुर्घटना बढेका हुन्,’ सुदूरपश्चिम यातायात व्यवसायी समितिका अध्यक्ष पदमराज सापकोटाले भने, ‘सरकारले चालकलाई दोष दिएर आफू उम्किरहेको उनले बताए ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x