कात्तिक २५, २०८०
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
मंसिर २६, २०७७
सुदूरपश्चिमको त्रिनगर नाकामा दिनहुँ गोलो घेरा बनाई राखेको लामो लाइन हुन्छ । झट्ट हेर्दा लाग्छ, यहाँ देउडा खेल हुँदै छ । त्यो समूह देउडा खेल्न त्यहाँ पुगेको भने हैन ।
उनीहरू त छाक टार्नै मुस्किल भएपछि भारत जान लागेका हुन् । त्यही भीडमा कोरोना त्रासका कारण गत जेठमा घर आएका कैलाली गौरीगंगाका मोहना चौधरी भेटिए ।
निधारमा बिदाइको रातो टीका लगाएर त्यहाँ पुगेका उनी रोजगारीका लागि भारत जाँदै थिए । ‘सरकारले कोरोना प्रभावितलाई अवसर दिन्छौं भन्दा निकै आश लागेको थियो,’ उनले भने, ‘मन्त्रालयले आवेदन खोल्दा मैले पनि फारम भरें, तर पछि आवेदन बढी भएको भन्दै फेरि प्रस्तावना माग गरियो, मैले पशुपालन गर्ने आफ्नो योजनासहित फेरि पेश गरें, तर अहिलेसम्म अवसर पाइएन, त्यसैले बाध्य भएर भारत जाँदैछु ।’
उनले थपे, ‘सरकारले ल्याएको कार्यक्रम त राम्रो थियो, तर के गर्ने कार्यान्वयनमा आएन । यहीँ काम गर्ने अवसर पाएको भए त परिवारसँगै बस्थेँ होला ।’
उनी त एक प्रतिनिधि पात्र मात्र हुन् । अहिले उनीजस्तै हजारौं नागरिक देशका विभिन्न नाका हुँदै भारत पसिरहेका छन् ।
सरकारी आश्वासन कार्यान्वयनमा आउन नसक्दा भारत पस्नेहरूको भीडमा थोरै पनि कमी आउन सकेको छैन ।
छाक टार्न भारतकै भर, भएर मात्र के गर्नु देशमै बस्ने रहर !
अछाम मंगलसेनका वीरेन्द्र शाह त्रिनगर नाकामा कसैको पर्खाइमा देखिन्थे । अन्य पहाडी जिल्लाबाट साथीहरू आउँदैछन्, उनीहरूलाई पर्खेको’, शाहले भने, ‘हामी ३० जना एउटै कम्पनीमा काम गर्छाैं । नाका पारि गाडी लिएर साहु पनि आएका छन् । सँगै जानुपर्ने हो, त्यसैले रोकिएको, गत जेठमा आउने बेला पनि सँगै आएका थियौं ।’
उनले थपे, ‘साहुलाई त फेरि आउँछौं भनेका थियौं, तर आफ्नै ठाउँमा रोजगारी पाएको भए जान मन थिएन ।’
सुदूरपश्चिमका ९ जिल्लाकै ३० जना उनी कार्यरत कम्पनीमा सँगै काम गर्छन्, कोरोना संक्रमणका कारण निर्माण कम्पनी बन्द भएपछि अलपत्र जस्तै बनेका उनीहरू जेठ महिनामा घर फर्किएका थिए ।
अहिले कोरोना कहरकै बीचमा काम शुरू भएपछि उनीहरूलाई साहुले नै बोलाएका हुन् । ‘साहुले सबै सँगै आउनु भनेर गाडी नै पठाइदिएका छन्, त्यसैले जाँदैछौं,’ उनीसँगै रहेका कमल बुढाले भने, ‘अबको दुई वर्षपछि मात्रै फर्किन्छौं ।’
नाकामा भारत जाने पर्खाइमा रहेका बाजुराका पुष्कर आचार्य भन्छन्, ‘साहुले फोन गरेर बोलाएका हुन् । गाडी भाडा पनि दिन्छौं भनेका छन् । तलब पनि बढाइदिने कुरो भएको छ, त्यसैले भारत जाँदैछु ।’
उनले थपे, ‘वैशाखमा म त काम छाडेरै आएको हुँ । अब कहिले भारत नजाने सोचेको थिएँ, तर यहाँ अहिलेसम्म केही काम पाइएन, फेरि साहुले आफैँ बोलाएपछि कामका लागि भारत जाँदैछु ।’
डोटीको बडीकेदारका कमल विष्ट पनि त्रिनगर नाकामा नै भेटिए ।
‘के गर्ने यहाँ बेरोजगार भएर पनि कति बस्ने ? १५ वर्षदेखि भारतमै गएर कमाउँदै आएको छु,’ विष्टले भने, ‘हामी त छाक टार्न पनि भारतकै भर पर्नुपर्ने बाध्यता छ । आफ्नै ठाउँमा काम पाए त भारत जान मन थिएन । सरकारी कार्यक्रमसम्म हाम्रो पहुँच नै पुग्दैन, त्यसैले भारत जानु बाहेकको विकल्प हामीसँग छैन ।’
रोजगारी नपाएपछि एक लाख बढी भारत पसे
चैत्र ११ यता मात्रै सुदूरपश्चिमका विभिन्न नाका हुँदै हालसम्म २ लाख २९ हजार १ सय ७० नागरिक स्वदेश भित्रिएका छन् भने यही अवधिमा १ लाख ३७ हजार ७ सय १४ जना नागरिक भारत प्रवेश गरेका छन् ।
प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार त्रिनगर नाका हुँदै सबैभन्दा बढी १ लाख १० हजार ३ सय ८० जना, गड्डाचौकी हुँदै २६ हजार ४ सय ५२, दार्चुलाको पुलघाट हुँदै ८ सय ३८ र बैतडीको झुलाघाट हुँदै ४४ जना भारत पसेका छन् । ‘सबैभन्दा बढी पुरुष ९६ हजार ४ सय ४६ जना भारत गएका छन्,’ कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले भने, ‘रोजगारीका लागि पुरुष नै बढी भारत गएको देखिन्छ । यसमा परिवार सहित पनि भारत पसेको देखिन्छ, २७ हजार १ सय १८ महिला र १४ हजार १ सय ५० बालबालिका भारत पसेका छन् ।’
लकडाउन खुकुलो भए पश्चात् सुदूरपश्चिमका दुई नाका (त्रिनगर र गड्डाचौकी)हुँदै गत साउनयता मात्रै १ लाख १६ हजार ५ सय ७१ जना भारत गएका छन् । प्रदेश प्रहरी कार्यालय दिपायलले दिएको तथ्याङ्कअनुसार २३ हजार ५ सय ८८ महिला, ७९ हजार ९ सय ३७ पुरुष र १३ हजार ४६ बालबालिका गरी १ लाख १६ हजार ५ सय ७१ जना भारत गएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले बताए । यही अवधिमा ८२ हजार २ सय ७८ जना भारतबाट नेपाल फर्किएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।
वरिष्ठ प्रहरी प्रवक्ता सिंहका अनुसार १८ हजार ८ सय १४ पुरुष, ५३ हजार ७० महिला र १३ हजार ३ सय ९४ बालबालिका स्वदेश फर्किएका छन् ।
यो अवधिमा भारत जानेहरूमा अधिकांश पुरुष छन् भने आउनेमा अधिकांश महिलाहरू छन् । स्वदेशमा रोजगारीको अवसर नहुँदा भारत जानेहरूको संख्या बढ्न थालेको प्रवक्ता सिंहले बताए ।
कोरोनापछि एक जनाले पनि रोजगारी पाएनन्, कागजमै सीमित स्वरोजगार मूलक कार्यक्रम
कोरोनाले रोजगारी गुमाएपछि लाखौँ नेपाली स्वदेश आएका थिए । भारतमा संक्रमण फैलिन थालेपछि नाकाबाट एकै दिन हजारौँको संख्यामा नेपालीहरू स्वदेश फर्किएका थिए ।
कोरोनाले रोजगारी गुमाएकाहरूलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न रोजगारीमूलक कार्यक्रम घोषणा गर्यो ।
‘सस्तो लोकप्रियताका लागि घोषित कार्यक्रम कार्यान्वयनमा अहिले चुनौती भयो,’ भारत जाँदै गरेका गौरीगंगा नगरपालिकाका अर्जुन धामीले भने, ‘स्वदेशमै रोजगारी पाइन्छ भन्ने आशा जागेको थियो, तर अन्ततः भारत नै जानुपर्यो ।’
सुदूरपश्चिम प्रदेश सरकारले घोषणा गरेका कार्यक्रमहरू हालसम्म कार्यान्वयनमा आउन सकेका छैनन् ।
स्वदेशमा रोजगारीका अवसरहरू नहुँदा नै आफूहरू बाध्य भएर भारत जानुपरेको डडेल्धुराका रोशन भट्टले गुनासो गरे ।
सरकार भन्छ, ‘मापदण्डको पालना गर्दा विलम्ब भयो’
‘गत आर्थिक वर्षमा नै कोरोनाको संक्रमण शुरू हुँदा प्रदेश सरकारको ध्यान त्यतिखेर कोरोना परीक्षण र व्यवस्थापनमा थियो । त्यसपछि नयाँ आर्थिक वर्षको बजेट बनाउने क्रममा सरकारले नीतिगत व्यवस्था गर्दै कोरोना प्रभावितहरूका लागि पनि कार्यक्रमहरू ल्यायो । प्रदेश सरकारले विभिन्न स्वरोजगारमूलक कार्यक्रम ल्याउँदा हामी प्रदेशवासी निकै खुशी भयौं,’ धनगढीका स्थानीय हरिजित पाण्डेले भने, ‘नीति तथा कार्यक्रम र बजेट विनियोजन हुँदा जति आशावादी थियौं, त्यति आशा अहिले पहिलो चौमासिक सकिँदा छैन ।’
जनअपेक्षा अनुसारका कार्यक्रम ल्याएको प्रदेश सरकारले ती कार्यक्रम अहिले कार्यान्वयनको चरणमै रहेको दाबी गर्ने गरेको छ ।
‘प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कोरोनाले रोजगारी गुमाएकाहरूका लागि १५ करोड बजेटको कार्यक्रम तयार गरेको छ । हामीले यसका लागि आवेदन खोल्दा ८० हजार आवेदन परे,’ मन्त्रालयका सूचना अधिकारी गोकुलप्रसाद बोहराले भने, ‘अहिले छनौट प्रक्रिया चलिरहेको छ ।’
‘एकै जनाले फरक–फरक जिल्लाबाट पनि आवेदन दिएको फेला पर्यो,’ मन्त्रालयका प्रवक्ता डा. हेमराज अवस्थीले भने, ‘हामीले असोज महिनामा २१ दिने आवेदन खोल्दा झन्डै ७० हजार पशुपालनतर्फ र करीब १० हजार खेतीपातीका लागी आवेदन परे । तर त्यसमा हामीले एकै जनाले फरक–फरक जिल्लाबाट पनि आवेदन दिएको पायौं ।’
त्यसपछि मापदण्ड बनाएर छनोटको काम भइरहेको सरकारले जनाएको छ ।
‘वास्तविक व्यक्तिले आवेदन दिएको हो कि हैन जाँच गर्न हामीले आफूले गर्न खोजेको व्यवसायको २१ दिने प्रस्तावना माग्यौं, तर त्यसमा आवेदन दिएकामध्ये १० प्रतिशतले मात्रै प्रस्तावना बुझाए । त्यसमा पनि हामीले मापदण्ड अनुसार छनौट गर्नैपर्ने भएकाले अलिकति विलम्ब भयो,’ उनले भने ।
उनले थपे, ‘हामीले नौवटै जिल्लामा बजेट पठाइसकेका छौं । छनोट प्रक्रिया चलिरहेको छ, अबको केही समयमै कार्यक्रम कार्यान्वयनमा जान्छ । यो कार्यक्रमअन्तर्गत हामीले ४ हजारदेखि ५ हजार जनालाई स्वरोजगारमूलक बनाउन सक्छौं । हाम्रो मन्त्रालयबाट यस वर्ष ९ हजार जनालाई रोजगारी दिने कार्यक्रम छ, त्यहीअनुसार काम गर्दैछौं ।’
त्यति मात्रै हैन सुदूरपश्चिम प्रदेश सरकारले स्वरोजगार कोष नै खडा गरेर प्रदेशवासीलाई रोजगारी दिने दाबी गरिरहेको छ । तर पहिलो चौमासिक बित्दा पनि कार्यान्वयनमा भने आउन सकेको छैन ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी खगेन्द्र साउदले भने, ‘त्यो पनि कार्यान्वयनको चरणमा छ, आवश्यक गृहकार्य गरिरहेका छौं, अबको केही समयमै त्यो कार्यान्वयनमा आउँछ ।’
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...