×

NMB BANK
NIC ASIA

अध्यागमनका कर्मचारीसँगको सेटिङमा धन्दा : भिजिट भिसा लगाएर प्लेनमा बसेका ५३८ जनालाई फर्काइयो

पुस १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

वैदेशिक रोजगार विभागको समन्वयमा भिजिट भिसामा विदेश जान प्लेनमा बसेका ५३८ जनालाई अध्यागमन विभागले फिर्ता ल्याएको छ ।

Muktinath Bank

वैदेशिक रोजगार विभागमा आएको सूचनाका आधारमा अध्यागमन विभागका कर्मचारीको मिलेमतोमा भिजिट भिसामा विदेश जाने र उतै काम गर्ने ५३८ जनालाई फिर्ता गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘गलत बाटो प्रयोग गरेर अर्थात् पर्यटक भिसामा म्यानपावरले विदेश पठाएको भन्ने सूचनाका आधारमा विभागले अध्यागमनको समन्वयमा जहाजमा चढिसकेका १५० जनालाई एकैदिन समेत गरी  ५ सयभन्दा धेरैलाई प्लेनमा बसेको अवस्थामा मंसिर महिनामा फिर्ता ल्याएको छ,’ वैदेशिक रोजगार विभागका निर्देशक टिकामणि नेउपानेले लोकान्तरसँग भने, ‘अध्यागमनका कर्मचारी पनि सेटिङ लागेको भन्ने सूचनाका आधारमा अध्यागमनसँग समन्वय गरेर ती मानिसहरूलाई फिर्ता गराएका थियौं ।’


Advertisment
Nabil box
Kumari

अध्यागमनका केही कर्मचारीको मिलेमतो भएको सूचना आएकाले उनीहरूलाई कारवाही गर्नका लागि गृहमन्त्रालयले छानबिन समिति गठन गरेको अध्यागमन विभागका प्रवक्ता टेकनारायण पौडेलले स्वीकारे ।

Vianet communication
Laxmi Bank

‘नेपालबाट भिजिट भिसा लगाएर विदेश गैसकेपछि रोजगारीमा लाग्ने गरेको सूचनाका आधारमा हामीले मंसिर महिनामा ५३८ जनालाई फिर्ता गराएका हौं,’ अध्यागमन विभागका प्रवक्ता टेकनारायण पौडेलले भने, ‘त्यसलाई मध्यनजर गरेर गृह मन्त्रालयले एउटा छानबिन कमिटी निर्माण गरेको छ, त्यसले सबै कुरा ल्याउला ।’

२०७६ कात्तिक २६ गते पर्यटक भिसामा जाने नेपाली नागरिकले पासपोर्ट, भिसा, दुईतर्फी टिकट, गन्तव्यसम्म बोर्डिङ पास, स्पोन्सरले पठाएको चिट्ठी अथवा एक हजार अमेरिकी डलर बराबर रकम र गन्तव्य देशमा बस्ने ठाउँ व्यवस्था गरेको प्रमाण देखाएपछि मात्र प्रस्थान अनुमति दिन गृहमन्त्रीस्तरीय बैठकले निर्णय गरेको थियो । 

धेरैजसो नेपाली भिजिट भिसामा युएई, साउदी अरब, कुबेत, कतार, ओमान, बहराइन र मलेसिया गएको देखिएपछि कागजात अनिवार्य देखाउनुपर्ने निर्णय भएको थियो ।

त्यसपछि वैदेशिक रोजगार विभागले सूचनाका आधारमा कार्यक्षेत्र नपर्ने भए पनि म्यानपावरको सम्बन्ध देखिएकाले ट्राभल एजेन्सीहरूमा छापा हानेको थियो ।

‘हामीलाई आएको सूचनामा संस्थागत सेटिङमा मानिसहरू गइराखेको भन्ने छ, त्यसैका आधारमा मानिसहरू फिर्ता गराका हौं,’ वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी नेउपानेले लोकान्तरसँग भने ।

लकडाउनपछि साढे २६ हजार नेपाली भिजिट भिसामा बाहिरिए 

कोरोना भाइरसको संक्रमण कारण भएको बन्दाबन्दी अर्थात् लकडाउनपछि नेपालबाट भिजिट भिसामा २६ हजार ५५३ जना विद्यार्थीसहित नेपाली बाहिरिएको अध्यागमनको तथ्यांकले देखाएको छ । 

भिजिट भिसा र विद्यार्थी भिसामा जानेको छुट्टाछुट्टै तथ्याङ्क नहुने भएकाले उक्त संख्यामा विद्यार्थीहरू पनि रहेको विभागका प्रवक्ता पौडेलले बताए ।

सरकारले कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै अहिले अन्तर्राष्ट्रिय सीमा नाका र विमानस्थल बन्द गरेका कारण नेपालमा अनअराइभल भिसामा आउन लागेका ९ जना विदेशीलाई एयरपोर्टबाटै फिर्ता गरिएको अध्यागमनले जनाएको छ ।

अहिले कूटनीतिक नियोगका पदाधिकारी, गैरआवासीय नेपाली संघ (एनआरएनए) का सदस्य र तिनका परिवार, अन्तर्राष्ट्रिय संघ–संगठनका मानिसहरूलाई अनअराइभल भिसा खुला गरिएको छ भने भिसा लिएर आउने सबैले नेपाल प्रवेश पाउने अध्यागमनका प्रवक्ता पौडेलले लोकान्तरलाई बताए ।

साउनदेखि ६ हजार जनाले नयाँ रोजगारी भिसा पाए

कोरोना भाइरसका कारण कतिपय देशमा वैदेशिक रोजगारीमा जानका त्यहाँको देशले बन्द गरेतापनि खुला भएका देशका लागि नयाँ ६ हजार जनाले श्रम र भिसा स्वीकृति पाएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

‘कतिपय देशमा बन्द भएपनि वैदेशिक रोजगारका लागि खुला गरेका देशमा जानका लागि ६ हजार जना नयाँ कामदारले श्रम स्वीकृति लिएका छन्,’ प्रवक्ता नेउपानेले लोकान्तरसँग भने । 

यस्तै पहिला विदेशमा काम गरेर लकडाउनको समयमा नेपाल आएका र फेरि काम गर्न सोही देश र कम्पनीमा जान साउनदेखि मंसिर महिनासम्म २५ हजार ९ सय जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ ।

विभागका अनुसार १४ सय जना विद्यार्थी र पर्यटक भिसामा विदेश गएकाले पनि श्रम स्वीकृति लिएका छन् । विदेशमा गएर पढेका र उतै काम गर्न वैधानिकीकरण (लिगलाइजेसन) गरेर गएका छन् ।

श्रमस्वीकृतिका कामहरू भइराखेका छन् । साउदी कतार, दुबईसहित युरोपका माल्टा, क्रोएसिया, रोमानिया लगायतका देशहरूको श्रमस्वीकृति दिइराखिएको छ ।

कोरोना भाइरसका कारण नियमित उडाउनहरू बन्द भएता पनि नयाँ श्रम स्वीकृति लिएका, पढ्नका लागि विदेश जाने र वैदेशिक रोजगारीमा पुनः प्रवेशको स्वीकृति लिएका चार्टड उडानमार्फत विदेश गइरहेका छन् । 

६ सय विदेशी पर्यटक पेनाल्टी तिरेर नेपालमा

कोरोना भाइरसको संक्रमणभन्दा अगाडि नेपालमा पर्यटकको रूपमा आएका ६ सय जना विदेशी नेपालमा पेनाल्टी तिरेर बसिरहेको अध्यागमन विभागले जनाएको छ ।

विभागका अनुसार आफ्नो देशमा कोरोना भाइरसको संक्रमणका कारण अन्तर्राष्ट्रिय उडान र लकडाउन नखुलेका पर्यटकहरू लेट फी अर्थात् अधिक बसाइको पेनाल्टी तिरेर बसिरहेको अध्यागमनका प्रवक्ता टेकनाराण पौडेलले बताए ।

‘आफ्नो देशमा लकडाउन भएका कारणले लेट फी र पेनाल्टी तिरेर बसेका करीब ६ सय जनाको मंसिर मसान्तसम्म म्याद थप गरेका छौं,’ प्रवक्ता पौडेलले भने ।

साउनदेखि मंसिर मसान्तसम्म नेपालको कानून उल्लंघन गरेका र ओभर स्टे भएका ७७ जना विदेशीलाई देश निकाला गरेको अध्यागमनले जनाएको छ ।

लकडाउनअगाडि आएपछि विदेश फर्किएकालाई डिसेम्बर १५ सम्म म्याद थप्ने र त्यसपछि देश छाडेर जानको लागि अध्यागमनले आग्रह गरेको थियो । 

नेपालको कानून उल्लघंन गरेको अभियोगमा अध्यागमनको हिरासतमा किर्किस्तान रिपब्लिकका १ जना मानिस छन् ।

उनलाई पनि प्रक्रिया पूरा गरेर देश निकाला गर्ने अध्यागमनले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x