मंसिर ८, २०८०
दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...
क्षितिज पौडेल
हिमालय भूखण्डको मध्यभाग र भारतीय-गंगा समथरको केहि भागमा अवस्थित हाम्रो देश नेपाल आफ्नो भौगोलिक अवस्थिति, भौगर्भिक बनौट, भूक्रियाशीलता एवम् विविधता युक्त मौसमी अवस्थाकै कारण विश्वमा सबैभन्दा प्रकोप हुने देशहरू मध्ये पर्दछ।
संयुक्त राष्ट्र विकास कार्यक्रम (यु.एन.डी.पी)ले सन् २००४ मा गरेको बहु जोखिमयुक्त देश सम्बन्धि अध्ययनको आधारमा नेपाललाई विश्वको २० औ बहु-जोखिम युक्त देशको स्थानमा राखेको छ ।।त्यस्तै प्रकोप जोखिम सम्बन्धी ग्लोबल रिपोर्टको अनुसार अक्सर भूकम्प आइरहने कारणले गर्दा भारतीय प्लेट र युरेशियाली प्लेटहरु बीचको संघातबाट बनेको क्षेत्रमा अवस्थित देश नेपाल भूकम्पिय जोखिम स्थितिको ११ औं स्थानमा पर्छ ।
जोखिमको अवस्था
नेपाल सरकार ,गृह मन्त्रालय,राष्ट्रिय बिपद् जोखिम न्यूनिकरण तथा ब्यबस्थापन प्राधिकरणले भूकम्प, पहिरो, हावाहुरी ,बाढी, हिमनदीमा आउने पहिरो , खडेरी ,आगो,भारी वर्षा ,चट्याङ, हिम आँधी, हिमस्खलन लगायत प्राकृतिक प्रकोपका घटनाहरू नेपालका जोखिमहरुमा राखेको देखिन्छ । यी सबै खाले जोखिम मध्ये कहिले एक र कहिले दुइ वा दुइ भन्दा बढी एकै पटक कुनै स्थानमा घाटित भई त्यस ठाउको जनजीविका र संरचनाहरुमा प्रभाब परेको देखिन्छ ।
यो लेख तयार गर्दै गर्दा राष्ट्रिय बिपद् जोखिम न्यूनिकरण तथा ब्यबस्थापन प्राधिकरणको वेब पोर्टलको तथ्यांक हेर्दैगर्दा विगत सात दिन मै पहिरो ,आगो, भारी वर्षा, चट्याङ, भूकम्पका क्रमशः सोह्र ,आठ ,सात र सात घटनाहरु घटेको र त्यी घटनाको कारण क्रमशः छैसठी ,पन्ध्र ,बाह्र, दश र सात परिबारलाई प्रभाब परेको र क्रमशः एक्काइ , शून्य ,एक ,तिन र शून्य व्यक्तिको त्यी घटना बाट ज्यान गएको देखिन्छ ।
यस्तै गत वर्ष सन् २०१९को तथ्यांक हेर्दा पहिरो, हावाहुरी ,बाढी, हिमनदीमा आउने पहिरो ,आगो,भारी वर्षा ,चट्याङ, हिम आँधी, हिमस्खलन लगायतका प्राकृतिक प्रकोपका कारण चार सय उनासी जना ले ज्यान गुमाएको ,एकचालिस जना हराइरहेको ,दुइहजार चार सय पच्पन्न जना घाइते भएको र कुल पच्चीस हजार दुइ सय चौरासी परिवार प्रभावित भएको साथै चारहजार नै सय उनन्पचास घर पूर्ण क्षति ,छ हजार आठ सय त्रिहत्तर घर आंशिक क्षति भएको र चार अर्ब एकत्तर करोड एकतिस लाख अठत्तर हजार दुइ सय पचहत्तर रुपैया को क्षति भएको देखिन्छ । सामान्यतया गत बर्ष भूकम्प लगायत ठुला भनिने प्रकोपका प्रमुख घटना अर्थात् मजोर इभेन्ट हरु आईनपर्दा पनि त्यत्रो मात्रामा भौतिक ,आर्थिक र सामाजिक क्षती हुनुले पनि नेपाल बहु जोखिम बाट प्रभावित देश हो भन्नेमा कुनै सन्देह देखिदैन ।
जोखिम न्यूनीकरणकारणनीति
प्रकोप सम्बन्धि जागरूकता बढाउन, रोकथाम र तयारीलाई बढावा दिन पहिलो विश्वव्यापी प्रयत्न स्वरूप सन् २००५मा निर्मित ह्योगो फ्रेमवर्क फॉर एक्शनको निर्माण र अनुशरण भएको देखिन्छ । यस प्रयत्न पश्चात क्युबा, बंगलादेश, भारत र फिलिपिन्स जस्ता देशहरूले मौसम सम्बन्धित प्रकोपहरूबाट हुने मृत्यु दर घटाउन महत्वपूर्ण सफलता प्राप्त गरेको थिए। आँधीबेहरी र बाढीका कारण हुने मृत्युमा गिरावट आएसंगै प्रकोप जोखिम व्यवस्थापन एक हिसाबले कुशलता पुर्बक सफल भएको चर्चा विश्व मै चुलिएको थियो । 'ह्योगो फ्रेमवर्क फॉर एक्शन'को निरन्तरता स्वरूप संयुक्त राष्ट्र संघ र अरू निकायहरुको पहलमा सन् २०१५ मा सेंडाइ फ्रेमवर्क २०१५-२०३० पारित भयो । प्रकोप जोखिम न्यूनीकरणको लागि व्यापक अवधारणा सहित जनता केन्द्रित दृष्टिकोण र सानादेखि ठूलो मात्राका प्राकृतिक वा मानव निर्मित प्रकोपका लागि निर्मित यो योजनाले प्रकोप रोकथाम, र नियन्त्रणमा जोड दिन्छ।यस फ्रेमवर्कका चार प्राथमिकता क्षेत्रहरू छन् जस अन्तर्गत प्रकोप जोखिम बुझ्ने, प्रकोप जोखिम बुझ्नका लागि प्रशासन सुदृढीकरण,प्रकोप जोखिम न्यूनीकरण को लागि लगानी गर्ने , प्रकोपबाट बच्ने तत्परता बढाउने र पुनर्वास लगायत पुनर्निर्माणमा 'पहिले भन्दा राम्रो निर्माण अर्थात् बिल्ड ब्याक बेटर' लागु गर्ने पर्दछन् ।त्यस्ता प्रयासहरूले जोखिम पूर्वानुमान गर्न, योजना बनाउन, र प्रकोप जोखिम कम गर्न व्यक्ति, समुदाय र देशहरू लाई उनीहरूको, सामाजिक आर्थिक र भौतिक हिसाब ले सुदृढ पार्दछ र प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापनको बारेमा सिक्न मद्धत गर्छ । तर वास्तविक अवस्था हेर्दा समग्र विश्व भरि का देश आजपनि जोखिम न्यूनीकरणका प्रयास ,रणनीति ,पूर्व तयारी र लगानी को हिसाबमा त्यति सन्तोषजनक स्थानमा नरहेको विज्ञ हरुकै लेख र भनाइ बाट स्पष्ट देखिन्छ । प्रकोपले निम्त्याउने मृत्यु समग्र मृत्यु दरको परिप्रेक्ष्यमा निकै सानो हिस्सा मात्र हुने भएकाले धरै देश हरुले यसमा ध्यान नदिएको विज्ञहरुको आशंका छ । तर प्रकोपको आवृत्ति र तीव्रता मा वृद्धि भए मृत्युदर आँकलन गरे भन्दा निकै फरक र भयाभय हुनसक्ने विज्ञहरुकै लेख र भनाइ बाट देख्न सकिन्छ । झन् नेपाल जस्ता विकाश उन्मुख देश हरुको लागी त अन्य अन्तर्निहित समस्याहरु,गरिबी राजनीतिक अस्थिरता को जम्माजलमा यो बिषय त्यस्तो प्राथमिकतामा परेको देखिदैन । लेखकहरुलाई जानकारी भए अनुसार नेपालमा आउन सक्ने समग्र प्रकोप र जोखिम सम्बन्धि विस्तृत अनुसन्धान पनि भएको देखिदैन । अनुसन्धान र ब्यबस्थापन दुवैलाई संग संगै नलाग्ने हो भने प्रकोप जोखिम न्यूनीकरण अगाडी बढ्नै सक्दैन । नेपालमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०७६ कार्यन्वयन मा आए संगै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन केहि परिबर्तनको संकेत देखिए पनि यी दुवै दस्ताबेजहरु सक्षेंपमा भन्दा केहि नीतिगत प्राबधान र कर्मकाण्डी विधि-बिधान बाहेक केहि देखिदैन ।
जोखिम न्यूनीकरणमा गर्न सकिने प्रयास र अभ्यास
जोखिम न्यूनीकरणमा गर्न सकिने नीति , रणनीति भन्दा पर वास्तविक रुपमा गर्न सकिने सरलीकृत प्रयास ,अभ्यास र शमनका उपायहरूलाई जोड दिनु आजको मुलभूत आवश्यकता हो । प्रकोपको असर घटाउने र प्रकोपसंगको संसर्ग कम गर्नुनै वास्तविक न्यूनीकरणतहको न्यूनीकरण प्रयास हो । विश्वमा गरिएको धेरै अभ्यास मध्ये सामुदायिक तबर बाट गरिएका प्रयास हरु धेरै प्रभावकारी देखिएका छन् । कुनै पनि प्रकोपका प्रमुख घटना अर्थात् मजोर इभेन्ट आईपरे पछि समुदायमा आउने चेतनालाई ज्ञान र शोकलाई शक्तिमा बदलेर गरिएका प्रयासहरु पनि उत्तिकै सफल देखिएका छन् । त्यस समुदायमा पहिला आएको साना तहका विपदको पूर्ण ज्ञान र आउन सक्ने विपदको आंशिक आँकलन त्त्यहीको स्थानीय समुदायलाई हुने गर्छ ।
समुदाय स्थरमा गरिएको आँकलन अनि प्रयासलाई सरकारीस्तरबाट इन्जिनियरिंग प्राबधान र समाधान सहित सहयोग गर्न सके साना विपदहरुको असर घटाउने र प्रकोपसंगको संसर्ग कम गर्ने कार्य सजिलै सफल हुन्छ ।समुदाय स्थरमा वन ब्यबस्थापन गर्न थालेपछि देखिएका सकारात्मक प्रभाब जस्तै यसमा पनि राम्रो प्रभाब हुने अन्य देशका अनुभवको आधारमा भन्न सकिन्छ । पुल तथा अन्य नदी जन्य संरचना निर्माण गर्दा उच्च बाढी तहको निर्क्यौल गर्न स्थानीयको सहयोग लिने चलन इन्जिनियरिंग समुदायमा हाल पनि चलिरहेकै कुरा हो । परिक्षणको रुपमा सुरुमा नदिजन्य जोखिम,पहिरो , बाढी न्यूनीकरणको लागि सरकार स्थरको पहलमा समुदाय र विज्ञ वर्गको सहकार्य गर्न सकिन्छ ।
नेपालमा वर्षासंगै हुने चट्याङ जन्य विपद घटाउन स्थानीय सरकारले तुरुन्त चट्याङ कन्डक्टर हरु जडान गरिदिनु पर्छ । तर ठुला र वार्षिक उत्पन्न हुने जोखिमहरुको लागि बिस्तृत योजना र कार्यन्वयन एकै साथ बढाउनु पर्ने हुन्छ ।भूकम्प ,चट्याङ , हावाहुरी लगायत भुमी सम्बन्धित जोखिम न्यूनीकरणमा केन्द्र देखि प्रदेश हुदै स्थानीय सरकारले बहु जोखिम प्रतिरोधी भवन नीति र अचार सहित निर्माण संगै कार्यन्वयन मा जोड दिनुपर्छ ।
त्यस्तै ब्यबस्थित बस्ति विकास र आर्थिक सम्मुन्तिले मात्र कुनै पनि समुदाय प्रकोपसंग लड्न सक्षम हुने हुनाले प्रकोप को जोखिम न्यूनीकरणमा सधै समुदायको आय बढाउने र बसोबासलाई ब्यबस्थित बनाउने कार्य जोडेर लाग्नुपर्छ । त्यस्तै हिमनदीमा आउने पहिरो , हिम आँधी, हिमस्खलन लगायतका कठिन स्थानबाट आरम्भ र उत्पन्न हुने जोखिमलाई भौगोलिक सूचना प्रणाली र भू उपग्रहका तस्बिर हरु उपयोगी हुन सक्छन । त्यस्तै विश्व भरि नै मौसम संग सम्बन्धित प्रकोप बढिरहेको परिवेशमा मौसमको पूर्वानुमान प्रणालीलाई बिकसित बनाउदै पूर्व चेतावनी र पूर्वानुमान अनुसारको तयारी गर्नुपर्ने देखिन्छ ।
जोखिम न्यूनीकरण प्रयास संगसंगै प्रकोप अकाट्य परिस्थिति भएको हुनाले यो उत्पन्न भैहाले गर्नुपर्ने खोजि कार्य ,उद्दार ,राहत र दिर्घकलिन व्यबस्थापनको पाटो पनि केन्द्र देखि प्रदेश हुदै स्थानीय सरकारको चासोको बिषय हुनुपर्छ र यसको लागि समुदायमा पनि क्षमता अविवृद्धि र जागरुकता बढाउनुपर्ने हुन्छ ।
दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...
कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...
(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...
नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...
सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...
राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...