×

NMB BANK
NIC ASIA

बहस चलिरहँदा जब इजलासबाट न्यायाधीश झोक्किए ...

माघ ७, २०७७

NTC
Premier Steels

प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथि सुनुवाइ भइरहेका बेला न्यायाधीश अनिलकुमार सिन्हा बहसमा रहेका अधिवक्तासँग झोक्किएका छन् ।

Muktinath Bank

रिट निवेदकका तर्फबाट बहस गरेका अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा प्रतिनिधि सभा पुन:स्थापना हुँदैन भन्दै हिँडेको र अदालतलाई प्रभावित पार्न खोजेको विषयमा प्रश्न उठाउँदा न्यायाधीश सिन्हा झोक्किएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा प्रतिनिधि सभा पुन:स्थापना हुँदैन भन्दै हिँड्नुभएको छ । अदालतलाई प्रभाव पार्ने गरी, दबाब दिने गरी बोलिरहनुभएको छ,' न्यौपानेले यति भनेपछि न्यायाधीश सिन्हा झोक्किए ।


Advertisment
Nabil box
Kumari

'उहाँले के बोल्नुभयो भन्ने कुरा होइन, तपाईं आफ्नो कुरा राख्नुस् । उहाँले के बोल्नुभयो भन्ने कुरामा हामी प्रभावित हुँदैनौं । तपाईंको निवेदनका विषयमा बोल्नुस्, हामी त्यसलाई एड्रेस गर्छौं‌,' सिन्हाले झोक्किँदै भने ।

Vianet communication

साथै न्यायाधीश सिन्हाले यो बहसलाई चुनावसम्म नलम्ब्याउन पनि ध्यानाकर्षण गराए ।

'​​यो बहसलाई चुनावसम्म नलगौं । पहिला आइसकेको कुरालाई नदोहोर्‍याऊँ । नयाँ कुरा छ भने भन्नुस्, नत्र पहिला आइसकेको कुरालाई समर्थन गर्दै गए हुन्छ,' सिन्हाले भने ।

न्यायाधीश सिन्हाले यति भनेपछि अधिवक्ता न्यौपानेले सहमति जनाए ।

यससँगै आजको सुनुवाइ सकिएको घोषणा भएको छ । मुद्दालाई हेर्दाहेर्दैको अवस्थामा राखेर बाँकी सुनुवाइ भोलि हुने गरी तोकिएको छ ।

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरूमाथि गत आइतवारदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुँदै आएको छ ।

इजलासमा प्रधानन्यायाधीश जबराका अलावा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x