चलचित्र ‘द रेड जोन’ निर्माण हुन भएको छ । काठमाण्डौमा रहेको राष्ट्रिय आविस्कार केन्द्रमा एक कार्यक्रमको आयोजना गरी चलचित्र निर्माणको घोषणा गरिएको हो ।
घोषण कार्यक्रममा राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महावीर पुन, चलचित्रका निर्माता खगेन्द्र सुवेदी, के एस काफ्ले लगायतको उपस्थित थियो । सो कार्यक्रमलाई सम्बोधन गदै चलचित्रका प्रस्तुतकर्ता रमेश बन गोसाईले चलचित्रले समाजमा सडक सुरक्षा र सडक दुर्घटनाबाट बच्नको लागी प्रेरणादायी सन्देश लिएर आउने र सिने जगतमा राम्रो नाम लिएर आएको र समाज परिवर्तन गर्नका लागि सो चलचित्रले विशेष महत्व राख्नेमा आफनो टिम विश्वस्त रहेको बताए ।
चलचित्रमा किशोर खतिवडा , दिपक थापा , कमला नेपाली , हेमराज धर्ती, सिर्जना कार्की, नेत्र विष्ट, सुमन गौतम, खगेन्द्र सुवेदी, धर्मराज भण्डारी, वर्षा श्रेष्ठ लगायतका कलाकारको अभिनय रहने भएको छ । चलचित्रबाट उठेको पैसाबाट आविस्कार केन्द्रलाई १० प्रतिशतले नाफा विभाजन गरिने समेत जनाइएको छ ।
रामजी लामिछाने, राजन महर्जन र नवराज सुवेदीको नृत्य निर्देशन, देव महर्जनको द्धन्द्ध, सुजन विश्वकर्माको छायाँकन रहने चलचित्रमा सुजन गौतमको कथा, यज्ञजंग विश्वकर्माको पटकथा तथा निर्देशक, नेत्र विष्टको प्रोडक्सन, शंकर अधिकारी घायल र सुन्दर पन्तको गीत र ज्ञानेन्द्र गिरीको संगीतमा चलचित्रको गीत निर्माण हुने छ । चलचित्र माघ २१ गतेबाट छायांकनमा जानेछ । चलचित्रलाई तारा थापा किम्भेले सम्पादन गर्ने समेत सो अवसरमा जानकारी गराइएको थियो ।
लोकान्तर संवाददाता