×

NMB BANK
NIC ASIA

अदालतप्रति प्रचण्डको टिप्पणी– संसद् पुनःस्थापना गर्नेछ, तर जनताको अदालतको फैसला अन्तिम

माघ १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्नेमा आफूलाई आशंका नभएको बताएका छन् ।

Muktinath Bank

तर सबैभन्दा ठूलो फैसला जनताको हुने उनले टिप्पणी गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अदालतमा अहिले मुद्दा छ, मलाई विश्वास छ, अदालतले संसद् पुनःस्थापना गर्नेछ । म त्यो विश्वास व्यक्त गर्न चाहन्छु । म अहिले केही आशंका गर्न चाहन्न,’ मंगलवार बुटवलमा आयोजित विरोध सभामा प्रचण्डले भने, ‘तर सबैभन्दा ठूलो अदालत जनताको अदालत हो, तपाईंहरूको अदालत हो, तपाईंहरूको फैसला हो ।’ 


Advertisment
Nabil box
Kumari

माघ ९ गते प्रचण्डले काठमाडौंको सभामार्फत अदालतलाई धम्क्याउन खोजेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाएका थिए । 

Vianet communication
Laxmi Bank

‘काठमाडौंको सडकमा उर्लेको जनसागर हाम्रो अदालत र निर्वाचन आयोगले राम्रोसँग देख्छ । ऐतिहासिक फैसलामा जनताको मनोभावना के छ भन्ने कुरा एउटा फ्याक्टर हुने गरेको छ,’ प्रचण्डले माघ ९ गते भृकुटीमण्डपको सभामा भनेका थिए ।

माघ १२ गते दाङमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रचण्डले सर्वोच्चलाई धम्की दिने भाषा बोलेको आरोप लगाएका थिए । 

‘एकजना नेताले अस्ति चार दिनअगाडि बढो धुमधामसँग भने । कसैले पनि यहाँ अशान्ति चाहेको छैन, कसैले पनि अराजकता चाहेको छैन । अदालतले हाम्रै पक्षमा फैसला गर्छ भन्ने हामीलाई विश्वास छ । तर गरेन भने‍‍‍‍..., भन्या के ? कसैले अशान्ति चाहेको छैन । कसैले अराजकता खोजेको छैन रे, अदालतले हाम्रो पक्षमा फैसला गर्नुपर्छ रे, गरेन भने..., नत्र ? के खोजेको रहेछ उहाँहरूले ?’ ओलीले प्रश्न गरेका थिए । 

'निरंकुशता चुट्कीको भरमा ढल्छ'

बिहीवार बुटवलको सभामा प्रचण्डले केपी ओलीको निरंकुशता चुट्कीको भरमा ढल्ने जिकिर गरे ।

‘म आफैंले प्रधानमन्त्री र पार्टी अध्यक्ष प्रस्तावित गरेका केपी ओलीले श्री ३ महाराज बन्ने सपना देखेका छन्, राजतन्त्रलाई लात्ती हान्ने नेपालीले ओलीको निरंकुशता स्वीकार्दैनन् । ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुनेछ,’ प्रचण्डले भने । 

हामी आधिकारिक– माधव नेपाल

सभामा प्रचण्ड–नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूले नेतृत्व गरेको नेकपा नै नेकपाको मूलधार भएको दाबी गरे । 

‘निर्वाचन आयोगले ४४१ केन्द्रीय सदस्यको बहुमत जहाँ छ, त्यही आधिकारिक भनेर निर्वाचन आयोगले भनिसकेपछि त्यही पार्टी नै मूल पार्टी हो । प्रचण्ड र मैले नेतृत्व गरेको पार्टी आधिकारिक हो,’ नेपालले भने । 

नेता नेपालले आफूहरूको पक्षमा देशभर लहर लागेको दाबी गर्दै सूर्य चुनाव चिह्न पनि आफूहरूको पक्षमा आउने दाबी गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x