कात्तिक १८, २०८०
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्ट म्याच भारतले दुई दिनमै जितेपछि इंग्ल्यान्डका कप्तान जो रूटले दर्शकहरूलाई धोका दिइएको बताए ।
म्याच सकिएपछि उनले भने, ‘यो म्याच हेर्न आउने दर्शकहरूलाई धोका दिइयो । उनीहरू आफू ठगिएको अनुभव गरिरहेको हुनुपर्छ ।’
इंग्ल्यान्डको टीम अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा पहिलो इनिङमा ११२ र दोस्रो इनिङमा ८१ रन मात्र बनाउन सफल भयो । भारतले पहिलो इनिङमा १४५ रन बनाएको थियो र जीतका लागि ४९ रनको लक्ष्य ७.४ ओभरमा पूरा गरेको थियो ।
रूटले भने, ‘यो शानदार स्टेडियम छ र लगभग ६० हजार मानिस निकै स्मरणीय खेल हेर्न पाइएला भनी आएका थिए । उनीहरूमाथि धोका भएको जस्तो मलाई लाग्छ ।’
टेस्ट क्रिकेटका लागि अनुकूल पिच बनाउन इन्टरनेसनल क्रिकेट काउन्सिलले विचार गर्नुपर्ने रूटले बताए ।
उनले भने, ‘यो पिच निकै चुनौतीपूर्ण थियो । ब्याटिङ गर्न निकै गाह्रो थियो । पिच खेलका लागि उपयुक्त थियो कि थिएन भनी खेलाडीले निर्णय लिँदैनन् । यसलाई आईसीसीले विचार गर्नुपर्छ ।’
चार म्याचको सिरीजमा भारत २–१ का साथ अग्रता लिइरहेको छ । चौथो तथा अन्तिम म्याच मार्च ४ देखि अहमदाबादमा नै खेलिनेछ ।
पहिलो म्याच हारेपछि भारतले स्पिनरका लागि अनुकूल हुने पिच बनाएर इंग्ल्यान्डलाई अप्ठ्यारोमा पारेको भनी आलोचना भइरहेको छ ।
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...