सिरानीलाई रणनीतिक रूपमा प्रयोग गर्दै जोन अब्राहमको तस्वीर, 'एकाबिहानै के गरेको यस्तो ?'

बलिउड अभिनेता जोन अब्राहमले मंगलवारको आरम्भ उत्तेजक पारामा गरेका छन् । 

उनले इन्स्टाग्राममा पूर्ण नग्न शरीर तकियाले मात्र रणनीतिक रूपमा छोपेर तस्वीर अप्लोड गरेका छन् । 


Advertisement

तस्वीरमा जोन घरको सोफामा बसिरहेको र छेउमा रूम हीटर रहेको देखिन्छ । उनको दाहिने गोडा उचालिएको छ र तकिया काखमा छ । ‘लुगा कुर्दै’ भनी उनले क्याप्सन दिएका छन् । 

उनको यो पोस्टमा रमाइला कमेन्ट आएका छन् । ‘च्व च्व, एकाबिहानै के गरेको यस्तो,’ एकजनाले टिप्पणी गरे । 


Advertisement

कसले तस्वीर खिचेको हो नि भनी अन्यले सोधे । 

जोन नयाँ याक्सन फिल्म अट्याकको शूटिङ गरिरहेका छन् । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्