सुवास नेम्वाङदेखि महेश बस्नेतसम्मलाई नेकपा प्रचण्ड-नेपाल समूहको कारवाही !

नेकपाको प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पार्टीविरुद्ध गतिविधि गरेको भन्दै नेकपा ओली समूहमा लागेका ७ जनालाई पार्टीबाट निलम्बन गरेको छ ।

नेताहरू विशाल भट्टराई, महेश बस्नेत, प्रभु शाह, निरुदेवी पाल, शान्ता चौधरी, सूर्य थापा र कर्णबहादुर थापालाई ६ महिनाका लागि निलम्बन गरिएको हो ।


Advertisement

त्यस्तै संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई उपनेताबाट हटाउने निर्णय पनि प्रचण्ड-नेपाल समूहले गरेको छ ।

बुधवार बिहान बसेको स्थायी कमिटी बैठकले तय गरेको एजेण्डामा छलफल गरी केन्द्रीय कमिटी बैठकले कारवाहीसम्बन्धी निर्णय गरेको हो ।


Advertisement

प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीलाई हटाउने निर्णय यसअघि नै गरेको थियो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्