×

NMB BANK
NIC ASIA

सांसदहरूलाई ओलीको निर्देशन – प्रतिनिधि सभा बैठकमा एकढिक्का भएर प्रस्तुत हुनुहोस्

फागुन २२, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षका सांसदहरूलाई एकढिक्का भएर संसद फेस गर्न निर्देशन दिएका छन् ।

Muktinath Bank

शनिवार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको ओली समूहको संसदीय दलको बैठकमा ओलीले आफ्ना सांसदहरूलाई एकढिक्का हुन निर्देशन दिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'प्रधानमन्त्रीको स्पष्ट निर्देशन भनेको संवैधानिक र कानूनी रूपमा संसदमा मर्यादित रूपमा एकढिक्का भएर उपस्थित हुने हो,' बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै सांसद चक्रप्रसाद स्नेहीले सञ्चारकर्मीहरूसँग भने ।


Advertisment
Nabil box
Kumari

उनले आजको बैठकमा १ सय १५ जना भन्दा बढी उपस्थित भएको दाबी गरे ।

Vianet communication
Laxmi Bank

अर्का सांसद खिमलाल भट्टराईले प्रधानमन्त्री ओलीको भनाइ उदृत गर्दै भने, 'भोलि हाम्रो संख्या १ सय २० पुग्छ । तपाईंहरू आत्मविश्वासका साथ एक ढिक्का भएर अघि बढ्नुस ।'

ओलीले देश र जनताको पक्षमा सरकार लागेको दाबी गर्दै आफ्ना सांसदहरूलाई संसदमा सरकारको बचाउ गर्न निर्देशन दिएका हुन् । 'हामी देश र जनताको पक्षमा छौं । जित हाम्रो हुन्छ,' ओलीले भने ।

सांसद भट्टराईले प्रधानमन्त्री ओलीमाथि अविश्वासको प्रस्ताव आएमा पास हुन नसक्ने दाबीसमेत गरे । 'अविश्वासको प्रस्ताव आए पनि जे आएपनि जसरी सरकार अघि बढेको छ त्यसहिसाबले पास हुँदैन, ढुक्क हुनुस्,' भट्टराईले भने ।

भट्टराईले प्रचण्ड-नेपाल समूहले ढोका थुनेर मिटिङ गरेको आरोपसमेत लगाए ।

शुक्रवार प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठक बसेको थियो । यो समूहले पनि आफ्नो पक्षमा बहुमत रहेको दाबी गरिरहेको छ ।

आइतवार अपराह्न ४ बजे प्रतिनिधि सभाको बैठक बस्ने कार्यक्रम रहेको छ । प्रतिनिधि सभाको बैठक अघि नेकपाका दुवै पक्षले आफ्नोतर्फ बहुमत रहेको दाबी गर्दै मनोवैज्ञानिक दबाब सिर्जना गरिरहेका छन् ।

ओली समूहको संसदीय दलको बैठक शनिवार अपराह्न ३ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x