×

NMB BANK
NIC ASIA

सत्ताको जोडघटाउ

वैकल्पिक सरकार गठनको सम्भावना टर्दै, ओलीलाई जसपाको एक पक्षको भरोसा !

बैशाख ७, २०७८

NTC
Premier Steels

कर्णाली प्रदेश सभामा वैशाख ३ गते बनेको राजनीतिक समीकरणलाई सोमवार लुम्बिनी प्रदेशमा झट्का लागेपछि केन्द्रमा वैकल्पिक सरकार गठनको सम्भावना कमजोर बन्दै गएको छ ।

Muktinath Bank

प्रदेशबाट सहकार्य थालनी गरेका कांग्रेस र माओवादीले केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको तयारी गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमालेको माधवकुमार नेपाल पक्षका सांसदले फ्लोर क्रशको ‘प्रतिबद्धता’ जनाएपछि माओवादी र कांग्रेसले सरकारविरुद्ध अविश्वासको प्रस्तावको तयारी गरेको स्रोतको दाबी छ ।


Advertisment
Nabil box
Kumari

तर, मंगलवारका लागि प्रतिनिधि सभाको बैठक बोलाएको अवस्थामा सोमवार दिउँसोदेखि नै प्रतिनिधि सभाको अधिवेशन अन्त्य भएपछि तत्कालै अविश्वासको प्रस्ताव राख्ने सम्भावना टरेर गएको छ । 

Vianet communication

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्का माआवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नयाँ सिनारियो देखा पर्ने बताए ।

‘माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता गरेर ओलीले विश्वासको मत लिने अवस्थामा एउटा सिनारियो हुन्थ्यो, तर माओवादीले समर्थन फिर्ता नगर्दासम्म क्लियर भएन,’ खड्काले लोकान्तरसँग भने । 

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल आफूहरूले सुविचारित ढंगले नै सरकारलाई दिएको समर्थन फिर्ताका लागि ढिलाइ गरिरहेको बताउँछन् ।

‘वैकल्पिक सरकार गठनमा सहमति गरेर प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरौं भनेर समर्थन फिर्ता नलिएको हो,’ पौडेलले लोकान्तरसँग भने, ‘हामी अविश्वासको प्रस्ताव र संसद्को अधिवेशन बोलाउनका लागि समावेदन एकैपटक हाल्न पनि सकिन्छ ।’

संसदको अधिवेशन बोलाउनका लागि राष्ट्रपतिसँग समावेदन गर्न सकिने पौडेलले बताए ।

प्रतिनिधि सभामा बहाल एक चौथाइ सदस्यले लिखित हस्ताक्षरसहित आग्रह गरेमा संसद्को विशेष अधिवेशन बोलाउनुपर्ने संवैधानिक बाध्यता छ ।​

सोमवार नै एमालेले माधव नेपाल र झलनाथ खनाल पक्षका २७ जना सांसदसँग स्पष्टीकरण सोध्ने निर्णय गरेपछि वैकल्पिक सरकार गठनको सम्भावना थप कमजोर बनेको छ ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले नेपाल पक्षका सांसदहरूलाई तीन दिने स्पष्टीकरण सोधेका छन् ।

चित्तबुझ्दो जवाफ नआए वैशाख १० गतेको केन्द्रीय कमिटी बैठकले उनीहरूमाथि कारवाही गरेर सांसद पद नै धरापमा पर्ने खतरा छ । 

ओलीलाई महन्थ–राजेन्द्रको दह्रो साथ

वैकल्पिक सरकार गठनका लागि निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा)को एउटा पक्षले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दह्रो साथ दिएको छ । 

माधव नेपाल पक्षका सांसदले फ्लोर क्रश गरेपछि अल्पमतमा परेका कर्णालीका मुख्यमन्त्री शाहीले विश्वासको मत जितेका थिए । 

सोही फर्मुला माओवादी–कांग्रेसले लुम्बिनीमा पनि लागू गर्न खोजेका थिए, जसपाको साथ लिएर । जसपाको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका सांसदको समेत हस्ताक्षर लिएर मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपनि एक घण्टामै राजनीतिमा नयाँ ट्वीस्ट आयो । 

सोमवार दिउँसो सवा १ बजे अविश्वासको प्रस्ताव दर्ता गराएका सांसदहरूले ४ बजे मन्त्री पदको शपथ लिए ।

जसपाका ४ सांसदको समर्थनका कारण मुख्यमन्त्री पोखरेलको पद जोगियो । 

‘मुख्यमन्त्रीको पद जोगिनु भन्दा पनि लुम्बिनीको समीकरणको सन्देश महत्त्वपूर्ण छ,’ ओली पक्षका एक केन्द्रीय सदस्यले भने ।

लुम्बिनीमा जसपामा पनि उपेन्द्र यादव पक्षका सांसदले मुख्यमन्त्रीलाई साथ दिएका थिए । त्यसको भोलिपल्ट मंगलवार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग जसपाका नेताहरूले लामो छलफल गरे । जसपाले उठाउँदै आएको माग सम्बोधनसँगै भविष्यमा समेत सहकार्य गरेर अगाडि बढ्ने समझदारी रहेको नेताहरू बताउँछन् । 

‘कार्यदल स्तरमा भएको छलफल र नेताहरूबीच भएको कुराकानीबारे समीक्षा भयो,’ जसपाका ती नेताले लोकान्तरसँग भने, ‘राम्रो र सकारात्मक दिशामा छलफल अगाडि बढिरहेको छ ।’

डा. बाबुराम भट्टराई र उपेन्द्र यादव सहितको एउटा पक्षले कांग्रेस–माओवादीसँग छलफल गरिरहेको छ । महन्थ र राजेन्द्र महतो भने ओलीसँगै सहमति गरेर अघि बढ्ने पक्षमा देखिएका छन् ।

जसपाको एउटा पक्षको ओलीसँग सामिप्यताका कारण जसपाको समेत समर्थनमा वैकल्पिक सरकार गठन गर्ने सम्भावनालाई कमजोर बनाइदिएको छ ।  

बदलिँदै संसद्को समीकरण

गुटगत गतिविधिमा लागेको भन्दै एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले माधव नेपाल पक्षका २७ जना सांसदलाई तीन दिने स्पष्टीकरण सोधेपछि संसद्को समीकरणमा नै फेरबदलको संकेत देखिएको छ ।

‘...तपाईंलाई संघीय संसद्को सदस्य पदबाट किन नहटाउने ?’ भन्दै नेपाल पक्षीय सांसदहरूलाई स्पष्टीकरण सोधिएको छ । उनीहरूले चित्त बुझ्दो जवाफ नदिए वैशाख १० गते बस्ने केन्द्रीय कमिटी बैठकले उनीहरूको सांसद पद निलम्बन गर्ने सम्भावना छ ।

स्पष्टीकरण सोधिएपछि बसेको नेपाल पक्षीय सांसदहरूको भेलापछि नेतृ रामकुमारी झाँक्रीले सांसद पद जाने कुरासँग आफूहरू नडराउने बताइन् । यसको अर्थ नेपाल पक्षका सांसदहरू झुकेर जवाफ दिने मनस्थितिमा छैनन् । माधव पक्षका सांसदहरू निलम्बनमा परे भने संसदको समीकरण नै बदलिन सक्छ । 

‘फ्लोर क्रश’बाट अविश्वासको प्रस्ताव पारित गराउने या सरकार ढाल्ने खेल खत्तम हुनेछ । माओवादीले समर्थन फिर्ता लिएको अवस्थामा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसकेर फेरि संसद् विघटन र अर्ली इलेक्सनमा जाने सम्भावना पनि बढ्न सक्छ । 

सोमवार बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा एमाले अध्यक्ष ओलीले वर्तमान संसद्ले निकास दिने सम्भावना कमजोर रहेको निष्कर्षसहित कुनैपनि बेला चुनावमा जानुपर्ने भन्दै पार्टी पंक्तिलाई तयारी अवस्थामा रहन आग्रह गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x