×

NMB BANK
NIC ASIA

पार्टी एकता रक्षाका लागि खनाल-नेपाल पक्षका १५ नेताको अपिल

बैशाख ९, २०७८

NTC
फाइल तस्वीर
Premier Steels

नेकपा वरिष्ठ नेता झलनाथ खनाल-माधव नेपाल पक्षका १५ जना नेताले पार्टी एकता रक्षाका लागि अपिल गरेका छन् ।

Muktinath Bank

पार्टी स्थापना दिवसको अवसरमा बिहीवार पार्टी पंक्तिमा एकताका लागि अपिल प्रकाशित गदै नेताहरूले पार्टी एकतापूर्व २०७५ जेठ २ को अवस्थामा फर्काएर पार्टी एकता गर्नुपर्ने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खनाल, नेपाल, युवराज ज्ञवाली, भीम रावल, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायतले पार्टी एकताका लागि कार्यकर्ता पंक्तिमा अपिल गरेका छन् । 


Advertisment
Nabil box
Kumari

‘पार्टी अध्यक्षसँग अनेकौं विषयमा हाम्रा असहमति छन् र हामीसँग उहाँका पनि अनेक असहमति हुन सक्छन्, जसका बारेमा पार्टी केन्द्रीय कमिटीको विधिवत् बैठकबाट समाधान गर्न सकिन्छ । त्यसका लागि २०७५ जेठ २ गतेको बिन्दुबाट पार्टी जीवन आरम्भ गर्नुपर्छ भन्ने हाम्रो माग हो, दाबी हो । यति सामान्य र न्यूनतम प्रस्तावलाई पनि स्वीकार गरिँदैन भने कमरेड केपी ओली पार्टी विभाजनतर्फ लाग्नुभएको तथ्य नै प्रमाणित हुन्छ,’ खनाल-नेपाल पक्षको अपिलमा भनिएको छ । 

Vianet communication

नवौं महाधिवेशनबाट निर्वाचित खनाल-नेपाल पक्षका पदाधिकारी र स्थायी कमिटीका सदस्यहरूले आफूहरूले पार्टी एकता जोगाउन चाहेको उल्लेख गरेका छन् ।

‘हामीले नेकपा (एमाले) को एकतालाई बचाऔँ, कम्युनिस्ट आन्दोलनको रक्षा गरौँ भनेका छौं । त्यसका निम्ति फागुन २८ र तत्पश्चात भएका कथित बैठक र तिनका अवैध निर्णय सबै रद्द गरिनुपर्छ र २०७५ जेष्ठ २ गते जुन केन्द्रीय कमिटी थियो त्यसको पूर्ण बैठक बसेर अब कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा निर्णय गर्नुपर्दछ । यदि त्यसो भयो भने नेकपा (एमाले) को एकता जोगिन्छ’ संयुक्त अपिलमा भनिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x