प्रधानमन्त्रीको सम्बोधनले स्वास्थ्यकर्मीलाई उल्टो निराश पार्नु दुर्भाग्यपूर्ण : महामन्त्री खड्का

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार देशबासीका नाममा गरेको सम्बोधनका क्रममा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सुविधा घटाइएकोमा आपत्ति प्रकट गरेका छन् ।

मंगलवार बिहान सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रिया जनाउँदै महामन्त्री खड्काले प्रश्न गरे, ‘विगतमा दिइएको सुविधा कुन उद्देश्यले घटाइयो ?’


Advertisement

‘आफ्नो जीवन खतरामा पारेर नागरिकको जीवन रक्षार्थ २४ घण्टा खटिइरहेका फ्रन्टलाइनर, चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी समेतलाई उत्साहित र प्रेरित गर्नुको साटो प्रधानमन्त्रीको सम्बोधनले उल्टो निराश पार्नु दुर्भाग्यपूर्ण छ ।’

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्