×

NIC ASIA

बजेट

बजेटमा धारा ११९ वा ११४ को बहस : संविधानमा छ यस्तो व्यवस्था

जेठ १३, २०७८

Prabhu Bank
NTC
Premier Steels

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ १५ गते आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि आय व्ययको विवरण (बजेट) सार्वजनिक गर्दैछन् । प्रतिनिधि सभा विघटन भएकाले यस पटक बजेट अध्यादेशमार्फत ल्याउने तयारी भएको छ ।

Muktinath Bank

अर्थ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता महेश आचार्यले शनिवार दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट बजेट सार्वजनिक गरिने लोकान्तरलाई बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने,‘प्रतिनिधि सभा विघटन भएपश्चात बजेट अध्यादेशबाट ल्याउने तयारी भएको छ ।’


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ८ गते प्रतिनिधि सभा विघटनको घोषणा गरेकी थिइन् । जसको असर बजेटमा देखिएको छ ।

Vianet communication

यसबीचमा प्रतिनिधि सभामा सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने व्यवस्था थियो । तर संसद नै विघटन भएपछि सरकारको नीति तथा कार्यक्रम आउन सकेन । यसर्थ, आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट नीति तथा कार्यक्रम बिना नै आउँदैछ ।

प्रतिनिधि सभा विघटन पूर्व राष्ट्रिय योजना आयोग, अर्थसमिति लगायतमा बजेटबारे नियमित र व्यापक छलफल भइरहेको थियो । तर जेठ ८ यता बजेटबारे छलफल हुन पाएन ।

सरकारले अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरिरहँदा पछिल्ला दिनहरूमा यसको विरोध पनि भइरहेको छ । बिहीवार मात्रै पूर्व अर्थमन्त्रीहरूले पनि यसबारे विरोध जनाएका छन् । सरकारले संसद्मा बहुमत गुमाएको र अदालतमा मुद्दा चलेको बेला अध्यादेशमार्फत पूर्ण बजेट ल्याउन नसक्ने उनीहरूको निश्कर्ष छ । यस्तै राष्ट्रिय योजना आयोगका ९ पूर्व उपाध्यक्षहरूले पनि अदालतमा प्रतिनिधिसभामा मुद्दा रहेकाले चुनाव केन्द्रीत पूर्ण र वितरणमुखी बजेट नल्याउन आग्रह गरेका छन् ।

​यद्यपी सरकारले भने संसद विघटन भएकाले र जेठ १५ गते बजेट ल्याउनै पर्ने व्यवस्था भएकाले अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको दावी गरेको छ ।

अर्थ मन्त्रालयको उच्च स्रोत भन्छ, ‘अहिले बाहिर बजेट ल्याउन नहुने भन्ने तर्क नै संविधानविपरीत हुन जान्छ । बजेट त जसरी नि जेठ १५ मै ल्याउनुपर्छ, अहिलेको अवस्थामा त्यसको विकल्प भनेको अध्यादेशबाहेक अरू हुनै सक्दैन ।

के भन्छ संविधान ?

संविधानको धारा ११९ को उपधारा (३) मा नेपाल सरकारको अर्थमन्त्रीले उपधारा (१) बमोजिमको राजस्व र व्ययको अनुमान प्रत्येक वर्ष जेठ महिनाको १५ गते संघीय संसदमा पेश गर्नेछ ।

यसमा उल्लेख गरिएको उपधारा (१) मा भनिएको छ–नेपाल सरकारको अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्षको सम्बन्धमा संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा देहायका विषयहरू समेत खुलाई वार्षिक अनुमान पेश गर्नु पर्नेछः–

(क) राजस्वको अनुमान,

(ख) संघीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकमहरु, र

(ग) संघीय विनियोजन ऐन बमोजिम व्यय हुने आवश्यक रकमहरु ।

संविधानमा जेठ १५ गते बजेट ल्याउनका लागि बाध्यात्मक व्यवस्था छ । यसबाहेक अन्य विकल्प दिइएको छैन । तर जेठ १५ गते संघीय संसदमा बजेट ल्याउनका लागि यस पटक प्रतिनिधि सभा नै विघटन भइसकेको छ ।

त्यसो भए के गर्ने ?

सरकारले संसद नभएको अवस्थामा कुनै आकस्मिक कार्य गर्नका लागि राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने व्यवस्था रहेको छ । यस्तै यस्तो अध्यादेश ऐन सरह नै मानिनेछ ।

संविधानको धारा ११४ मा अध्यादेशको व्यवस्था गरिएको छ ।

संविधानको धारा ११४ मा भनिएको छ,  उपधारा (१) संघीय संसदको दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्नेछ ।

(२) उपधारा (१) बमोजिम जारी भएको अध्यादेश ऐन सरह मान्य हुनेछ ।

कानूनविदहरू संविधान अनुसार सरकारले जेठ १५ गते अध्यादेशबाट आगामी आर्थिक वर्षको बजेट ल्याउन सक्ने तर्क गर्छन् । एक कानूनविद्ले भने,‘बाहिर विरोध भएपनि सरकारलाई संविधानको धारा ११९ मा जान नसक्ने भएमा ११४ मार्फत काम गर्न सक्ने स्पष्ट व्यवस्था छ । सरकारले सोही धारामा रहेर बजेट ल्याउन सक्नेछ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x