×

NMB BANK
NIC ASIA

मौलाउँदै तस्करी

निषेधाज्ञामा सीमा क्षेत्रमा बढ्यो तस्करी, सीमा हेर्ने प्रहरीले नै गर्छन् ‘तस्करलाई सहजीकरण’ !

जेठ ३१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना महामारीले मुलुकभर भएको निषेधाज्ञाको मौका छोपेर भारतीय सीमावर्ती क्षेत्रमा अवैध तस्करी र अपराधका घटना मौलाएका छन् । 

Muktinath Bank

‘बन्दाबन्दी’ मा तस्कर र अपराधीका लागि सीमा क्षेत्र गतिलो गन्तव्य बनेको छ । मुख्य नाकामा कडाई भए पनि खुला सीमानाका कारण भित्री बाटो हुँदै लुम्बिनी प्रदेशका विभिन्न सीमावर्ती जिल्लाका चोरी पैठारीका घटना दिनदिनै बढेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतसँग जोडिएका लुम्बिनी प्रदेशका ६ वटा जिल्ला छन् । ती सबै जिल्लामा मुख्य नाकाबाहेक अन्य खुला ठाउँबाट तस्करी हुने गरेका छन् ।


Advertisment
Nabil box
Kumari

त्यसमध्ये रूपन्देहीमा तस्करी अझै बढी छ । तस्करी नरोकिँदा स्थानीयले चिन्ता व्यक्त गरेका छन् । 

Vianet communication
Laxmi Bank

नेपालबाट पेट्रोलियम पदार्थ भारततर्फ तस्करी गरी अपचलन भैरहेको छ भने भारतबाट कपडा, हार्डवेयरका सामान तस्करी गरी नेपाल भित्रिएको छ । 

भारतमा भन्दा नेपालमा पेट्रोलिय पदार्थमा प्रतिलिटर ३० रूपैयाँ सस्तो छ । रूपन्देहीको बुची, बोधवार पिप्रहवा मनहरापुर, भगवानपुर भित्री नाकाबाट अहिले दैनिक चोरी पैठारी भइरहेको छ । 

सीमा नाकामा कोरोना महामारी बढेसँगै सशस्त्र प्रहरीको उपस्थिति बाक्लो बनाइए पनि तस्करहरूले प्रहरीकै मिलेमतोमा अवैध धन्दा चलाइरहेका छन् । 

नाम उल्लेख नगर्ने शर्तमा एक प्रहरी निरीक्षक (इन्सपेक्टर) ले लोकान्तरसँग भने, ‘सामान तस्करी गरेबापत तस्करी गर्ने समूहले सीमा नाकामा खटिएका सुरक्षाकर्मीलाई मासिक रूपमा निश्चित रकम बुझाउँदै आएका छन् ।’ 
रूपन्देहीको मनहरापुरमा रहेको सशस्त्र प्रहरीको बीओपीका इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक सञ्जय केसी नै अवैध असुलीमा सक्रिय रहेको उनको आरोप छ ।

सीमानाकाबाट हुने अवैध ओसार–पसारमा सक्रिय तस्करहरू रहमान मुसलमान, सञ्जय यादव, शैलेश यादव, समीर खान, मास्टर राजन यादव, भिखारी यादवलगायतका व्यापारीबाट निरीक्षक केसीले मोटो रकम असुली गर्ने गरेको आरोप उनले लगाए । 

‘यी तस्करहरूको काम नै चोरी पैठारी गर्ने हो । जुन, प्रहरी इञ्चार्ज आए पनि तस्करहरूले लाइन मिलाएर धन्दा चलाउने गर्दछन् । सशस्त्र प्रहरीको बीओपी मनहरापुर र प्रहरी पोस्ट मैनिहवाको सहकार्यमा तस्करहरूले धन्दा चलाउने गर्दछन् ।’ 

ती अधिकारीले भने, ‘प्रमुख नाका बन्द छन् । भारतीय १ हजार २ मजदुरलाई तीन दिनअगाडि त्यही नाकाबाट भित्र्याएर उनले ‘ह्यन्डसम मनी’ आकर्षक रकम लिए । केन्द्रसम्मै कुरा उठ्ने गरी नाकाप्रति नै प्रश्न उठाइरहेका छन् ।’ 

तीन दिन अगाडि पनि रुपन्देही प्रहरीले सिद्धार्थनगरमा ५८ बोरा भन्सार छलि गरेर ल्याएको चिनी फेला पारेको थियो । 

निरीक्षक केसीले निषेधाज्ञाको समयमा भारतीय नम्बरका मोटरसाइकल नेपाल भित्र्याउन सहजीकरण गरेबापत प्रति मोटरसाइकल ५०० रुपैयाँ असुली गरेको ती अधिकारीको आरोप छ ।

त्यस्तै नेपाली मोटरसाइकल सीमा पारी जाँदा पनि सोही अनुपातमा रकम लिने गरेको आरोप छ । 

तस्कर कमलेश यादवको ४ बोरा कपडा पनि बरामद गरेका केसीले बरामद सामान भन्सार पठाएनन् । यी त केवल उदाहरण मात्र हुन् ।

यस्ता चोरी पैठारीका घटना र प्रमाण प्रसस्त मात्रामा रहेका छन् ।

देवदहनगर क्षेत्रका नदीजन्य वस्तु र काठमा पनि निरीक्षक केसीको नाम जोडिएको छ । 

इन्सपेक्टर केसीले आफूमाथि लगाइएको आरोप झुटो रहेको दाबी गरे ।

‘यो रोहिणी गाउँपालिकाको भगवानपुरबाट कुनै तस्करी भएको छैन,’ केसीले भने, ‘ममाथि कसैले पूर्वाग्रह राखेर आरोप लगाएका होलान् । तर, तस्करसँग मिलेको भन्ने त प्रमाण हुनुपर्‍यो नि ! नाकामा कडाइ छ,’ तस्करी भएको छैन ।’ 

सीमा क्षेत्रमा तस्करी बढेको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ पनि स्वीकार गर्दैनन् ।

उनले भने, ‘सीमा हेर्न रुपन्देहीमा २६ वटा प्रहरीको युनिट छ । अहिले २४२ शसस्त्र प्रहरी थप गरिएको छ । नाकाहरू ठप्प छन् । कडाइ गरिएको छ । कतैबाट तस्करी भएको जस्तो मैले मान्दिनँ,’ तामाङले लोकान्तरसँग भने । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रूपन्देहीका गणपति एसपी राजेश उप्रेतीले रातिको समयमा आँखा छलेर एक दुुई जना व्यक्तिले तस्करी गरेको भए पनि संस्थागत रूपमा तस्करी नभएको बताए ।

‘म यहाँ आएको दुई महिना भयो । जेठ महिना मात्रै २६ लाख २९ हजार ३५५ रुपैयाँ बराबरको भन्सार छली गरेर ल्याएको सामान बरामद गरी भन्सारमा बुझाएका छौं । संगठित रुपमा आर्थिक प्रलोभनमा शसस्त्र प्रहरी परेको छैन । आँखा छलेर रातिमा साइकलमा कसैले यताउता गराएको भए त्यो फरक पाटो भयो,’ उप्रेतीले भने ।

केही समय अगाडि शसस्त्र प्रहरीले इन्धन तस्करी गरेका ३ वटा गाडी जफत गरेको थियो । रुपन्देही भारतसँग खुला नाका जोडिएको जिल्ला हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x