×

NMB BANK
NIC ASIA

सर्वाेच्चमा प्रश्न : टाउको गनेर १३६ पुग्यो, राष्ट्रपतिले अस्वीकार गर्न पाउने कि नपाउने ?

असार ९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजलासमा बहसका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सांसदको टाउको गनेर बहुमत १३६ पुगेपछि राष्ट्रपतिले अस्वीकार गर्न मिल्ने कि नमिल्ने भनेर प्रश्न गरेका छन् ।

Muktinath Bank

वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपालको संविधानको धारा ७६ अनुसार प्रधानमन्त्री चयन प्रक्रियाबारे बताइरहेका बेला प्रधानन्यायाधीश जबराले रोकेर प्रश्न गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जबराले सोधे, ‘सांसदको टाउको गनेर १३६ संख्या पुग्यो, अब राष्ट्रपतिले अस्वीकार गर्न पाउने कि नपाउने ?’


Advertisment
Nabil box
Kumari

जवाफमा वरिष्ठ अधिवक्ता थापाले प्रधानमन्त्री जन्मिने प्रक्रिया संविधान बमोजिम अनुसार भएकाले अस्वीकार गर्न नपाइने बताए । ‘प्रधानमन्त्री जन्मिने संविधान बमोजिम हो र प्रतिनिधि सभाप्रति उत्तरदायी हुने हो,’ उनले भने ।

Vianet communication
Laxmi Bank

संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिको प्रक्रियामा अन्योल देखिँदा राष्ट्रपतिले परामर्श गर्नुपर्नेमा बदनियत देखिएको थापाले बताए । ‘राष्ट्रपतिले सभामुखसँग परामर्श लिने हो, पूर्व महान्यायाधीवक्ता र कानून क्षेत्रका जानकारसँग परामर्श लिने हो तर बदनियत देखियो,’ उनले भने, ‘अर्काे प्रक्रियामा जाने कि नजाने ? परामर्श लिनुपर्ने हो । निवेदकलाई सोध्नुपर्थ्यो कसरी जाने भनेर ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x