कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
असार १०, २०७८
गत असार १ गते अविरल वर्षापछि आएको बाढीले तिमाङ खोलाको ‘बेलीब्रिज’ भत्कियो । पुल भत्किएसँगै मनाङ जाने मुख्य बाटो अहिलेसम्म अवरुद्ध छ ।
सडक मर्मत गरी आकस्मिक रूपमा एकतर्फी सञ्चालन गर्ने भनिए पनि यो पुल सञ्चालनमा आउन सकेको छैन ।
यसले केही समय लिने सडक विभागअन्तर्गत पुल महाशाखाका उपमहानिर्देशक इञ्जिनीयर दीपक श्रेष्ठले लोकान्तरलाई बताए ।
निर्माण सम्पन्न भएपछि सञ्चालनमा पनि आइसकेको यो पुल मनसुन शुरू हुनेबित्तिकै बाढीले भत्काएको हो ।
यस्तै सिन्धुपाल्चोकको बाह्रबिसेमा रहेको लिपिङ खोलाको पुललाई पनि बाढीले क्षति पुर्यायो । सडक र पुलबीचको पहुँच मार्ग नै बगाउँदा यहाँ अहिले पनि सडक अवरुद्ध छ ।
पहुँचमार्ग पनि नभएको र पुलमा पनि केही क्षति भएको भन्दै महाशाखाले यो सडक पुनः सञ्चालनमा ल्याउन समय लाग्ने बताएको छ ।
निर्माण भई सञ्चालनमा आएका यी पुल त उदाहरण मात्र हुन्, अन्य निर्माणाधीन पुलहरूमा पनि बाढी र पहिरोले क्षति पुर्याएको छ ।
प्युठानको झिमरुक नदीमा आएको बाढीले सो नदीमा निर्माणाधीन पुल भत्काएको छ । ढलान गरेको ४ दिनपनि नपुग्दै पानी परेकाले पुल भत्किएको पुल महाशाखाका उपमहानिर्देशक श्रेष्ठले बताए ।
श्रेष्ठले लोकान्तरसँग भने, ‘मनसुन छिटो शुरू भएकाले पनि पुललाई असर गरेको पाइयो । ढलान गरेको ४ दिनमात्रै भएको थियो, बाढीले भत्काइहाल्यो ।’
यससँगै मनसुन शुरू भएयता (असार १ गतेदेखि ७ गते) एक साताको अवधिमा विभिन्न ४ ठाउँमा मोटरेबल पुलमा क्षति भएको पुल महाशाखाले जनाएको छ । सोचेभन्दा केही छिटो मनसुन भएकाले केही पुलहरूमा क्षति पुगेको महाशाखाका उपमहानिर्देशक श्रेष्ठ बताउँछन् ।
यसबाहेक गत वैशाखदेखिकै तथ्यांक हेर्ने हो भने विभिन्न ८ ठाउँमा रहेको मोटरेबल पुलमा क्षति भएको छ ।
वैशाखमा आएको ताउते आँधीको प्रभाव र यसपछिको असरपछिको अबिरल पानीका कारण केही निर्माणाधीन पुलहरू भत्काएको महाशाखाको भनाइ छ ।
उपमहानिर्देशक श्रेष्ठका अनुसार यसबीचमा धादिङको मासटारस्थित त्रिशुली नदीमा रहेको पक्की पुल निर्माणाधीन अवस्थामै हावाहुरीले उडाएको छ भने नवलपुर घाटस्थित सुनकोशी नदीमा निर्माणाधीन पक्की पुल पनि बगाएको छ ।
राष्ट्रिय राजमार्गका १३ सडक पूर्ण अवरुद्ध
सडक विभागका अनुसार मनसुन शुरू भएसँगै आएको अविरल वर्षा र बाढी पहिरोका कारण ५४ वटा सडक प्रभावित भएका छन् । जसमध्ये हालसम्म १४ वटा मात्रै दुवैतर्फ सञ्चालन गरिएको छ भने २७ सडक एकतर्फी सञ्चालनमा आएका छन् । विभागका अनुसार १३ वटा सडक अहिले पनि पूर्णरूपमा अवरुद्ध छन् ।
जसमध्ये निकै व्यस्त बुटवल नारायणघाट सडकखण्डमा रहेको डाइभर्सन नदीले बगायो । कल्भर्टका लागि बनाइएको डाइभर्सन बगाएको र केही समयपछि त्यो निर्माण गरेर सडक सञ्चालनमा ल्याइएको सडक विभागका प्रवक्ता शिव प्रसाद नेपालले लोकान्तरलाई जानकारी दिए ।
यस्तै गत जेठ ३१ गतेदेखि साँफेबगर मार्तडी सडकखण्ड अवरुद्ध भएको छ । माथिबाट सडकमा पहिरो खसेपछि अवरुद्ध सडक पटक–पटक खुलाउने प्रयास भएपनि नसकिएको सडक विभागले जनाएको छ ।
बुढीगंगा नदीले तलबाट खोलेको र माथिबाट पहिरो पनि झरेकाले यो सडक खुलाउन समय लागेको विभागका प्रवक्ता नेपाल बताउँछन् ।
कहाँ–कहाँ छन् अवरुद्ध ?
विभागका अनुसार साँफेबगर—मार्तडी—कोल्टी सडकखण्डको बाजुरा खण्डमा पूर्ण अवरुद्ध रहेको छ । यस्तै सिन्धुपाल्चोको लिपिङ पुल, कोदारी र बलेफीमा सडक पूर्ण अवरुद्ध रहेको छ ।
वर्षा सँगैको बाढी र पहिरोका कारण मनाङको तिमाङ छहरा, तिमाङ खोला, धारापानी, बगरछाप गरी ४ ठाउँमा सडक पूर्ण अवरुद्ध रहेको छ ।
सडक विभागका अनुसार, लमजुङको अर्खले, च्याम्चे र घट्टेखोलामा सडक पूर्ण अवरुद्ध भएको छ भने रसुवाको त्रिशुली खोला, सानो भार्खु खोला र गाँजाबारी क्षेत्रमा सडक अवरुद्ध रहेको छ ।
झोलुङ्गे पुलमा पनि क्षति
सडक र मोटरेबल पुलमा मात्र हैन बाढी तथा पहिरोले झोलुङ्गे पुलहरूमा पनि क्षति पुर्याएको छ ।
झोलुङ्गे पुल विभागले दिएको जानकारी अनुसार मेलम्चीमा र हेलम्बुमा धेरै यस्ता पुलहरूमा क्षति पुगेको छ ।
जसमध्ये केही मर्मतपछि सामान्य बनेका छन् भने केहीमा पूर्ण क्षति भएको छ ।
हेलम्बुमा मात्रै वडा नम्बर १ को च्याम्भेदो झोलुङ्गे पुल बाढीले बगाएको छ । यस्तै वडा नम्बर ४ र ३ जोड्ने ग्याल्थुम तोरिश्वारा झोलुङ्गे पुल बाढीले बगाएको छ ।
यस्तै वडा नम्बर २ र ७ जोड्ने चनौटे पुल, वडा १ र ६ जोड्ने चालिसे च्युरीखर्क पुल, वडा २ र ६ जोड्ने थापाटार पुल र वडा ४ र ३ जोड्ने सेराकुड्ले झोलुङ्गे पुल बाढीले बगाएको छ ।
अन्य खोलामा रहेका पुल पनि बगाएको भएपनि यकिन तथ्यांक नआइसकेको विभागले जनाएको छ ।
मर्मत तथा पुनर्निर्माणमा लागि कति लाग्छ खर्च ?
चालु आर्थिक वर्ष २०७७/७८ मा सरकारले राष्ट्रिय राजमार्ग मर्मतका लागि सडक विभागलाई ४ अर्ब ६ करोड रुपैयाँ बजेट दिएको छ ।
यस्तै सडक बोर्डबाट विगतमा बचेको बजेट ३ अर्ब ३८ करोड पनि विभागमा रहेको छ । यसरी कुल ७ अर्ब ४४ करोड रकमबाट सडकको आकस्मिक मर्मत गर्नुपर्नेमा केही रकम यसकै लागि खर्च भइसकेको छ ।
विभागका अनुसार अहिले क्षतिग्रस्त भएका यी सडकहरूको पुनःस्थापनाका लागि यो बजेट अपुग हुन्छ ।
यद्यपि एकतर्फी वा सम्भव भए दुईतर्फी रूपमा सडक सञ्चालनका लागि भने यो बजेटले धान्ने विभागको अनुमान छ ।
विभागका प्रवक्ता शिवप्रसाद नेपालले यो बजेटले आकस्मिक काम गर्न पुग्ने भन्दै नपुगेको अवस्थामा अर्थमन्त्रालयसँग बजेट माग गरिने बताए ।
उनले भने, ‘आकस्मिक मर्मतका लागि रकम पुग्छ भन्ने अनुमान छ ।’
मार्तडी सडकखण्डको पुनर्निमाणका लागि करीब एक अर्ब बजेटले पनि नपुग्ने अनुमान गरिएको उनले बताए ।
उनले भने, ‘सडक क्षतिको अवस्था हेरेर पूर्ण विवरण संकलन नहुँदासम्म कति बजेट लाग्छ भन्न सकिने अवस्था छैन । यद्यपि आवधिक र पूर्ण पुनर्निमाणका लागि बजेट अभाव भने हुन्छ ।’
सडक पुनर्निर्माणका लागि लागत अनुमान गरेर नयाँ आर्थिक वर्षको शुरूबाट केही काम शुरू गरिने प्रवक्ता नेपालको भनाइ छ ।
‘पानी परिरहँदा सडक पुनर्निर्माणको काम शुरू हुँदैन । हिउँदसम्म समय लम्बिन सक्ने देखिन्छ,’ उनले भने ।
यता पुल महाशाखाले पनि पुल निर्माणको काम हिउँदमा मात्रै शुरू गरिने जनाएको छ । महाशाखाका उपमहानिर्देशक दीपक श्रेष्ठले भने, ‘वर्षायाम रोकिए पनि हिउँदमा पुल पुनःस्थापनाको काम शुरू गर्छौँ ।’
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...