×

NMB BANK
NIC ASIA

उच्च अदालत पाटनको फैसला : १२ वटा मुद्दामा ४१ अर्ब जरिवाना, राजस्व उठ्न बाँकी

साउन १, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

पाटन उच्च अदालतले आर्थिक वर्ष २०७७/०७८ को असार मसान्तसम्म ४१ अर्ब रूपैयाँ बिगो बापतको जरिवाना फैसला गरेको छ । 

Muktinath Bank

वार्षिक कार्य प्रतिवेदन सार्वजनिक गर्दै आज (शुक्रवार) राजस्व चुहावट अन्तर्गतका १२ वटा फैसलाबाट ४१ अर्ब चार करोड तीन लाख ६३ हजार रूपैयाँ राजस्व संकलन हुन बाँकी रहेको पाटन उच्च अदालतका रजिष्ट्रार गजेन्द्रबहादुर सिंहले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो आर्थिक वर्षमा ५८ वटा नयाँ मुद्दा र जिम्मेवारी सरेका ७१ वटा गरी १२९ वटा राजस्वका मुद्दामध्ये १२ फैसला गरेको छ भने अझै ११७ वटा मुद्दा बाँकी छन् । 


Advertisment
Nabil box
Kumari

ती मुद्दामा ५१६ प्रतिवादीमध्ये २५१ स्वदेशी र १८ जना विदेशी गरी २६९ प्रतिवादी हाजिर हुन आएको र १६ विदेशीसहित २४७ प्रतिवादी अझै पनि फरार रहेको रजिष्ट्रार सिंहले पत्रकार सम्मेलनमा जानकारी दिए ।

Vianet communication
Laxmi Bank

उच्च अदालत पाटनले यो आर्थिक वर्षमा लिएको लक्ष्यको ५४.४९ प्रतिशत मात्रै लक्ष्य हासिल गरेको छ । 

‘कोरोना भाइरसको दोस्रो संक्रमणका बीच पनि हामीले यति लक्ष्य हासिल गरेका हौँ,’ रजिष्ट्रार सिंहले भने, ‘यो वर्ष ७० प्रतिशतसम्म काम गर्ने लक्ष्य लिएका थियौं ।’

अघिल्लो वर्षबाट जिम्मेवारी सरेको ६ हजार ९९१ वटा र नयाँ दर्ता भएका ६ हजार ९८३ गरी १३ हजार ९३२ मुद्दामध्ये ६ हजार ३६६ वटा मुद्दाको फैसला गरेको छ भने ७ हजार ६०८ मुद्दा अर्को आर्थिक वर्षलाई सरेको छ ।

शुरू क्षेत्राधिकार (पुनरावेदनबाट सरेको) चार हजार ९७२ मध्ये दुई हजार २२३ वटा मुद्दा फर्छ्यौट गरेको छ, जसमा दुई हजार ७४९ वटा मुद्दा अघिल्लो वर्षलाई सरेकोे छ । 

१३ वटा अदालतबाट पुनरावेदन भएका सात हजार ६४० मध्ये तीन हजार ४३७ वटा मुद्दा फर्छ्यौट गरेको छ । रिट निवेदनका एक हजार ३६२ मुद्दा मध्ये ४१८ मुद्दा फैसला गरेको बाँकी अर्को वर्षलाई सरेको सिंहले पत्रकार सम्मेलनमा बताए ।

उच्च अदालत पाटनमा ६ महिनाभित्रका २७५, ६ महिनादेखि एक वर्षसम्मका एक हजार ९७५, एक वर्षदेखि १८ महिनासम्मका एक हजार ९९८, १८ महिनादेखि दुई वर्षसम्मका एक हजार ४७१ र दुई वर्ष नाघेका ६४७ वटा मुद्दा फर्छ्यौट भएका छन् ।

धेरै फैसला गर्ने न्यायाधीश कुलप्रसाद शर्मा

उच्च अदालत पाटनमा आर्थिक वर्ष २०७७÷०७८ मा सबभन्दा धेरै न्यायाधीश कुलप्रसाद शर्माले मुद्दा फर्छ्यौट गरेका छन् ।

उनले एक वर्षमा ६५८ वटा मुद्दा फछ्र्यौट गरेको रजिष्ट्रार ज्ञानेन्द्रबहादुर सिंहको भनाइ छ । 

यस्तै ६४७ वटा न्यायाधीश किरण पौडेल, ६४३ माधवप्रसाद पोखरेल, ६३४ महेश शर्मा पौडेल र ५४२ वटा निलम पौडेलले मुद्दा फर्छ्यौट गरेको उच्च अदालत पाटनले जनाएको छ ।

अदालतले फैसलाको ढाँचामा एकरुपता ल्याउनका लागि समिति गठन गरेर र फैसलाको तपसिल खण्डमा एकरुपता ल्याउन छलफल गरेर प्रतिवेदनसमेत सार्वजनिक गरेको रजिष्ट्रार सिंहले बताए ।

नेवारी र तामाङ भाषाको ट्रान्सलेटर

भाषाको समस्या देखिएपछि नेवारी र तामाङ भाषाको ट्रान्सलेटर राख्ने निर्णय गरिएको छ । 

‘वृद्धवृद्धालाई भाषाको समस्या देखिएकाले त्यसलाई समाधान गर्न यस वर्षबाट ट्रान्सलेटर राख्न थालेका छौं,’ सिंहले भने, ‘नेवारी भाषामा ब्रोसर छापेर सेवा सुविधाको बारेमा समेत जानकारी दिएका छौं ।’

कोरोना भाइरस संक्रमणले बिरामी भएका उच्च अदालत पाटनअन्तर्गतका अदालतका कर्मचारी र न्यायाधीशहरूलाई स्वास्थ्यमा सहजीकरण गर्न उपरजिष्ट्रारको नेतृत्वमा सम्पर्क व्यक्ति तोकेर कोरोनाको उपचार गरेको रजिष्ट्रार सिंहले बताए ।

यस्तै अदालतलाई प्रविधिमैत्री बनाउनका लागि सफ्टवेयरमार्फत् पनि काम गर्दै आएको छ । अहिलेसम्म एक लाख ५६ हजार ९१२ वटा मिसिल अभिलेख गरिएको छ, जसमध्ये यो वर्ष मात्रै ६ हजार ८० मिसिल सफ्टवेयरमा इन्ट्री गरिएको छ । जम्मा एक लाख ५५ हजार २१२ मिसिल सफ्टवेयरमा इन्ट्री गरेको अदालतले जनाएको छ ।

कोरोनाले दुई न्यायाधीशको मृत्यु

उच्च अदालत पाटनअन्तर्गतका १३ वटा अदालतका १२६ जनालाई कोरोना संक्रमण देखिएको छ । दुई जना न्यायाधीशले ज्यान गुमाएका छन् । 

यसै वर्ष काठमाडौं जिल्ला अदालतका एक जना र जिल्ला अदालत धादिङका एक जना न्यायाधीशले ज्यान गुमाएको पाटन अदालतले जनाएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x