जसपा अध्यक्षकै हैसियतमा महन्थ ठाकुरद्वारा अपील जारी [पूर्ण पाठसहित]


निर्वाचन आयोगबाट जसपाको आधिकारिकता गुमाएका महन्थ ठाकुरले सोही पार्टीको अध्यक्षकै हैसियतमा अपील जारी गरेका छन् ।  बुधबार जारी अपीलमा पार्टी अध्यक्ष उपेन्द्र यादवको आलोचना गर्दै केपी ओली नेतृत्वको तत्कालीन सरकारमा आफूहरु मधेसको माग पुरा हुने देखेर नै सहभागी भएको जिकिर गरिएको छ ।

उपेन्द्र यादवले १८ महिना सरकारमा रहँदा पनि मधेसको मागप्रति सिन्को भाँच्न नसकेको उल्लेख गर्दै ठाकुरले आफूहरुले १८ दिनमै मधेसका कयौं माग मुद्दाहरु पुरा गराएको दावी गरेका छन् ।
यस्तै निर्वाचन आयोगले उपेन्द्र यादवलाई पार्टीको आधिकारिकता दिएको प्रति असन्तुष्टि पोख्दै उनले यस विषयमा सर्वोच्च अदालतमा मुद्दा रहेकाले उपयुक्त निकास निस्कने विश्वास लिएका छन् ।


Advertisement

यस्तै मधेसी आदिवासी, जनजाति, थारुलगायतका जनताको अधिकार प्राप्ति गर्ने सवालमा एकल जातीय राज्यको समाप्ति तथा बहुल राष्ट्रिय राज्यको स्थापनाको निम्ति आफूहरु संघर्षरत रहेको भन्दै उनले त्यसका लागि सहयोग गर्न अपील गरेका छन् ।


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्