×

NMB BANK
NIC ASIA

प्रचण्डको स्वीकारोक्ति : बिग्रेको मैँ हो, अब सुध्रिन्छु

असोज ७, २०७८

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू बिग्रेकोले देशको राजनीति बिग्रेको र अब सुध्रिने अभिव्यक्ति दिएका छन् । 

Muktinath Bank

काभ्रेको पाँचखालमा योङ कम्युनिष्ट लिग (वाइसीएल)को नगर सभालाई सम्बोधन गर्दै प्रचण्डले अरू मात्रै बिग्रेको तर आफू सही रहेको भन्ने प्रवृत्तिको कारण नै पार्टी र राजनीति बिग्रिएको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रचण्डले भने, ‘राजनीतिमा जो जति माथि आएको छ त्यो बिग्रेको छ । त्यसैले अहिले धेरै भन्दिन बिग्रेको मै हो भनेको छु । अब म चाहिँ सच्चिन्छु, को–को सच्चिने नसच्चिने तपाईहरू सोच्नुस् भनेको छु ।’
सबैले अरूलाई दोष दिएर सबै अरूले नै बिगारे भन्नुभन्दा मैले के बिगारे भनेर सोच्न थालियो भने त्यहीँबाट रूपान्तरण सुरू हुने प्रचण्डले बताए । 


Advertisment
Nabil box
Kumari

उनले भने, ‘म त फेरि एक पटक हाम फाल्छु । हिजो जनयुद्धमा हाम फाले, शान्ति प्रक्रियामा हाम फाले, त्यसपछि संविधान बनाउनेमा हाम फालियो, पार्टी एकतामा हाम फालियो र अब समाजवादी क्रान्तिको लागि म चाहिँ हाम फाले । म अरुलाई भन्दा पहिला आफैलाई करेक्सन गर्नेतर्फ छु । कति वर्ष बाँचिन्छ त्यो सबै समय युवाहरुको नेतृत्व गरेर समाजवादी क्रान्तिमा लाग्छु ।’

Vianet communication
Laxmi Bank

चुनाव जितेका टाठा बाठा धेरै बिग्रिएको भन्दै प्रचण्डले भने, ‘मैले जसलाई धेरै पटक मन्त्री बनाए त्यही सबैभन्दा ठूलो भगौडा । त्यही धोकेबाज भयो । मन्त्री बनाएपछि ठिक हुन्छ भन्ने ठानेको त के हुन्थ्यो । टोपबहादुर भन्नेलाई कति पटक मन्त्री बनाए । बादल हिजोको मेरो साथी बढी त भन्दिन । अहिले सम्झिँदा पनि एलर्जी हुन्छ ।’

वाइसीएललाई उत्तेजित बनाउने प्रयास

पाँचखाल पुगेर प्रचण्डले वाइसीएललाई उत्तेजित बनाउने उद्देश्यले भाषण गरेका छन् ।

इँटको जवाफ पत्थरले दिने गरी तयार हुन प्रचण्डले वाइसीएललाई निर्देशन दिएका छन् ।

 ‘अबको चुनावमा माओवादी पहिलो पार्टी हुँदैछ । पहिलो पार्टी हुनु पनि पर्छ’, उनले भने, ‘२०६४ मा पहिलो पार्टी भएको वाइसीएलकै कारण हो । वाइसीएल २०६४ मा फर्कनुपर्‍यो । अबको चुनाव ०६४ को जस्तो बनाउनै पर्छ । आइलागे भने इटाको जवाफ पत्थरले दिनुहोला । संरक्षण गर्ने जिम्मा हाम्रो भयो ।’

गाउँ गाउँमा वाइसीएलको प्रभाव हुनुपर्ने र जाली फटाहलाई ठाउँको ठाउँ ठीक पार्न सक्नुपर्ने उनले बताए । 

‘०६४ को चुनावमा गर्नु पनि गरियो र नगर्नु पनि गरियो त्यसैले ०६४ को चुनाव जितेका हौ । अब पनि चुनावमा जालझेल गर्नेहरुलाई भ्याकुर लखेटेझै लखेट्ने हो । तपाईंहरु तयार हुनुहोला’, प्रचण्डले भने, ‘हामी पनि शान्तिपूर्ण भन्ने र गुण्डा तथा भ्रष्टहरूलाई ठोक्ने नै हो । फटाहा आए भने गोद्ने भन्ने निर्णय गर्नुहोला त्यति भए ०६४ को भन्दा बढी हुन्छ ।’ 

प्रचण्डले अहिले माओवादी आन्दोलनको विरासत एक्लै बोकिरहेको दावी गरेका छन् ।  

‘मेरो टाउका हजारौ सहिदको भारी छ । अन्तिम साससम्म पनि विरासतको लागि लड्नुको विकल्प मलाई छैन । माओवादी आन्दोलनको विरासत एक्लै बोकिरहेको छु’, उनले भने । 

विभाजित भएका माओवादीहरूलाई एक ठाउँमा ल्याउने प्रयास भइरहेको पनि उनले बताए । 

‘माधव नेपाल, झलनाथको पार्टी बनाउनेमा हाम्रो पनि कम मेहनत छैन । मोहन, किरण विप्लव, माधव नेपाल सबैको पार्टीसँग स्थानीय तहमा हार्दिक बढाउनु होला । केन्द्रमा पनि हार्दिक बढाएका छौं’, प्रचण्डले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x