×

NMB BANK
NIC ASIA

बुद्ध एयरको आकस्मिक अवतरण

एक यात्रुको त्रासदीपूर्ण अनुभव: विमानस्थलमा भीडभाड देखेपछि बाँचिन्न भनेर रुवाबासी शुरू भयो

असोज ११, २०७८

NTC
Premier Steels

काठमाडौं निवासी हरि मानन्धर काम विशेषले आज विराटनगर जाँदै थिए । तर विराटनगर पुग्न नपाउँदै उनी चढेको विमानमा खराबी आयो । विमानलाई काठमाडौंमै आकस्मिक अवतरण गराइयो।

Muktinath Bank

जहाजको गियर (चक्का) खुलेको र लक पनि भएको कुरा ड्यासबोर्डमा इन्डिकेट गर्ने इन्डिकेटरमा बत्ति नबल्दा जहाज अवतरण हुन सकिरहेको थिएन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौंमा सफल अवतरण गरिएपछि विमानमा सवार ७३ यात्रु र चालक दलका ४ सदस्यको ज्यान जोगिएको छ। विमान 'फोर्स ल्यान्डिङ'पछि यात्रु मानन्धरले त्यो त्रासदीपूर्ण क्षणको अनुभव लोकान्तरसँग बाँडेका छन् ।


Advertisment
Nabil box
Kumari

प्रस्तुत छ मानन्धरको अनुभव उनकै शब्दमा :

Vianet communication

बिहान ८:०५ मा जहाज काठमाडौंबाट उडेको थियो। करीब ९ बजेतिर विराटनगर पुग्न लाग्दा जहाज ल्यान्ड हुन नसकेको कुरा थाहा पायौं ।

जहाजले विराटनगरको आकाशमा ३/४ फन्को मारिसकेको थियो । त्यसपछि हामीलाई चिन्ता हुन थाल्यो ।  कहिलेकाहीँ हावामा पनि जहाज होल्ड हुने गर्छ, केही समस्या भयो होला भनेर मैले सोचेको थिएँ। विराटनगरमा ल्यान्ड नगरे भोजपुरतिर लग्ला कि भन्ने पनि सोचें । तर केही समयपछि एयर होस्टेसले विमानमा केही प्राविधिक समस्या भएको छ, त्यसकारण हामी विराटनगरमा ल्यान्ड गर्दैनौं, काठमाडौं फर्किन्छौँ भनेर अनाउन्स गरिन् ।

ठिकै छ, त्यहाँ अवतरण गरेर फेरि हामीलाई विराटनगर ल्याउलान् भनेर हामी ढुक्क भएर बसेका थियौं। तर जब विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिक आएर काठमाडौंमा पनि अवतरण नगरी आकाशमा घुम्न थाल्यो, तब हामीलाई चिन्ता लाग्न थाल्यो । कहिले कोटेश्वरतर्फ लागिएको थियो भने कहिल्यै बौद्धतर्फ । कहिले तलतिर, कहिले एकदमै हाइटमा जहाज उडाइएको थियो । त्यसपछि जहाजमा यात्रारत सबै यात्रु डराउन थाले ।

तल जहाज जब विमानस्थल नजिक आयो तब झ्यालबाट हेर्दा त्यहाँ ८ सयदेखि हजार जनाको संख्यामा सुरक्षाकर्मी, सेनासहित मानिसहरू देख्यौँ । त्यसपछि हामी अब मर्ने भयौं भन्ने कुरा सबैको मनमा लाग्यो । अब बाँचिँदैन भनेर सबै आत्तिएका थिए । एयर होस्टेसलाई सोध्दा केही भएको छैन, सामान्य प्राविधिक समस्या हो भनेर मात्र भनिरहे । तर, उनीहरूको अनुहारमा डरको भाव प्रस्टै देखिएको थियो । उनीहरूले पनि बेलाबेला झ्यालबाट तल हेरिरहेका थिए । अब हामी सबै मर्ने भयौं भनेर रुवाबासी भयो ।

२ घण्टादेखि जहाज आकाशमा थियो, ल्याण्ड हुन सकिरहेको थिएन । त्यसपछि त यात्रुहरूले अब हामी मर्ने भयौं भनेर आफन्तलाई फोन गर्न थाले । केहीले म्यासेज गरे । बाँच्छौं भन्ने कसैले पनि सोचेका थिएन । सबैको होश उडेको थियो। अब के गर्ने भनेर सबै डराएका थिए ।

पछि विमानस्थलको रनवेको आधा मार्गमा पुगेर जहाजको सफल अवतरण गराइएको थियो। जहाज सफल तरिकाले अवतरण भएपछि बल्ल हामी बाँच्यौं भन्ने लागेको थियो। सबैले भगवानलाई सम्झिएर पुनर्जन्म भयो भन्दै लामो श्वास लिए ।

जहाजबाट ओर्लिएका सबै यात्रुलाई त्यहाँ विमानस्थलमै मेडिकल चेक जाँच गराइयो। सबै जना नर्मल अवस्थामा थिए।

विराटनगर जाने यात्रुलाई अर्को जहाजबाट फर्काइयो। म भने अब जान्नँ भन्दै काठमाडौं फर्किएँ । मसहित ८ जना जाति टिकट क्यान्सिल गराएर काठमाडौंमा नै बसेका छौं । फर्किने बेला गेटमा एक जना प्रहरीलाई मैले सोधें, के भएको थियो ? त्यसपछि ती प्रहरीले भने, 'तपाईंहरूको दोस्रो जन्म भएको छ, चक्का नै खुलेको थिएन भन्ने कुरा आइरहेको छ ।' जहाजमा के टेक्निकल खराबी भएको थियो त्यो हामीले थाहा पाएनौं, तर हाम्रो पुनर्जन्म नै भएको छ। सौभाग्यवश हामी सकुशल छौं ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x