माघ ५, २०८०
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
असोज २८, २०७८
सम्पूर्ण हिन्दू नेपालीहरू बडा दशैंको उल्लासमा छन् । अधिकांशले परिवारसँग नै बसेर दशैं मनाइरहेका छन् । तर, अत्यावश्यकीय सेवामा रहनेहरूका लागि भने दशैं ड्युटीमै बितिरहेको छ ।
अत्यावश्यकीय सेवामध्येकै एक हो, प्रहरी सेवा । अझ जिल्ला प्रहरीको नेतृत्वमा रहेकाहरूका लागि त दशैं झनै चापमा बित्ने गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्की आफू मातहतका कर्मचारीहरूसँग बसेर नै दशैं मनाइरहेका छन् ।
जिल्लाको प्रमुख भएर गएपछि सेवामा खटिएका प्रहरी कर्मचारीहरूलाई दशैं रमाइलो बनाइदिने र जिल्लामा चाडपर्वको समयमा हुने अपराधका घटनालाई न्यूनीकरण गर्ने उनको जिम्मा हो, सोही जिम्मेवारीबोध गर्दै उनी कर्तव्य पालनामा व्यस्त छन् ।
‘जिल्लामा तपाईंहरू जस्ता सर्वसाधरणलाई ढुक्क भएर दशैं मनाउन दिनु हाम्रो कर्तव्य हो त्यसका लागि २४ घण्टा खटिएका छौं र खट्छौं,’ एसपी कार्कीले लोकान्तरसँग भने,‘जिल्लामा हुने अपराधका घटनालाई न्यूनीकरण गर्नु मेरो दायित्व हो, त्यसमा लागिपरेको छु । दशैं अर्को साल परिवारसँग मनाउँला ।’
यसका साथै परम्परालाई धान्ने र रमाइलो गरेर आफ्ना कर्मचरीहरूसँग दशैं मनाउने योजना रहेको एसपी कार्कीले बताए ।
अघिल्लो वर्ष परिवारसँग दशैं मनाएका उनले यसपालि भर्चुअलरूपमा परिवारसँग भेटघाट र संवाद गर्नेछन् ।
‘यसपालि टीकाको दिन अनलाइनबाट दिन छोराछोरीलाई आर्शिवाद दिने योजनामा छु, र मैले पनि अग्रजबाट अनलाइनबाटै आर्शिवाद लिने योजना बनाएको छु,’ एसपी कार्कीले लोकान्तरसँग भने ।
भारतसँग सिमाना जोडिएको जिल्ला भएका कारण दशैंमा हुने अवैध चोरी निकासी र तस्करी जस्ता अपराध नियन्त्रण गर्न दिनरात लागिपर्ने उनले बताए ।
....
भौगोलिक हिसाबले चूनौतीपूर्ण रहेको मनाङ जिल्लाको कमाण्ड अहिले प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास खड्काले सम्हालिरहेका छन् ।
मौसमको प्रतिकूलताका बीच पनि उनले दशैंमा कसरी सुरक्षा दिने भन्नेतर्फ ध्यान दिएका छन् । हिमाली जिल्ला, त्यसैमा पनि अधिकांश ठाउँमा हिउँ हुने भएकाले पनि सुरक्षा दिनु चूनौतीपूर्ण छ, तर पनि दशैंको समयमा सुरक्षा दिन लागिपरेका छन् ।
त्यसका साथै नजिकिँदै गरेको दशैंमा आफू मातहतका कर्मचारीको दशैं रमाइलो बनाइदिने जिम्मा पनि उनको काँधमा छ ।
भौगोलिक हिसाबले अप्ठ्यारो ठाउँमा भएकाले धेरैजसो प्रहरी दशैंमा घर जान पाएका छैनन् । कतिपयले भने परिवारका सदस्यलाई मनाङमै बोलाएर दशैं मनाइरहेको डीएसपी खड्काले लोकान्तरलाई बताए ।
‘कतिपय साथीहरूले दशैंमा परिवार यतै बोलाउनु भएको छ, तर अधिकांश साथीहरू परिवारबाट टाढा हुनुहुन्छ,’ डीएसपी खड्काले लोकान्तरसँग भने,‘उहाँहरूको दशैं रमाइलो बनाइदिनु मेरो दायित्व हो ।’
आफूले भने परिवारलाई यसपालिको दशैंसँगै मनाउन नपाउने कुरामा कन्भिन्स गरिसकेको उनले बताए ।
‘प्रहरीको जागिर परिवारलाई थाहा छ, तर पनि यसपालि दशैंमा आउन नपाउने कुरा परिवारलाई कन्भिन्स गरेको छु,’ डीएसपी खड्काले लोकान्तरसँग भने,‘अर्को सालसँगै मनाउँला भनेको छु ।’
जिल्लामा भएका सरकारी कर्मचारी र अन्य निकायका कर्मचारी दशैं मनाउन घर गइसकेकाले ती कार्यालयहरूको सुरक्षा दिनु पनि प्रहरीको दायित्व हो ।
....
पहाडी जिल्लामध्ये चीनसँग सिमाना जोडिएको जिल्ला हो, दोलखा ।
भौगोलिक हिसाबले अलि विकट र सुरक्षाको हिसाबले पनि संवेदनशील मानिने दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजाल पनि यसपालिको दशैंमा बुवाआमाको आर्शिवाद भर्चुअल माध्यमबाट लिने तयारीमा छन् ।
‘कोरोनाको महामारी शून्य भइसकेको अवस्था छैन । जिल्लाको समग्र सुरक्षाको कमान्ड आफ्नो काँधमा भएपछि दशैंमा घर जाने भन्ने हुँदैन । बुवाआमाको आर्शिवाद भिडियोबाट लिने योजनामा छु,’ डीएसपी रिजालले लोकान्तरसँग भने ।
आफू मातहतका कर्मचारीलाई टीका लगाइदिने र खानपिनको समेत व्यवस्था गर्ने योजना रहेको उनले बताए ।
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...