×

NMB BANK
NIC ASIA

बेमौसमी वर्षा

वर्षाबाट १९ जिल्ला प्रभावित, ६ को मृत्यु, अझै केही दिन वर्षा जारी रहने

कात्तिक २, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

अविरल वर्षाका कारण देशका १९ जिल्ला प्रभावित भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा कालीकोट, डडेलधुरा, कञ्चनपुर, बझाङ, बर्दिया, कैलाली, डोटी, सुनसरी, दैलेख, दार्चुला, बाजुरा, सुर्खेतलगायतका १९ जिल्ला प्रभावित हुनुका साथै ६ जनाको मृत्यु भएको उल्लेख गरिएको छ ।

Muktinath Bank

मृतकमा कालिकोटका १ जना, डडेलधुराका १, डोटीका २ र सुनसरीका २ जना रहेका छन् । यस्तै ५ जना घाइते भएका छन् भने बेपत्ताको विवरण मन्त्रालयले खुलाएको छैन । तर, मिडियो रिपोर्टमा बझाङमा पहिरोमा परी २३ जना बेपत्ता भएको उल्लेख गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै ३ दिनदेखिको अविरल वर्षाका कारण ४ घर पहिरोले पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने करिब ५०० परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । कतिपय जिल्लाहरुमा सञ्चार सम्पर्क, विद्युत सेवाका साथै सडक अवरुद्ध भएको पनि मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


Advertisment
Nabil box
Kumari

यसैबीच बाढी पहिरोबाट सिर्जित परिस्थितिलाई दृष्टिगत गर्दै आजै गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षमा बैठक बसेर प्रभावित जिल्लाहरुमा नागरिकको जीउधनको सुरक्षाका लागि सुरक्षा निकायहरुले संयुक्त प्रयास जारी राख्न एवम् सेनाको हेलिकोप्टरलाई तयारी अवस्था राख्नका साथै उद्दारका लागि अन्य आवश्यक सामग्रीहरु समयमै उपलब्ध गराउन सकिने गरी व्यवस्थापन गर्न निर्देशन भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले वर्षा कायमै रहेको र अझै केही दिन जारी रहने जल तथा मौसम विभागलाई उदृत गर्दै जनाएको छ । मन्त्रालयले तटीय र जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई उच्च सतर्कता कायम राख्न पनि अनुरोध गरेको छ ।

Vianet communication
Laxmi Bank

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x