×

NMB BANK
NIC ASIA

प्रदेश २ र लुम्बिनी प्रदेशका २२ जना घुमुवा प्रहरी कारवाहीमा, सातै प्रदेशलाई २७ बुँदे निर्देशन

कात्तिक ९, २०७८

NTC
Premier Steels

२ नम्बर प्रदेश र लुम्बिनी प्रदेशका २२ जना घुमुवा प्रहरी कारवाहीमा परेका छन् । 

Muktinath Bank

प्रहरी प्रधान कार्यालयले केही समयअगाडि प्रदेश नम्बर २ मा प्रहरी प्रधान कार्यालय अन्तर्गतको विषेश ब्यूरोका एसएसपी टेकप्रसाद राई र प्रहरी प्रधान कार्यालयकै एसएसपी भीम ढकाललाई लुम्बिनी प्रदेशमा सुक्ष्म अनुसन्धानका लागि पठाएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यही अध्ययनको निष्कर्षका आधारमा प्रहरी नायब निरीक्षकदेखि जवानसम्मका सादा पोशाकका प्रहरी (घुमुवा प्रहरी)लाई कारवाही स्वरुप २० कार्य दिन आचरण सुधार तालिम र अनुसन्धान भइरहेको प्रहरी हेडक्वार्टर स्रोतले जानकारी दियो ।


Advertisment
Nabil box
Kumari

प्रहरीको उच्च स्रोतका अनुसार आर्थिक अनियमितता, गैर व्यावसायिक आचरण, माथिल्लो निकायबाट निगरानी र निर्देशनको अवज्ञासम्बन्धी प्रश्न प्रतिवेदनमा उठाइएको थियो भने सीमा नाकाहरूमा एउटै व्यक्तिलाई लामो समयसम्म सादा पोशाकमा घटाउँदा समस्या देखिएको पनि उल्लेख थियो ।

Vianet communication

त्यसैका आधारमा प्रहरी प्रधान कार्यालयले २२ जनालाई आचरण सुधार गर्न कारवाही स्वरुप तालिममा राखेको र थप अनुसन्धान गरिरहेको छ । 

त्यसका साथै त्यही अनुगमनको प्रतिवेदन अनुसार गैर व्यावसायिक आचरण गर्ने सर्लाहीका १ जना कार्यालय प्रमुखलाई प्रहरी प्रधान कार्यालय तानेर स्पष्टीकरण समेत सोधेको स्रोतले लोकान्तरलाई जनाकारी दियो ।

अन्य प्रहरीहरूलाई पनि अनुसन्धान गरिरहेको र गल्ती कमजोरी देखिएमा कारवाही गर्ने समेत प्रहरी हेडक्वार्टरले जनाएको छ ।

के छ २७ बुँदे निर्देशनमा ?

प्रदेश कार्यालयहरू, विभिन्न प्रहरी कार्यालय, प्रहरी प्रधान कार्यालयमा मौखिक उजुरी र विभिन्न सामाजिक सञ्जालमा सादा पोशाकका घुमुवा प्रहरीको आचरण र आर्थिक अनियमिता भएको गुनासो आएपछि प्रहरी प्रधान कार्यालयले दशैंअगाडि प्रदेश २ र लुम्बिनी प्रदेशमा प्रहरी वरिष्ठ उपरीक्षकको टोली पठाएको थियो ।

उनीहरूले दिएको प्रतिवेदनका आधारमा प्रहरी प्रधान कार्यालयले ७ वटै प्रदेशमा २७ बुँदे निर्देशन दिएको छ ।

२७ बुँदे निर्देशनमा सीमा क्षेत्रमा ६/६ महिनामा घुमुवा प्रहरीको पूरै टोली परिर्वतन गर्ने उल्लेख छ । जसमा प्रदेश, जिल्ला र इलाकाबाट खटिएका सबै सादा पोशाकका प्रहरीलाई बदली गर्न निर्देशन दिइएको छ ।

सिनियर प्रहरी अधिकृतको कमाण्डमा टास्क बेसको आधारमा कार्यालय प्रमुख वा तोकिएको अधिकारीले उनीहरूलाई नियमित अनुगमन र सुरपरीवेक्षण गर्न पनि निर्देशन दिइएको छ । साथै कार्यसम्पादनको आधारमा दण्ड र पुरस्कार गर्न पनि निर्देशन दिइएको छ ।

सीमा क्षेत्रमा हुने अवैध चोरी तस्करीका विरुद्धमा गतिविधि रोक्न कडा कारवाही गर्ने र मातहतका कमाण्डरहरूलाई उच्च नैतिकतामा बस्न अभियान चलाउन प्रहरी हेडक्वार्टरले भनेको छ । 

तराईका अधिकांश प्रहरी कार्यालयहरूमा सरसफाई नभएको पाइएकाले जिल्ला प्रमुखले आफैँ गएर त्यसमा विषेश ध्यान दिन, ब्यारेक लेआउट, कर्मचारी टर्न आउट, अनिवार्य ड्युटी र फौजी संस्कार लागू गर्ने निर्देशन दिएको प्रहरी हेडक्वार्टर स्रोतले बताएको छ ।

आर्थिक अनियमितताका गुनासाहरू धेरै आएकाले त्यसलाई विषेश अनुगमन गर्न पनि कार्यालय प्रमुखलाई निर्देशन दिइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x