२६ जेठ २०८३, मंगलबार

चुनावमा पहिलो पार्टी बनेर माओवादीले देश विकासको नेतृत्व लिन्छ : पम्फा भुसाल (भिडियोसहित)

मंसिर ११, २०७८

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवम् नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य पम्फा भुसालले पार्टीको आगामी राष्ट्रिय अधिवेशनले देशलाई नेतृत्व दिने गरी राजनीतिक कार्यदिशा तय गर्ने बताएकी छिन् । 

माओवादी केन्द्र महालक्ष्मी नगर कमिटी अधिवेशनको शनिवार उद्घाटन गर्दै नेतृ भुसालले आगामी सम्मेलनबाट माओवादीले देशलाई समाजवादमा लैजाने बाटो तय गर्ने बताएकी हुन् । 

‘हाम्रै अगुवाईमा आज देशले परिवर्तन देखेको छ, यदि हामीले बनाएको बाटोमा एमाले नआएको भए आज उनीहरूको पार्टी पतन भइसक्थ्यो । अहिले उनीहरू तीनवटा पार्टीमा चिरा परिसकेका छन्’, भुसालले भनिन्, ‘अब हुने निर्वाचनमा हाम्रो पार्टीले देशको नेतृत्व लिनेमा म आशावादी छु ।’ 

कार्यक्रममा मन्त्री भुसालले दुई जना भाइरल जोडी बिनयजंग बस्नेत पद्यमतीलाई पार्टी प्रवेश गराइन् । 

शनिवार नै ललितपुरमा गोदावरी नगर अधिवेशन उद्घाटन गर्दै मन्त्री भुसालले माओवादी पार्टी अझै सुदृढ र क्रान्तिकारी बनेर जाने बताइन् ।

‘हाम्रो पार्टी गरिब तथा दुःखी र सर्वहारा वर्गको हितमा सदैव काम गर्न क्रियाशील छ, २१ औं शताब्दी अनुरुपको समाजवाद निर्माण गर्न आफूहरू मुलुकभर सम्मेलनमार्फत उत्रिएका छौँ,’ उनले भनिन् । 

मन्त्री भुसालले शनिवार नै ललितपुर महानगर अधिवेशनलाई सम्बोधन गर्दै नेकपा एमालेले विचार र विधिलाई प्राथमिकतामा नराखी केपी ओलीको ब्यक्तिबादी सोचलाई मात्र अघि सारेको टिप्पणी गरिन् । 


 

भिडियोमा हेर्नुहोस्

salt training

कमेन्ट गर्नुहोस्