×

NMB BANK
NIC ASIA

चुनावमा पहिलो पार्टी बनेर माओवादीले देश विकासको नेतृत्व लिन्छ : पम्फा भुसाल (भिडियोसहित)

मंसिर ११, २०७८

NTC
Premier Steels

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवम् नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य पम्फा भुसालले पार्टीको आगामी राष्ट्रिय अधिवेशनले देशलाई नेतृत्व दिने गरी राजनीतिक कार्यदिशा तय गर्ने बताएकी छिन् । 

Muktinath Bank

माओवादी केन्द्र महालक्ष्मी नगर कमिटी अधिवेशनको शनिवार उद्घाटन गर्दै नेतृ भुसालले आगामी सम्मेलनबाट माओवादीले देशलाई समाजवादमा लैजाने बाटो तय गर्ने बताएकी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हाम्रै अगुवाईमा आज देशले परिवर्तन देखेको छ, यदि हामीले बनाएको बाटोमा एमाले नआएको भए आज उनीहरूको पार्टी पतन भइसक्थ्यो । अहिले उनीहरू तीनवटा पार्टीमा चिरा परिसकेका छन्’, भुसालले भनिन्, ‘अब हुने निर्वाचनमा हाम्रो पार्टीले देशको नेतृत्व लिनेमा म आशावादी छु ।’ 


Advertisment
Nabil box
Kumari

Vianet communication

कार्यक्रममा मन्त्री भुसालले दुई जना भाइरल जोडी बिनयजंग बस्नेत पद्यमतीलाई पार्टी प्रवेश गराइन् । 

शनिवार नै ललितपुरमा गोदावरी नगर अधिवेशन उद्घाटन गर्दै मन्त्री भुसालले माओवादी पार्टी अझै सुदृढ र क्रान्तिकारी बनेर जाने बताइन् ।

‘हाम्रो पार्टी गरिब तथा दुःखी र सर्वहारा वर्गको हितमा सदैव काम गर्न क्रियाशील छ, २१ औं शताब्दी अनुरुपको समाजवाद निर्माण गर्न आफूहरू मुलुकभर सम्मेलनमार्फत उत्रिएका छौँ,’ उनले भनिन् । 

मन्त्री भुसालले शनिवार नै ललितपुर महानगर अधिवेशनलाई सम्बोधन गर्दै नेकपा एमालेले विचार र विधिलाई प्राथमिकतामा नराखी केपी ओलीको ब्यक्तिबादी सोचलाई मात्र अघि सारेको टिप्पणी गरिन् । 


 

भिडियोमा हेर्नुहोस्

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x