×

NIC ASIA

सन्दर्भ : कांग्रेस महाधिवेशन

कांग्रेस केन्द्रीय सदस्यको होडमा युवा आकांक्षी, यस्ता छन् एजेन्डा

मंसिर २२, २०७८

Prabhu Bank
NTC
Premier Steels
Marvel

कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत तल्लो तहको अधिवेशनमा युवा नेतृत्वको वर्चश्व कायम भयो ।

निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्ये पनि करीब ६० प्रतिशत युवा रहेको कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी बताउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेसको १४ औं महाधिवेशनमा पार्टीमा युवा पुस्ताको लहर देखिएको छ ।


Advertisment
Rupse Holidays
Nabil box

कांग्रेसका विभिन्न संगठनहरूमा नेतृत्वदायी भूमिकामा रहेर काम गरेका युवा नेताहरू राष्ट्रिय राजनीतिमा होमिने तयारीमा छन् । त्यसका लागि महाधिवेशनबाट केन्द्रीय कार्यसमिति सदस्य निर्वाचित हुनुपर्छ ।

Vianet communication

यसअघि कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संगठन, तरूण दल लगायतका संगठनको नेतृत्वदायी भूमिकामा रहेर काम गरेका युवा नेताहरू अहिले पार्टीको केन्द्रीय सदस्य उम्मेदवार भनेर प्रचारप्रसारमा व्यस्त छन् ।

पार्टीभित्रको विकृति हटाउन युवा नेतृत्व– मेदनी सिटौला

झापाका मेदनी सिटौला नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष, तरूण दलको केन्द्रीय सदस्य र कांग्रेस महासमिति सदस्य समेत भइसकेका युवा नेता हुन् । 

सिटौला नेपाल विद्यार्थी संघको उपाध्यक्ष हुँदा गगन थापा महामन्त्री थिए । थापाले अहिले पार्टीको महामन्त्रीको उम्मेदवारी घोषणा गरेका छन् भने सिटौलाले यसपटक केन्द्रीय सदस्य बन्ने आकांक्षा राखेका छन् । 

नेपाली कांग्रेसमा देखिएको विकृति विसंगती अन्त्य गरेर प्रतिपक्षसँग खरोरूपमा उत्रन सक्ने पार्टी बनाउनका लागि केन्द्रीय समितिमा युवाहरूको आवश्यकता रहेको सिटौला बताउँछन् । पार्टीमा पुस्तान्तरण हुनुपर्ने तर्क गर्ने सिटौलाले कांग्रेसमा विधि र पद्धतिको कुरालाई जोडतोडका साथ उठाउने गरेका छन् । 

पार्टी केन्द्रीय कमिटीले नेपाल विद्यार्थी संघ विघटन गर्दा सिटौला अनशन नै बसेर त्यसको विरोध गरेका थिए । ‘पार्टी विधिसम्मत ढंगले चल्नुपर्ने भन्ने विषयको वकालत गर्दै आएको छु । म केन्द्रीय सदस्य भएँ भने बाहुबलीबाट पार्टी चल्ने व्यवस्थाको अन्त्य गराउन प्रयत्न गर्छु’, सिटौलाले भने । 

सिटौलाले कानूनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका छन् । 

विधान सरल र सहज बनाउने प्रयत्न गर्छु– टेकराज पौडेल 

नेपाल विद्यार्थी संघमा दुई कार्यकाल महामन्त्री र तरूण दलको केन्द्रीय सदस्य भइसकेका टेकराज पौडेल १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका छन् ।

१३ औं महाधिवेशनमा पनि उनी केन्द्रीय सदस्यका उम्मेदवार थिए । 

१४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएमा पार्टीलाई व्यवस्थित बनाउन र विधि विधानमा हिँडाउन प्रयत्न गर्ने उनले बताए । 

‘कांग्रेसलाई व्यवस्थित बनाउनको लागि पार्टीको विधानमा भएको समस्यालाई हटाउन आवश्यक छ,’ पौडेल भन्छन्, ‘विधान सरल बनाउन सकियो र पार्टीलाई विधिमा हिँडाउन सकियो भने कांग्रेसको ५० प्रतिशत समस्या समाधान हुन्छ ।’

त्यसबाहेक गतिशील कांग्रेस बनाउन आफूले सक्दो योगदान गर्ने पौडेलले बताए । 

पार्टीमा दण्ड र पुरस्कारको व्यवस्था गराउन प्रयत्न गर्छु– मनोजमणि आचार्य 

कांग्रेसका अर्का युवा नेता मनोजमणि आचार्यले रोल्पाबाट विद्यार्थी राजनीति शुरू गरेका हुन् । यसअघि नेपाल विद्यार्थी संघको महामन्त्री र उपाध्यक्ष भइसकेका आचार्यले १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका छन् । 

‘कांग्रेसलाई थप मजबुत बनाउन र पार्टीभित्र न्यायको वातावरण सिर्जना गर्न केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेको हुँ’, आचार्यले भने, ‘धूलोमूलोबाट आउने निम्न वर्गीय व्यक्तिको भूमिकालाई मूल प्रवाहमा ल्याउन मेरो भूमिका हुन्छ ।’

पार्टीभित्र काम र योगदानको मूल्यांकन गर्ने परिपाटी नभएको र आफू केन्द्रीय सदस्य निर्वाचित भएमा त्यसको लागि पहल गर्ने उनले बताए ।

‘एक भारी घाँस काट्ने र एक भारी घाँस जलाउने व्यक्तिको एउटै मूल्यांकन हुँदैन । पार्टीमा दण्ड र पुरस्कारको व्यवस्था हुनुपर्छ । अनि मात्रै पार्टी गतिशील हुन्छ । मेरो त्यही प्रयत्न हुनेछ’, उनले भने । आचार्य कांग्रेस संस्थापन इतर खेमाबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्न लागेका छन् ।

कांग्रेसको वैचारिक रूपान्तरण मूल एजेण्डा– उर्मिला थपलिया 

नेपाल विद्यार्थी संघको महामन्त्री र उपाध्यक्ष धादिङकी उर्मिला थपलिया १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बनेकी छन् । 

समय अनुकूलको युवा विचारको समिश्रणबाट नविन कांग्रेस बनाउनका लागि केन्द्रीय सदस्यको उम्मेदवार बनेको थपलियाले बताएकी छन् । 

पार्टीमा गुटको अन्त्य गरेर एकता कायम गर्नुपर्ने, युवा र महिला सहभागितासहितको उत्साह र वैचारिक रूपान्तरणका लागि केन्द्रीय सदस्य बन्न चाहेको उनी बताउँछिन् ।

महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएमा तल्लो तहका कार्यकर्ताको विचार, भावना र कार्यक्रमहरू केन्द्रीय समितिसम्म पुर्‍याउन र पार्टीमा सबैको सहजै पहुँच पुर्‍याउन पहल गर्ने उनले बताइन् ।

आरक्षणको पुनर्व्याख्या आवश्यक– प्रकाश रसाइली

संघीय प्रतिनिधि सभाको सदस्य रहेका बझाङका प्रकाश रसाइली पनि केन्द्रीय सदस्यका उम्मेदवार छन् । उनले आफैँले ‘अनुशासित पार्टी, क्रान्तिकारी विचार, कांग्रेस रूपान्तरण नै समृद्ध नेपाल’ नारा तय गरेर केन्द्रीय सदस्यको प्रचार गरिरहेका छन् । १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका, पार्टीमा समाजिक विभेद, महिला हिंसाविरुद्ध सदनदेखि सडकसम्म सशक्त रूपमा आवाज उठाउने उनी बताउँछन् ।

नेपालले अपनाएको समावेशी लोकतन्त्रमा भित्र पनि समस्या रहेको र त्यसलाई सुधार्न पार्टीले पहल गर्न आवश्यक रहेको उनले बताए । ‘आरक्षणको व्यवस्था गरिएको छ । तर, त्यो कहिलेसम्म भन्ने खुलेको छैन । जीवनभर आरक्षण त हुँदैन । कति वर्षसम्म आरक्षण भयो भने अरू वर्गसँग प्रतिस्पर्धा गर्न योग्य हुन्छ ? यसमा बहस र परिभाषित गर्न आवश्यक छ’, रसाइलीले भने, ‘केन्द्रीय सदस्य हुँदा यिनै विषयमा बसह पैरवी गर्नेछु ।’

विधि र विधान नै एजेण्डा– प्रतिमा गौतम 

नेपाल विद्यार्थी संघको पूर्व महामन्त्री प्रतिमा गौतम २०७० को संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनेकी थिइन् । तत्कालीन एमाले अहिले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग उनी संविधानसभा निर्वाचनमा पराजित भइन् । त्यसअघि २०६४ मा गौतम संविधान सभामा समानुपातिक उम्मेदवार थिइन् । 

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा खुल्ला महिलातर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेकी गौतम केन्द्रीय सदस्य निर्वाचित भएमा पार्टीलाई विधि विधानमा चलाउन प्रयत्न गर्ने उनको भनाइ छ ।

‘लामो समयसम्म पार्टीको विभाग नै बन्न सकेन । विधि, विधानमा पार्टी नचल्दा भद्रगोल अवस्था आयो । केन्द्रीय सदस्य भएर त्यसलाई सुधार्ने प्रयत्न हुनेछ’, गौतमले भनिन् । 

त्यसबाहेक, नीति निर्माण तहमा महिलाको उपस्थिति कमजोर भएकाले त्यसलाई स्थापित गर्न पनि आफ्नो भूमिका हुने उनले बताइन् । 

‘नीति निर्माण तहमा महिलाको बलियो उपस्थिति गराउन र जनमुखी कांग्रेस बनाउन मेरो प्रयत्न हुनेछ’, उनले भनिन् । 

राज्यले संरक्षण गर्नुपर्ने निकाय र कांग्रेसको सम्बन्ध स्थापित गर्छु– कुन्दनराज काफ्ले 

नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री कुन्दनराज काफ्लेले पनि कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका छन् । राज्यले संरक्षण गर्नुपर्ने निकाय र कांग्रेसको केन्द्रीय कार्यालयबीचको सम्बन्ध टुटेको र त्यसलाई फेरि जोड्नका लागि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको उनले बताए । 

‘सानो चिया पसलदेखि, किसान, मजदुरको संरक्षण राज्यले गर्नुपर्छ । त्यसको पहलकदमी कांग्रेसले गर्नुपर्ने हो । तर, ती वर्ग र सानेपाको सम्बन्ध टुटेको छ । महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएँ भने त्यही टुटेको सम्बन्ध स्थापित गर्ने प्रयत्न गर्छु’, काफ्लेले भने । 

त्यसबाहेक, काफ्लेले आफू केन्द्रीय सदस्य बन्दा आफ्नो पुस्ताको आकर्षण कांग्रेसमा बढ्ने बताए । ‘संविधानमा लेखिएका कुराहरू हुबहु लागू गराउन आवश्यक छ । संविधानमा निःशुल्क शिक्षा र स्वास्थ्यको कुरा गरिएको छ । त्यसलाई जस्ताको तस्तै लागू गराउन आवश्यक छ । म त्यसको पहल गर्छु’, उनले भने । 

त्यसैगरी, कांग्रेसको ऐतिहासिक पृष्ठभूमिको रक्षा गर्दै विधि र विधानको आधारमा पार्टीलाई चलाउन आवश्यक रहेकाले केन्द्रीय सदस्य निर्वाचित भएमा त्यसमा दत्तचित्त भएर प्रयत्न गर्ने उनले बताए ।

अब विद्यार्थी राजनीतिमा फर्कन्नँ– दीपक भट्टराई  

नेपाल विद्यार्थी संघको महामन्त्री दीपक भट्टराईले पनि १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेर प्रचारप्रसार व्यापक बनाएका छन् । 

पार्टीलाई ऊर्जावान बनाउनका लागि युवा शक्तिको जरुरत रहेकाले आफूले केन्द्रीय सदस्य बन्ने आकांक्षा राखेको उनले बताए । ‘हामीले व्यवस्था परिवर्तनका लागि संघर्ष गर्‍यौं । अब अवस्था परिवर्तनका लागि संघर्ष आवश्यक छ’, भट्टराई भन्छन्, ‘युवा विद्यार्थी भविष्यका कर्णधार मात्रै होइनन्, वर्तमानका साझेदार पनि हुन् । त्यही कुरा स्थापित गर्न केन्द्रीय सदस्यको उम्मेदवार बनेको हुँ ।’

पार्टी राजनीतिमा आएपछि अब फेरि विद्यार्थी राजनीतिमा नफर्कने उनले बताए । सबल कांग्रेस र समृद्ध नेपाल निर्माणका लागि राजनीति आवश्यक भएको र युवा पुस्ताले नै त्यसमा योगदान गर्न सक्ने उनी बताउँछन् । 

अहिले कांग्रेस वैचारिक रूपमा अलमलिएको र कांग्रेसलाई नयाँ विचार र पुरानो संस्कारयुक्त पार्टी बनाउन युवाको भूमिका हुने भएकाले केन्द्रीय सदस्यको उम्मेदवार भएको भट्टराईले बताए । 

‘नयाँ विचारसहितको बीपीको बेलाको संस्कार भएको पार्टी चाहिएको छ । पार्टीको एउटा सदस्यले अर्को सदस्यलाई परिवारको सदस्यको रूपमा ठान्ने बीपीको बेलाको संस्कार चाहिएको छ’, उनले भने, ‘त्यसले मात्रै एकजुट कांग्रेस बनाउन सक्छ । केन्द्रीय सदस्य भएर त्यसैको लागि पहल गर्नेछु ।’    

‘समुन्नत नेपाल, सम्मानित नेपाली’को एजेण्डा स्थापित गराउँछु– अजयबाबु सिवाकोटी 

नेपाल प्रेस युनियनको महासचिव भएका अजयबाबु सिवाकोटी पनि कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार छन् । 

दोलखाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि भएका सिवाकोटी विद्यार्थी राजनीति हुँदै पत्रकारितामा आएका हुन् । सिवाकोटीले कांग्रेसको भातृ संगठन नेपाल प्रेस युनियनमा लामो समय केन्द्रीय सदस्य भएर काम गरे । 

देशमा राजनीतिक परिवर्तन भएको र अब मूलधारका पार्टीहरूको एउटै एजेण्डा समुन्नत नेपाल र सम्मानित नेपाली बनाउने हुनुपर्ने सिवाकोटी बताउँछन् । पार्टीमा त्यही एजेण्डा स्थापित गराउनका लागि केन्द्रीय सदस्यको उम्मेदवार बनेको उनले बताए । 

‘देशको समृद्धि नागरिकको सम्मानसँग जोडिँदोरहेछ । राजनीतिक परिवर्तन हुँदैमा समृद्धि आउने होइन । मूल धारका राजनीतिक दलले अब यसैका लागि काम गर्नुपर्छ ।

महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएमा कांग्रेसको केन्द्रीय नेताको हैसियतमा समृद्धिको एजेण्डालाई प्रवद्र्धन गर्ने योजना छ’, सिवाकोटीले भने ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x