×

NMB BANK
NIC ASIA

प्राइभेट कम्पनीको स्वामित्वमा सरकारी वेबसाइट, यसकारण ह्याक भइरहन्छ

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १४ असार–
बुधवार विहानै सरकारका विभिन्न ३ मन्त्रालयका वेबसाइट ह्याक भए । डब्लुडब्लुडब्लु डट ईन्जेक्टि डट नेट (www.enjekte.net) को नाममा सरकारका रक्षा मन्त्रालय, कानून, न्याय, कानून तथा संसदीय व्यवस्था मन्त्रालयको साईट ह्याक भएको हो ।

आफूलाई टर्कीबाट बताउने ती ह्याकरले टर्कीका धार्मिक नेता भनिने मुहमद फेतुल्लाह गुलेनको आतंककारी संगठन फेतुल्लाह टेरोरिस्ट अर्गनाइजेसन (एफईटीओ) को लगानीमा रहेका सम्पूर्ण विद्यालय तथा संघसंस्था बन्द गर्न चेतावनी दिएको छ । त्यसो नगरे सरकारका सम्पूर्ण डाटावेस र डाटाहरु चुहाईदिने धम्की दिएका छन् ।

फेतुल्लाह तीनै व्यक्ति हुन् जो अहिले अमेरिकामा निर्वासनमा छन् । र केही समय अगाडि टर्कीमा भएको असफल सैन्य कु प्रयासमा उनको संगठन ( फेतुल्लाह टेरोरिस्ट अर्गनाइजेसन)को संलग्नता रहेको टर्की सरकारले दावी गर्दै आएको छ ।

किन भयो ह्याक– दूरसञ्चार प्राधिकरण यसो भन्छ



नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले सरकारी वेबसाइट ह्याक भएको सूचना भरखरै प्राप्त भएको बताउँदै त्यस सम्बन्धमा गम्भीर अनुसन्धान गरिने बताए ।

ह्याकरले नेपालका सरकारी वेवसाईटमा साईवर आक्रमण गरेका उनले बताए । ‘ह्याकरहरु साइट ह्याक गर्न निरन्तर सक्रिय भईरहेका हुन्छन्,’ उनले लोकान्तरसँग भने, ‘तीनले कतै सहज स्थिति पाउनेवित्तिकै ह्याक गरिहाल्छन् ।’ ह्याक भएको सम्बन्धमा आवश्यक सूचना संकलन गर्न लागेको उनले बताए ।

कसले हेर्छ सरकारी वेवसाईट ?

नेपाल दूरसंचार प्राधिकरणले करीव ४ वर्षदेखि सरकारी सरकारी वेबसाइटका डोमेन जीओभी डट एनपी (gov.np) को रेखदेख गर्ने जिम्मा प्राइभेट कम्पनी मर्केन्टाईल कम्युनिकेसनलाई दिएको छ । गोपनियता र महत्वपूर्ण सरकारी सूचनाको रक्षाका लागि सरकारले नै यस्तो डोमेन लिने अन्तर्राष्ट्रिय अभ्यास भए पनि नेपालले भने निजी क्षेत्रको प्रदायक संस्था मर्केन्टाईललाई यस्तो जिम्मा दिएको छ ।

आफ्नो डेमेन सरकार स्वयंले लिएको भए यस्तो समस्या नआउने प्रवक्ता अर्यालले बताए । ‘आफ्नो डोमेन सरकार स्वयंले लिएको भए हुन्थ्यो,’ उनले थपे, ‘तर तत्कालिन अवस्थामा सरकारले यसको स्वामित्व लिन नसकेपछि मर्केन्टाईलाई दिइएको थियो ।’

के छ कानूनी व्यवस्था ?

प्राधिकरणका प्रवक्ता अर्यालका अनुसार, यस्तो साईबर आक्रमण रोक्ने सम्बन्धमा मूलतः इलेक्ट्रोनिक ट्रान्जेक्ट ऐन र आईटी पोलिसीले कानूनी व्यवस्था गरेको छ । यसबाहेक नेपाल प्रहरीले पनि यस सम्बन्धमा आफ्नो ढंगले अध्ययन गर्छ । त्यस्तै, पछिल्लो समय साईबर कानून बनाउने सम्बन्धमा पनि त्यसको तयारी भईरहेको प्राधिकरण बताउँछ ।

पुरानै समस्या

सरकारी वेबसाइट ह्याक हुने घटना यो नौलो हैन । यसअघि पनि सरकारी वेबसाइटहरु ह्याक भएका छन् । यहाँसम्म की सरकारी स्वामित्वको प्रमु्ख दूरसञ्चार प्रदायक कम्पनी नेपाल टेलिकमको वेबसाइट समेत ह्याकरले ह्याक गरेका थिए ।

यसअघि नेपालमै आईटी अध्ययन गर्ने केही विद्यार्थीले ‘रमाइलोका लागि’ सरकारी वेबसाइट ह्याक गरेको भनेर बयान दिएका थिए । उनीहरुकै भनाईलाई मान्ने हो भने पनि नेपालका वेबसाइट ह्याक गर्न धेरै सजिलो छ ।

वेबसाइट ह्याक हुनुको प्रमुख कारण सरकारी लापरवाही हो । र निजी कम्पनीलाई सरकारी वेबसाइटको स्वामित्व दिनुले पनि सरकारी वेबसाइटहरु असुरक्षित भएको आईटीका जानकारहरु बताउँछन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x