×

NMB BANK
NIC ASIA

माओवादी महाधिवेशन

एमालेकै शैलीमा माओवादी : नेता व्यवस्थापन गर्न भूमिकाविहीन ७ उपाध्यक्ष र २ उपमहासचिव !

पुस ११, २०७८

NTC
Premier Steels

नेताहरूको व्यवस्थापनमा समस्या भएपछि नेकपा (माओवादी केन्द्र)ले पार्टी पदाधिकारीको संख्या बढाउने प्रस्ताव गरेको छ । 

Muktinath Bank

विधान संशोधनमार्फत पदाधिकारीको संख्या बढाउने प्रस्ताव केन्द्रीय कमिटीमार्फत महाधिवेशनमा लैजान लागिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माओवादीले एक वरिष्ठसहित उपाध्यक्षको संख्या ७ बनाउन प्रस्ताव गरेको छ भने २ उपमहासचिव र ३ जना सचिवको व्यवस्था गर्न विधानमा प्रस्ताव गरेको छ । 


Advertisment
Nabil box
Kumari

यसअघि माओवादी विभाजन नभएको समयमा तीन जना उपाध्यक्ष थिए । मोहन वैद्य, डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ उपाध्यक्ष थिए । 

Vianet communication

वरिष्ठ उपाध्यक्षको पद नभए पनि प्रचण्डपछि वरीयता क्रममा वैद्य, त्यसपछि बाबुराम र नारायणकाजी थिए । 

रामबहादुर थापा एमालेमा प्रवेश गरेपछि माओवादीमा महासचिव रिक्त थियो । 

माओवादीले पहिलोपटक विधानमा उपमहासचिव राख्न प्रस्ताव गरेको छ । नेकपा एमालेको भर्खरै सम्पन्न महाधिवेशनबाट तीन उपमहासचिवको व्यवस्था गरिएको थियो । 

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले पनि उपमहासचिवको व्यवस्था गरेको छ ।

‘पदाधिकारीमा आकांक्षी धेरै भएका कारण पदाधिकारीको संख्या बढाउने प्रस्ताव भएको छ, महाधिवेशनको हलबाट अनुमोदन भएपछि मात्र लागू हुन्छ,’ एक केन्द्रीय सदस्यले भने । 

माओवादीमा अहिले १६ जना स्थायी कमिटी सदस्य छन् । सबै नेतालाई पदाधिकारीमा समेट्ने गरी विधान संशोधनको प्रस्ताव जान लागेको हो । 

विधान संशोधन प्रस्ताव पारित भएपनि सबै पदमा महाधिवेशनबाट निर्वाचित नहुने सम्भावना रहेको ती सदस्यले बताए । 

वरिष्ठ उपाध्यक्ष भने नारायणकाजी श्रेष्ठलाई बनाउने तयारी भएको माओवादी स्रोतको दाबी छ । 

माओवादीको आठौं महाधिवेशन आइतवारदेखि काठमाडौंमा शुरू हुँदैछ । यसअघि राष्ट्रिय सम्मेलन भनिएकोमा माओवादीले सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्न लागेको हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x