×

NIC ASIA

मौसमको खराबीले ७४ उडान रद्द, पोखरा र प्रादेशिक उडान ठप्प

पुस १४, २०७८

Prabhu Bank
NTC
Premier Steels

मौसममा आएको खराबीका कारण बुधवार आन्तरिक वायुसेवाका ७४ उडान रद्द भएका छन् ।

Muktinath Bank

मंगलवार रातिदेखि नै परेको वर्षातका कारण बुधवार बिहानैदेखि मौसमअनुकूल नभएका कारण दिनभर उडान ढिलो हुने र रद्द हुने क्रम चलिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार काठमाडौैंबाट हुने र प्रादेशिक उडानसमेत अधिकांश रद्द भएका छन् । 


Advertisment
Nabil box
Kumari

विमानस्थल कार्यालयका अनुसार सबैभन्दा बढी बुद्ध एयरको ४० वटा उडान रद्द भएको छ । यति एयरलाइन्सको १६ वटा उडान रद्द भएको छ । 

Vianet communication

बुधवार तय भएका वायुसेवाको उडानमा गुण एयरलाइन्सको ६ वटा, समिटको र ताराको ३/३ वटा, निगमको दुई वटा र सौर्य एयरलाइन्सको एक उडान रद्द भएको छ । 

श्री एयरलान्सको भने ५ बजेसम्ममा एक उडान रद्द भएको र अझै ५ वटा उडान ढिलो भएर बसेका छन् । यो वायुसेवाका अनुसार अब उडान नहुने अवस्था नभएको  अन्य सबै वायुसेवाका ४ बजेपछिको सबै उडान उडान रद्द भएकोले श्रीको पनि रद्द नै हुने भएका छन् । 

यसका चालक दलले निर्णय दिएपछि मात्रै औपचारिकरुपमा निर्णय हुने पनि यो वायुसेवाले जानकारी दिएको छ ।

सम्बन्धित वायुसेवाले दिएको जानकारीअनुसार बुधवार काठमाडौंबाट पोखरा र पोखराबाट हुने प्रादेशिक उडान सबै रद्द भएका छन् । काठमाडौंबाट उडान तय भएका सबैभन्दा बढी उडान पोखराको रद्द भएको छ । 

यो गन्तव्यमा बुद्धको १० वटा र यतिको ५ वटा उडान तय भएकोमा सबै रद्द भएको छ । अन्य वायुसेवाको पनि पोखराको उडान रद्द भएको छ । 

काठमाडौैंबाट उडान हुने विराटनगर, भैरहवा, जनकपुर, सिमरा, नेपालगन्ज, तुम्लिङटारसहितको गन्तव्यको उडान रद्द भएको सम्बन्धित वायुसेवा कम्पनीले जानकारी दिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x